• अनन्तकुमार लाल दास

अभिभावक परिवार प्रणालीको महत्वपूर्ण घटक हो । सन्तान वयस्क नहुन्जेल परिवारको पालना गर्ने दायित्व अभिभावकको हो । केटाकेटीहरूलाई सामाजिक बनाउन र उनीहरूको मानसिक विकासमा सक्दो सहयोग गर्ने दायित्व पनि हो । परिवारका सदस्यहरूको लिङ्गको आधारमा भूमिका निर्धारित गरिन्छ । अभिभावकले उनीहरूको व्यवहार र अन्तर्सम्बन्ध पनि स्थापित गर्छन् । यस सम्बन्धमा गरिएको कैयन शोधले के देखाएको छ भने अभिभावकको सहभागिता र विद्यार्थीको सफलताबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । आप्mनो सन्तानको शिक्षामा अभिभावक वा परिवारको भागीदारी अन्य कुनै सुधार कार्यक्रमभन्दा बढी प्रभावी हुन्छ । शिक्षकले अभिभावक–शिक्षक भागीदारीको महत्व बुझेर अभिभावकलाई शिक्षामा भागीदार बनाउनुपर्छ । शिक्षकहरूले अभिभावकको सहयोग कसरी लिने भन्ने कुरा जान्नु नितान्त आवश्यक हुन्छ । विद्यालय व्यवस्थापनका लागि, यसै कारण विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक सङ्घको परिकल्पना गरिएको छ । यस प्रकारको व्यवस्थाले अभिभावकहरू आप्mनो सन्तानको पढाइमा रुचि लिन प्रेरित हुन्छन् ।

अभिभावकलाई शिक्षित गर्ने अभियान युरोपमा दुई शताब्दीपूर्व नै प्रारम्भ भइसकेको थियो । त्यसै बेलादेखि शिक्षाविद्, मनोवैज्ञानिक र अन्य विशेषज्ञ अभिभावक शिक्षाको लक्ष्यसँग जोडिएका प्रश्नहरूको जवाफ खोजिरहेका छन् । उनीहरूले परिवारको साक्षरता बढाउने चुनौती र मुद्दा सम्बन्धमा खोज गरेका छन् । विद्यालयमा केटाकेटीहरूको पढाइमा परिवारको के असर हुन्छ भन्ने कुरामा दस्तावेज नै तयार गरिएको छ । जस्तै आमाबुवालाई सन्तानको प्रारम्भिक शिक्षक बन्न र शिक्षामा भागीदार बन्न प्रशिक्षित गर्नु, आर्थिकरूपले स्वावलम्बी बनाउन प्रशिक्षित गर्नु, केटाकेटीहरूलाई उमेर अनुसार शिक्षा दिनु, आदि । अभिभावकको सक्रियातामा केटाकेटीहरूले हासिल गरेको उपलब्धिका धेरै साक्ष्य छन् । आमाबुवाले केटाकेटीहरूलाई कहानीको किताब पढेर सुनाउनाले उनीहरूको भाषा परिष्कृत हुन्छ र केटाकेटीहरूसँग बिताएको अवधिको सोझो असर उनीहरूको विकास र विद्यालयको उपलब्धिमाथि पर्दछ । शिक्षाविद् हार्ट र रिस्लेको के मत छ भने ३ वर्षका केटाकेटीहरूसँग आमाबुवाले जति बढी अन्तक्रिया गर्छन्, त्यतिकै बढी केटाकेटीहरूको शब्दावली र कुशाग्रता मानक वृद्धि हुन्छ ।

जुन परिवारमा केटाकेटीहरूले उत्प्रेरक वा भाषागतरूपले समृद्ध र सहयोगी वातावरण प्राप्त गर्छन् त्यहाँ उनीहरू सामाजिक र आर्थिकरूपले उत्पन्न बाधाहरूलाई सजिलै समाधान गर्छन् । युनेस्कोको अन्तर्राष्ट्रिय शिक्षा ब्युरो अनुसार यदि आमाबुवाले बालबालिकाहरूलाई सुरक्षित जीवन र समयको सदुपयोग गर्ने प्रेरणा दिन्छन् भने यस्ता बालबालिकाले विद्यालयमा राम्रो प्रदर्शन गर्छन् । यसैगरी यदि आमाबुवाले सन्तान सामु कुनै मानक स्थापित गर्छन् भने सन्तानले त्यसलाई गम्भीरताका साथ ग्रहण गर्छन् । त्यस्तै विद्यालयसँग अभिभावकको सम्बन्धको अर्थ विद्यालयबाहेक अन्य बालबालिकाका अभिभावकसँग पनि सम्बन्ध बनाउनु हो । विद्यालयहरूले विद्यार्थीहरूलाई परिवारसँग जोड्नका लागि बेग्लाबेग्लै रणनीति तय गर्नु आवश्यक हुन्छ, किनभने विद्यालयको साथ परिवारको सम्बन्ध पनि बेग्लाबेग्लै हुन्छ ।

