जापानले अनौठो प्रयोगको माध्यमबाट संसारलाई आश्चर्यमा पार्दै आएको छ । अब जापानी वैज्ञानिकले काठबाट सेटेलाइट बनाएका छन्, जसलाई छिट्टै लन्च गर्ने तयारी गरिरहेका छन् । यसको नाम लिग्नोसेट राखिएको छ । इन्टरनेशनल स्पेस स्टेशनमा गरिएको प्रयोगमा स्थिर र चिराप्रति प्रतिरोधी पाइएको यो काठको सेटेलाइटलाई यसै गर्मी महीनामा अमेरिकी रकेटबाट लन्च गर्ने योजनालाई अन्तिम रूप दिइँदै छ ।
गार्जियनको एउटा रिपोर्ट अनुसार सेटेलाइटको निर्माण क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वानिकीका वैज्ञानिकले गरेका हुन् । वैज्ञानिकको उद्देश्य थियो– काठजस्तो बायोडिग्रेडेबल सामग्रीको उपयोग अन्तरिक्षको लागि कसरी गर्ने ? र यसलाई पर्यावरण अनुकूल विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ कि सकिंदैन ?
केही वर्ष पहिले जापानी अन्तरिक्षयात्री र एयरोस्पेस इन्जिनीयर ताकाओ दोइले भनेका थिए– पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नेबित्तिकै सबै सेटेलाइट जल्ने गर्छन् । यसबाट ससाना एल्युमिना कण बन्छ । यो कण धर्तीको माथिल्लो वायुमण्डलमा धेरै वर्षसम्म तैरिरहन्छ । आगामी दिनमा यसको असर धर्तीको पर्यावरणमाथि अवश्य पर्नेछ । यदि सेटेलाइट काठबाट बनेको भए पूर्णरूपले नष्ट हुने थियो र केही शेष रहने थिएन ।
त्यसपछि शोधकर्ताहरूले काठको सेटेलाइट बनाउने निर्णय गरे । अलगअलग किसिमका सम्पूर्ण काठको जाँच गरे, काठको क्षमता पनि चेक जाँच गरे कि यो पृथ्वीको चारैतिरको कक्षमा लामो उडान गर्न सक्छ कि सक्दैन । जाँचपछि नमूना इन्टरनेशनल स्पेस स्टेशनमा पठाइयो । त्यहाँबाट धर्तीमा ल्याउनुभन्दा पहिले एक वर्षसम्म परीक्षण भयो ।
वैज्ञानिक अचम्म थिए– काठलाई कुनै नोक्सान भएन । वैज्ञानिकका अनुसार यस्तो हुनुको कारण अन्तरिक्षमा अक्सिजन नहुनु नै हो । अक्सिजनको कारण काठलाई जलाउन सकिन्छ । काठ जीवित वस्तु पनि होइन, जुन कुहिन्छ । रिसर्च टीमका प्रमुख मुराताले भने– हामीले जापानी चेरीसमेत थुप्रै काठमाथि परीक्षण ग-यौं तर सेटेलाइट बनाउनको लागि म्याग्नोलिया रूखको काठ सबैभन्दा मजबूत पायौं । यसैले यसको उपयोग सेटेलाइट बनाउनमा ग¥यौं । यदि यो सफल हुन्छ भने आगामी दिनमा यसले उपग्रहमा काठको उपयोगको बाटो खोल्नेछ ।