• अनन्तकुमार लाल दास
हरेक मानिसको सपना सफल हुन्छ । यसका लागि सबैले आआफ्नै तरीका अँगाल्छन् । यसरी प्रयास गर्दा कोही सफल हुन्छ, कोही असफल । तीमध्ये केही यस्ता हुन्छन्, जसले जे पनि गर्दा सफल हुन्छन् भने केही यस्ता हुन्छन् जसले जे गर्दा पनि असफलता नै हात लाग्छ । वास्तवमा सफलता पाउनुमा धेरै कारक रहेका हुन्छन् । जबसम्म हामी सफलताका लागि निर्धारित आधार पूरा गर्दैनौं तबसम्म हामीले चाहेको सफलता हासिल गर्न सक्दैनौं । प्रस्तुत यस आलेखमार्फत यिनै आधारहरूमा चर्चा गरिएको छ ।
सफलताका लागि सबैभन्दा महत्वपूर्ण तत्व हो–लक्ष्य । आज धेरै विद्यार्थी असफल हुनुको प्रमुख कारण उनीहरूमा लक्ष्यको अभाव हो । धेरैजसो विद्यार्थीलाई उनको लक्ष्य के हो थाहा नै हुँदैन । आज कुनै विद्यार्थीलाई “तपाईं के बन्न चाहनुहुन्छ” सोधियो भने कसैले डाक्टर बन्छु, कसैले इन्जिनीयर बन्छु, कसैले शिक्षक बन्छु भन्छ । केही दिनपछि उनीहरूसँग यही प्रश्न सोधियो भने जवाफ फरक पाउँछौं । एक वर्षपछि पुनः सोही प्रश्न सोधियो भने जवाफ फेरि फरक हुन्छ । औंलामा गन्न सकिने मात्र केही विद्यार्थी हुन्छन् जसको जवाफमा कुनै भिन्नता हुँदैन । एउटा सफल र असफल विद्यार्थीमा यही फरक हुन्छ । असफल हुने विद्यार्थीहरूको लक्ष्य सधैं परिवर्तन भइरहन्छ । त्यस्ता विद्यार्थीहरूको लक्ष्य कहिल्यै स्थिर रहँदैन । यसको ठीक विपरीत सफल विद्यार्थीहरूको लक्ष्य सधैं दृढ हुने गर्दछ । उसले आप्mनो लक्ष्य कहिल्यै परिवर्तन गर्दैन । महाभारतका पात्र अर्जुनजस्तै उसलाई मात्र उसको लक्ष्य देखिन्छ । यसबाहेक ऊ अरू केही देख्दैन । यसबाट के प्रस्ट हुन्छ भने असफलताको प्रमुख कारण सुनिश्चित लक्ष्य नहुनु हो । यस कारण विद्यार्थीहरूले सबैभन्दा पहिले आप्mनो लक्ष्य निर्धारण गर्नुपर्छ ।
लक्ष्यको चयन एउटा महत्वपूर्ण प्रक्रिया हो, किनभने हामीले सोचेको सबै कुरा लक्ष्य हुन सक्दैन । धेरै असफल विद्यार्थीहरूसँग उनीहरूको स्पष्ट लक्ष्य नै हुँदैन । त्यस्ता विद्यार्थीहरू अरूको देखासिकी मात्र गर्छन् । धेरैजसो यस्ता विद्यार्थी हुन्छन् जो अरूको सुख–सुविधाबाट प्रभावित वा आकर्षित भएर त्यसलाई नै आप्mनो लक्ष्य ठान्छन् र त्यसलाई प्राप्त गर्ने क्रममा अलिकति पनि असजिलो हुनासाथ अन्य काम गर्न थाल्छन् चाहे त्यो राम्रो होस् वा नराम्रो ।
अरूजस्तै बन्ने इच्छा राख्नु गलत होइन, महत्वपूर्ण कुरा के हो भने के साँच्चीकै त्यस्तै बन्न चाहेको हो, यै भित्री चाहना हो ? के यसका लागि जे पनि गर्न तयार छौं ? विद्यार्थीहरूले भावुकता वा प्रलोभनमा परेर कहिल्यै पनि लक्ष्य निर्धारण गर्नुहुँदैन, किनभने उधारो लक्ष्यप्रति कहिल्यै पनि दृढ आसक्ति हुँदैन । लक्ष्य त्यो हो, जुन प्राप्त नगरुन्जेल हामी एकनास परिश्रम गरिरहन्छौं । यसका लागि विद्यार्थीहरूले सबैभन्दा पहिले आपूmलाई बुझ्नुपर्ने हुन्छ ।