हालका दिनहरूमा अभिभावकहरूले पनि विद्यालयमा भागीदारी बढाउने प्रयास गरिरहेको देखिन्छ, विद्यालयहरू नै बरु अभिभावकलाई भागीदार बनाउने कुरामा अन्योलग्रस्त छन् । कैयन शोधहरूको निष्कर्ष के छ भने विद्यालयमा अभिभावकको भागीदारीले विद्यार्थीहरूको उपलब्धिमा वृद्धि भएको छ । अमेरिकी शिक्षा विभागले अभिभावकको भागीदारी सम्बन्धमा भनेको छ– यसबाट केटाकेटीहरू बढी अङ्क हासिल गर्छन्, उनीहरूको व्यवहारमा परिवर्तन देखापर्छ, उनीहरूको उपस्थिति विद्यालयमा बढ्छ, यसबाट उनीहरूको पढाइमा बढी ध्यान दिने खाँचो पर्दैन र यसबाट उच्च शिक्षा हासिल गर्ने सम्भावना पनि वृद्धि हुन्छ । आप्mनो सन्तानको शिक्षाको लागि अभिभावकको भागीदारीलाई लिएर गरिएको सर्वेक्षणमा बढी अङ्क हासिल गर्ने दसमध्ये नौ विद्यार्थीबारे के भनिएको छ भने उनीहरूले आप्mनो अभिभावकबाट प्रोत्साहन पाएका छन् । शिक्षकहरूले पनि विद्यार्थी शिक्षामा अभिभावकको भूमिकालाई प्राथमिकता दिएका छन् । शिक्षामा बुवाको भागीदारीलाई विशेष महत्व दिइएको छ । यसबाट अनुत्तीर्ण हुने विद्यार्थीहरूको सङ्ख्यामा पनि १० देखि १८ प्रतिशतको कमी आएको देखा परेको छ ।

अभिभावक वा परिवारको भागीदारीलाई शिक्षा सुधार कार्यक्रमसँगै महत्व दिनु आवश्यक छ । विद्यालय शिक्षामा अभिभावकको भागीदारी सम्बन्धमा सन् १९६० को दशकमा कोलमैनको प्रतिवेदनले पहिलोपटक विद्यार्थीको शिक्षा र उपलब्धिमा अभिभावकको भूमिका महत्वपूर्ण रहेको देखाएको छ । यस अध्ययनमा के पनि देखाइएको छ भने परिवारको सामाजिक–आर्थिक स्थितिका बावजूद जब विद्यालयले विद्यार्थीहरूलाई आप्mनो अभिभावकसँग पढ्न प्रेरित ग¥यो तब उनीहरूलाई बढी फाइदा भयो । हामी सबैले के बुझ्नु आवश्यक छ भने विद्यार्थीहरूको शैक्षिक विकासका लागि अभिभावक, विद्यार्थी र शिक्षकहरूले सँगसँगै मिलेर काम गर्नुपर्छ । विद्यालयले विभिन्न विषय, खेलकूद र अन्य गतिविधिको माध्यमले औपचारिक शिक्षा प्रदान गर्छन् भने आमाबुवा तथा परिवारका अन्य सदस्यहरूले आत्मविश्वास, आत्मसम्मान, व्यवहार, अनुशासन र नैतिक मूल्यको शिक्षा दिनुपर्छ । घरमा केही मूल संसाधन जस्तै शब्दकोष, एटलस आदि उपलब्ध गराएर पढ्ने वातावरण बनाउन सकिन्छ । विद्यार्थीको पढाइका लागि घरको एउटा कोठा वा नेपालको सन्दर्भमा एउटा कुना सुरक्षित गर्न सकिन्छ । शिक्षकहरूले एउटा साप्ताहिक–दैनिकी तयार गर्नुपर्छ जसमा विद्यार्थीहरूलाई विद्यालयको शिक्षासँग कसरी जोड्ने हुनुपर्छ ।

