केही दिनपछि जाडो पनि बिदा हुँदैछ, त्यसपछि गर्मीको मौसम आउँछ । गर्मीमा फ्रिजको सबैभन्दा बढी प्रयोग हुन्छ । चीसो पानी, खानेकुरा र तरकारीलाई ताजा राख्न फ्रिज चाहिन्छ । कसैकसैको फ्रिजमा धेरै बरफ जम्छ । बरफको पहाड त्यस्ता व्यक्तिको फ्रिजमा हुन्छ, जसले फ्रिजको निकै कम प्रयोग गर्छन् । तसर्थ तपाईंको फ्रिजमा पनि धेरै बरफ जम्ने समस्या छ भने केही उपाय गरेर मुक्ति पाउन सकिन्छ ।

पटकपटक फ्रिज नखोलौंः यदि तपाईंको फ्रिजमा आवश्यकताभन्दा बढी बरफ जमिरहेको छ भने त्यहाँ नमी बढी भएको हुन सक्छ । नमी फ्रिजमा नजाओस् यसको लागि दिनमा कमसेकम फ्रिज खोलौं । जब हामी फ्रिज खोल्छौं, तब फ्रिजभित्र तातो हावा पस्छ । जुन फ्रिजभित्रको चीसो हावासँग मिसिएर नमी पैदा गर्छ र त्यसपछि यो नमी नै बरफमा परिणत हुन्छ ।

फ्रिजरको सही तापमान सेट गरौंः यदि तपाईंको फ्रिजरमा बढी बरफ जमिरहेको छ भने त्यसको तापमान माइनस १८ डिग्री फरेनहाइटमा सेट गरौं । तपाईंको फ्रिजर यस तापमानभन्दा माथि सेट छ भने यसलाई कम गरौं, नत्र फ्रिजमा आवश्यकताभन्दा बढी बरफ जम्न थाल्छ ।

फ्रिजरमा बढी सामान राखौंः फ्रिजमा बरफ जम्नबाट रोक्न सामान भरेर राखौं । फ्रिजरमा जति ठाउँ खाली रहन्छ, त्यहाँ त्यतिकै नमी बन्छ, जुन समयको साथ बरफमा परिणत हुन्छ ।

डिफ्रास्ट ड्रेनलाई सफा गरौंः अधिकांश फ्रिजको सरफेसमा एउटा नली हुन्छ, जसबाट पानी निस्किन्छ । यदि यो नली बन्द हुन्छ भने फ्रिजमा बरफ जम्मा हुन थाल्छ । तसर्थ यो नलीलाई नियमित सफा गरौं र फोहर निकालेर फाल्ने गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here