लक्ष्य निर्धारण गर्दा विद्यार्थीहरूले आप्mनो वास्तविकताबाट परिचित हुनुपर्छ । आप्mनो क्षमता, रुचि र परिस्थितिलाई ध्यानमा राखेर मात्र लक्ष्य चयन गर्नुपर्छ । यी तीनै पक्षमध्ये कुनैको पनि उपेक्षा सही हुँदैन किनभने तीनवटै पक्ष अति नै महत्वपूर्ण छन् । धेरैजसो असफल विद्यार्थीहरूलाई आप्mनो क्षमताको ज्ञान नै हुँदैन । उदाहरणका लागि हाम्रो क्षमता ५० केजी वजन सहन गर्नेछ भने ८० केजी वजन उठाउनुको अर्थ व्यर्थमा ऊर्जा र समय खेर फाल्नु हो । यदि लक्ष्य रुचि अनुसार भएन भने पनि सफलता हात लाग्दैन । उदाहरणका लागि कुनै विद्यार्थीको रुचि कमर्समा छ तर आमाबुवाको चाहना अनुसार उसलाई साइन्स पढ्नुपरिरहेको छ भने उसले सफलता हासिल गर्ला भन्ने कुरोमा यकीन गर्न सकिन्न । त्यस्तै परिस्थिति अनुकूल यदि उसले विषय रोज्दैन, अर्थात् समयको माग वा पारिवारिक स्थिति अनुकूल पढाइमा ध्यान दिंदैन भने सफलता हात लाग्दैन । यस कारण विद्यार्थीहरूले आप्mनो क्षमता, रुचि र परिस्थिति अनुकूल लक्ष्य चयन गर्नुपर्छ । यसका लागि उनीहरूले शिक्षक, आमाबुवा वा अन्यसँग सल्लाह लिन सक्छन् तर अन्तिम निर्णय उसको आप्mनै हुनुपर्छ ।
असफलताको अर्को महत्वपूर्ण कारण यथार्थ सोचको अभाव पनि हो । धेरैजसो विद्यार्थीहरू प्रायः बेकारको कल्पना गरिरहेका हुन्छन् । यस्तो कल्पनाको कुनै आधार हुँदैन । यस्ता विद्यार्थीहरूले वास्तविकता नठम्याउने भूल गर्दछन् । धेरैले वास्तविकताको उपेक्षा नै गर्दछन् । उनीहरूले आपूmसँग ठूलो अपेक्षा गरेका हुन्छन्, जसको पूति प्रायः सम्भव हुँदैन । उनीहरू भ्रममा हुन्छन् । यस कारण उनीहरूले यसो गर्न सक्दैनन् भन्ने कुरा स्वीकार नै गर्दैनन् । यस्ता विद्यार्थीहरू अरूको अनुभव वा आप्mनो असफलताबाट पनि केही सिक्दैनन् । यस्ता विद्यार्थीहरू नै आप्mनो सानोभन्दा सानो काम पनि गर्दैनन् र सधैं आप्mनो हृदयमा निराशा लिएर बस्छन् ।
सफलता प्राप्त गर्नका लागि व्यावहारिक हुनु नितान्त आवश्यक छ । व्यावहारिक हुनुको अर्थ के हो भने आप्mनो वास्तविकता बुझ्नु, त्यसलाई स्वीकार गर्नु र सोही अनुरूप काम गर्नु । व्यावहारिक त्यो हुन्छ, जसलाई आप्mनो वास्तविकता अर्थात् क्षमताको सही ज्ञान हुन्छ । यस्ता विद्यार्थीहरू कल्पना वा भ्रममा होइन, आप्mनो काममा विश्वास गर्छन् । उनीहरू कामको थालनी आज र तत्काल नै गर्छन् । कल्पना र भ्रममा बाँच्ने विद्यार्थी नै असफल हुने गरेका छन् । उदाहरणका लागि यस्ता विद्यार्थीहरू नियमित नपढेर परीक्षाको एक दिन पहिलेदेखि पढ्न थाल्छन् र असफल भएपछि सम्पूर्ण दोष शिक्षक वा विद्यालयलाई दिने गर्छन् तर वास्तविकता भने स्वीकार गर्दैनन् । सत्य के हो भने हामी धेरै थोक गर्न सक्छौं तर यसका लागि पर्याप्त समय र परिश्रम चाहिन्छ । यस कारण धेरै गर्ने काल्पनिक सोच र यथार्थमा केही गर्न नसक्नु नै विद्यार्थीहरूको असफलताको कारण बन्छ ।
