आज मानव समुदाय यस पृथ्वीमा एकछत्र राज्य गरिरहेको देखिन्छस किनकि अन्य प्राणीहरूको तुलनामा हामीमा परस्पर सहयोग एवं सहकारको क्ष्Fमता कैयौं गुना बढी छ। एउटा हात्तीलाई एकजना मानिसले परास्त गर्न असम्भव होला, तर १५–२० जना मिलेर एउटा रस्साले बाँध्ने काम सहज गर्न सक्छन्। स्पष्ट छ कि मानिसको शक्ति मानवतामा सन्निहित छ।

बितेका दिनमा भएका शोधहरूले यस कुरातर्फ सङ्केत गरेका छन् कि मानिसभित्र उपस्थित मानवताको शक्ति यस कारण जन्मन सक्योस किनकि हामी मिलेर मिथक, रूपक, कथा, गाथाहरूमा विश्वास गर्न सक्छौं। कविका कल्पना हुन् वा चित्रकारका अभिव्यक्ति, नाटककारको नाट्य रूपान्तरण होस् वा सङ्गीतकारको सङ्गीतका तरङ्ग–यी सबैमा यी मिथकहरूको उपस्थितिको एउटा सशक्त प्रमाण हामीलाई अवश्य पाइन्छ। सामान्यरूपले हामी मिथकहरूको उपस्थितिको र त्यस उपस्थितिले हाम्रो जीवनमा पर्ने प्रभावको अनुमान लगाउन सक्दैनौं, तर ध्यान दिनुपर्ने कुरा के हो भने यो प्रभाव निकै बढी हो।

मानिस काल्पनिक विश्वासका आधारमा युद्ध लड्न तम्तयार हुन्छ, धर्मस्थल निर्माण गरिदिन्छ। काल्पनिक पात्रहरूमा आधारित फिल्महरूले मानिसको जीवनलाई अनवरत प्रभावित गरेको देखिन्छ। काल्पनिक खुशी पाउने दौडमा मानिस बढीभन्दा बढी सामान किनिरहेको देखिन्छ र यस्तो किनभनेस टिभीमा निरन्तर देखाइने विज्ञापनले हामीलाई यो भरोसा दिन्छ कि यी सामान र तिनको संरक्ष्Fण मानिसको खुशीका आधार हुन्।

वर्तमान समयमा एउटा यस्तै महत्वपूर्ण क्षेत्र एवं विषय वैज्ञानिक मिथकलाई मान्न सकिन्छ। भलै मानिस अन्तरिक्ष्F विज्ञानबाट अपरिचित होस्, स्पेस प्रविधिको विषयमा र नाभिकीय विज्ञानको विषयमा उसको ज्ञान अल्प वा शून्य नै किन नहोस्, साई–फाई वा वैज्ञानिक मिथकहरूमा आधारित फिल्महरू, जस्तै–म्याट्रिक्स, स्टारवार, टर्मिनेटर, अवतार आदि हेर्दा धेरै त्यही काल्पनिक दुनियाँलाई सत्य मानेर त्यसै आधारमा जीवनको मूल्याङ्कन गर्ने गरेका देखिन्छन्। यसबाट यो पनि सिद्ध हुन्छ कि वैज्ञानिक मिथकहरूको प्रस्तुतीकरणमा केही थप गाम्भीर्य र जिम्मेदारी आवश्यक छ।

वैज्ञानिक मिथकहरूबाट यति तीव्रताले मानवतालाई नियन्त्रित गर्नुको पछाडि एउटा प्रमुख कारण यो हो कि वर्तमान युग नै वैज्ञानिक प्रगतिको युग हो। त्यसैले यस्ता विषयमा मानिसको काल्पनिक पकड तुरून्त बन्न पुग्छ। आजको वैज्ञानिक प्रगतिको युगमा एउटा प्रश्न वा यो भनौं कि एउटा चिन्ता, जसले धेरै मानिसलाई व्यथित पारिरहेको देखिन्छ, त्यो हो रोबोट वा मशीनद्वारा यति बुद्धि वा चेतना विकसित होस् कि कहीं तिनले मानिसलाई पददलित गरेर उसमामथि साम्राज्य स्थापित गर्न नपुगून् ?