सफलताको लागि हाम्रो सोच गहिरो, दूरगामी र ठूलो हुनुपर्छ तर शुरूआत जहिले पनि यस्ता कामबाट गर्नुपर्छ जसलाई सजिलै पूरा गर्न सकियोस् । यसका लागि सबैभन्दा आवश्यक कुरो आप्mनो कार्ययोजनालाई साकार रूप दिनु हो । जसैजसै हामी अनुभव प्राप्त गर्दै जान्छौं, त्यही क्रममा हाम्रो विश्वास र काम पनि बढ्दै जान्छ । यस कारण विद्यार्थीहरूलाई यहाँनिर “कुनै पनि कार्य सानो हुँदैन” भन्ने सोच विकसित गर्नुपर्छ किनभने के देखिएको छ भने अधिकांश विद्यार्थी प्रायः त्यस्ता प्रश्नको हल खोज्नमा आप्mनो समय बर्बाद गर्छन् जसलाई साधारण विद्यार्थीले बुझनै सक्दैन । यही उनीहरूको असफलताको ठूलो कारण बन्छ ।
कुनै पनि काम गर्नको लागि विद्यार्थीहरूले सबैभन्दा पहिले आपूmमाथि विश्वास गर्नुपर्छ किनभने आत्मविश्वास अनुरूप नै हामीलाई सफलता प्राप्त हुन्छ । आत्मविश्वासको शक्तिले गर्दा नै मानिसले असम्भवलाई पनि सम्भव गरेर देखाउँछ । वास्तवमा भन्ने हो जीवनमा प्राप्त गर्ने ससाना सफलता नै हाम्रो आत्मविश्वासको आधार हुन्छ र यसै आधारमा उभिएर हामी सजिलै ठल्ठूला कार्य गर्न सक्छौं । विद्यार्थी जीवनमा ससाना सफलताको पनि ठूलो महŒव हुन्छ । सत्य त के हो भने सफलता र आत्मविश्वास एउटै सिक्काका दुई पाटा हुन् । एउटा बढ्यो भने अर्को पनि आपैंm बढ्छ र एउटा घट्यो भने अर्को पनि घटेर जान्छ ।
हाम्रो सोचको हाम्रो जीवनमाथि धेरै प्रभाव पर्ने गरेको मेरो अनुभवले देखाएको छ । यस कारण विद्यार्थी जीवनका लागि सकारात्मक सोच अति आवश्यक छ । सकारात्मक सोच भनेको परिस्थितिलाई स्वीकार गर्दै अगाडि बढ्नु हो । कुनै पनि परिस्थितिलाई चुपचाप स्वीकार गर्नु अर्थात् जे भइरहेको छ, ठीक भइरहेको छ भन्ने सकारात्मक सोच होइन । यो त कायरता हो । सकारात्मक सोच भनेको जस्तोसुकै परिस्थिति उत्पन्न भएपनि आपूmमाथि विश्वास गर्नु र विकासको लागि निरन्तर सङ्घर्षरत रहनु हो ।
नकारात्मक सोच धमिराजस्तै हुन्छ जसले हामीलाई भित्रैबाट खोक्रो बनाइदिन्छ । यसले हामीलाई त्यति कमजोर बनाइदिन्छ कि सानोतिनो काम पनि जटिल लाग्न थाल्छ । यस कारण विद्यार्थीहरूले नकारात्मक सोचबाट बच्ने प्रयास गर्नुपर्छ । सकारात्मक सोचको विकास विद्यार्थीहरूले सत्सङ्ग र स्वाध्यायबाट सजिलै प्राप्त गर्न सक्छन् । सकारात्मक सोचले विद्यार्थीहरूलाई विषम परिस्थितिसँग जुध्ने हौसला प्रदान गर्छ । यसका साथै सकारात्मक सोचले लक्ष्यप्रति एकाग्रता, व्यावहारिकता, आपूmमाथि विश्वास गर्ने क्षमता, सही दिशामा कार्य गर्ने चाहना अर्थात् सही अर्थमा विद्यार्थीहरूलाई सफल बनाउँछ ।