त्यसैले यस्ता शोधपत्र, आलेख, फिल्महरूको सङ्ख्या बढ्न पुगे, जहाँ विश्वलाई चित्राङ्कन गरिन्छ, जसमा मानिस एउटा साइबर स्पेसमा बन्दी बन्न पुगेको र जे भइरहेको छ, त्यो किन भइरहेको छ भनेस किनकि त्यसलाई कुनै अतिविकसित मशीनले एउटा कम्प्युटर एल्गोरिदमको माध्यमले नियन्त्रित गरिरहेको छ।

यदि ध्यानले हेर्ने हो भने यस चिन्तनको पछाडि जे पनि आधार छ, त्यसले कुनै हदसम्म वैदिक चिन्तन वा वेदान्तिक चिन्तनको मूल जिज्ञासातर्फ नै इशारा गर्दछ। वैज्ञानिक मिथकहरूका अनुसार हामी एउटा यस्तो कृत्रिम वा आभासीय बुलबुलाभित्र बन्द छौं, जसलाई तबमात्र फोड्न सकिन्छ, जब हामीभित्रको मूलस्वरूप जाग्रत हुन्छ। त्यो जाग्रत हुनेबित्तिकै म्याट्रिक्स ट्रिलजीको नायक नियो, त्यो कृत्रिम व्यवस्था भत्काउन सफल हुन्छ। केही यस्तै ट्रुमेन नामक पात्रका साथ पनि हुन्छ।

यदि वेदान्तको मूल चिन्तनलाई नियाल्ने हो भने वेदान्त पनि यही भन्दछ कि ‘ब्रह्म सत्यं जगत् मिथ्या’ र ‘अहं ब्रह्मास्मि’को बोध हुनेबित्तिकै मायाका यी आवरण खुकुलो हुन थाल्छन् र हाम्रो, हाम्रो मूलस्वरूपको प्रतिष्ठा हुन पुग्छ। वेदान्त भन्दछ कि हामी भलै मायाको आवरणमा जेलिएका छौं तब पनि हाम्रो आत्यन्तिक अनुभवले हामीलाई यस जालबाट बाहिर निस्कन सतत प्रेरणा दिन्छस किनकि हामी त्यहाँ पनि ती अनुभवहरूको सत्यता अनुभूत गर्छौं।

यी सबै कथाहरूका पछाडि कहीं गहिरोमा यो भय मानिसको मन व्याप्त भएको देखिन्छ कि वैज्ञानिक प्रगतिले कहीं मानिसको वैयक्तितता नष्ट नगरिदेओस्। यस्तो सोचको पछाडि मूल कारण के हो भने हामी विज्ञान र अध्यात्मलाई दुई विपरीत धाराको रूपमा देख्दछौं एवं अनुभव गर्दछौंस जबकि सत्य के हो भने यी दुवै एकअर्काका पूरक हुन्–विरोधाभासी होइन। यसै सोचलाई पुष्टि दिंदै गुरु श्रीराम आचार्यले वैज्ञानिक अध्यात्मजस्तो युगान्तकारी चिन्तन प्रदान गरे र त्यसै सोचको आधारमा ब्रह्मवर्चस्व शोध संस्थानजस्तो प्रतिष्ठान स्थापना गरे।

अध्यात्म र विज्ञान, दुवैको समन्वय गरेर दुवैको शाश्वत स्वरूपको सरल एवं सुबोध प्रस्तुतीकरण एवं प्रमाणीकरण गरेर गुरुदेवले एउटा यस्तो युग पुरुषार्थ सम्पन्न गरेर देखाए, जसको अन्यत्र उदाहरण पाउनु सम्भव नै देखिन्न। यसै सोचलाई केन्द्रमा राखेर उनले कणाद ऋषिको तपस्थली क्षेत्रमा ब्रह्मवर्चस्व शोध संस्थान स्थापना गरे। यस संस्थानमा वैज्ञानिक परीक्षण एवं अनुसन्धानहरूको क्रम सन् १९७९ देखि प्रारम्भ भयो। त्यहाँ दुर्लभ ग्रन्थहरूले सुसज्जित एउटा यस्तो ग्रन्थालय विनिर्मित गरियो, जसमा विश्वभरिबाट विज्ञान र अध्यात्मको समन्वयात्मक प्रतिपादन गर्ने शोध ग्रन्थहरू एवं विशिष्ट पत्रिका–पुस्तकहरूको सङ्कलन गरियो।

युग–परिवर्तनका नयाँ आयामहरू स्थापित गर्नु, विज्ञानको सहायताले श्रेष्ठताको समर्थन एवं भविष्य निर्माणका लागि सुदृढ आधार तयार गर्नु नै यस शोध संस्थानको उद्देश्य बनाइयो। यस शोध संस्थानलाई गति एवं दिशा प्रदान गर्नका लागि एकसेएक उच्चस्तरीय चिकित्साशास्त्री एवं अन्य विद्याका विशेषज्ञहरू जोडिंदै गए र एउटा विश्वस्तरीय प्रयोगशाला स्थापित हुन पुग्यो, जहाँ गायत्री मन्त्र, यज्ञ, ध्यान आदि विषयमा गम्भीर शोधकार्य सम्पन्न भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here