समकालीन नेपाली समाजमा महिलाको स्थितिले पनि विद्यार्थीको पढाइमा अभिभावकको भागीदारीमाथि असर पु¥याउँछ । सँगसँगै शहरीकरण र सूचना प्रविधिको प्रभावले गर्दा पनि सरकारी तथा निजीस्तरमा संरचना तयार गर्ने आवश्यकता महसूस गरिएको छ । तर अमेरिकाको तुलनामा हाम्रो देशमा अभिभावकलाई शिक्षामा भागीदार बनाउने कोशिश त्यति सफल देखिंदैन । हाम्रो देशमा पनि केही विद्यालयहरूमा अभिभावक–शिक्षक सङ्घ गठन भएका छन् तर जुनरूपमा परिचालन गर्नुपर्ने हो, त्यो भइरहेको छैन, न अभिभावकको सहयोग नै विद्यालयलाई प्राप्त भइरहेको छ । शिक्षकहरूले पनि अभिभावकलाई दोष दिनुको साटो केही सकारात्मक प्रयास गरेको देखिंदैन । नेपालका शिक्षक तथा अभिभावक दुवैले आआप्mनो व्यवहार परिवर्तन गर्नु आवश्यक छ । स्थानीय सरकारले पनि विद्यालयको गतिविधिमा अभिभावकको भागीदारी कसरी सुरक्षित गर्ने भन्ने कुरामा ध्यान दिनु जरूरी छ । साथै विद्यालयको योजनामा, प्रक्रियामा सबै सदस्यको भूमिका र भागीदारी सुनिश्चित गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय शिक्षा ब्युरो युनेस्कोका अनुसार केटाकेटीको पालनपोषण र हेरचाहमा अभिभावकको भूमिकालाई प्राथमिकता दिनुपर्छ । यसैगरी संवादको माध्यमले अभिभावक र विद्यालयबीच जानकारी आदानप्रदान, स्वयंसेवाको माध्यमले विद्यालयलाई सहयोग, विद्यालयबाट दिइएको निर्देशनको समर्थन र अनुपालन, विद्यालयको निर्णय प्रक्रियामा अभिभावकको सहभागिता र अन्य सामाजिक संस्थाहरूसँग मिलेर विद्यालयलाई सहयोग गर्नु भनेको छ । अभिभावक र शिक्षकबीच प्रभावी संवादले दुवैबीच सम्बन्ध बलियो हुन्छ । यो विद्यार्थीको सफलताको लागि पनि आवश्यक छ । विद्यार्थीको सकारात्मक पक्ष तथा रुचि सम्बन्धमा जानकारी आदानप्रदान हुनु जरूरी छ । विद्यालय सुधार योजना, विद्यार्थी प्रगति प्रतिवेदन, विद्यालयको गतिविधि, विद्यालयद्वारा सञ्चालित कार्यक्रमको सूचना नियमितरूपले आदानप्रदान हुनु आवश्यक छ । सँगसँगै विद्यालयमा वर्षमा दुईपटक अभिभावक–गोष्ठी हुनु आवश्यक छ, जसबाट एउटा निश्चित लक्ष्य हासिल गर्न सजिलो हुन्छ । अभिभावकलाई विद्यार्थीले गरेको राम्रो कुराको जानकारी बढी मात्रामा दिनुपर्छ । अभिभावकको लागि कार्यक्रमसँग सम्बन्धित पत्रिका तयार गरेर त्यसमा केटाकेटीहरूको पढाइसम्बन्धी वा अभिभावक शिक्षासँग सम्बन्धित लेख रचना पनि प्रकाशित गरेर सूचना आदानप्रदान गर्न सकिन्छ । यस्ता अनेकौं प्रयास छन् जुन गर्न सकिन्छ र यसबाट विद्यालयको गरिमा वृद्धि हुन्छ ।

जुन विद्यालय अभिभावकसँग मिलेर काम गर्दछ, त्यहाँ शिक्षकहरूको मनोबल पनि उच्च रहन्छ र उनीहरूले अभिभावकबाट सम्मान पनि हासिल गर्छन् । अभिभावक र शिक्षकबीच जति मधुर सम्बन्ध हुन्छ, त्यहाँ विद्यार्थीहरूले त्यतिकै उपलब्धि हासिल गर्छन् । विद्यालय सुधार गर्ने प्रयासमा अभिभावकको सहयोग नितान्त आवश्यक हुन्छ । यसैगरी विद्यालयको कार्यक्रममा स्थानीय संस्कृतिलाई प्राथमिकता दिनु आवश्यक छ, किनभने यसबाट स्थानीय संस्कृति बुझ्ने र त्यसलाई जोगाउने अवसर प्राप्त हुन्छ र बेग्लाबेग्लै पारिवारिक परम्परा जान्ने अवसर मिल्छ । वर्तमानमा धेरैजसो अभिभावक आप्mनो सन्तानको पढाइमा सहयोग गर्न चाहिरहेका छन् तर उनीहरूलाई के थाहा छैन भने के गर्दा उसको सन्तानलाई सहयोग प्राप्त हुन्छ । अभिभावकको योग्यताको उपयोग यदि विद्यालयहरूले गर्न थाल्छन् भने अभिभावकलाई सजिलै विद्यालयसँग जोड्न सकिन्छ । अभिभावकको समर्थनको लागि कार्यालयमा काम गर्नेले स्वागत अभिभावदनसहित, प्रवेशद्वारमा यस्ता सङ्केत हुनुपर्छ जसबाट अभिभावकले उसको पनि महत्व छ भन्ने बुझोस् ।

जुन अभिभावकसँग विद्यालयलाई समय दिन गा-हो छ उनीहरूको सहयोगको लागि बेग्लै तरीका अँगाल्नुपर्छ । विद्यालयहरूले अभिभावकसँग सम्पर्क राख्ने तरीका खोजिराख्नुपर्छ । विद्यालय व्यवस्थापन समितिले पनि समय–समयमा विद्यालयमा आन्तरिक बैठक गरी सुधार र अभिभावकलाई प्रेरित गर्ने कार्यक्रम निर्धारित गरी निर्देशन दिइराख्नुपर्छ । अभिभावकहरू कसरी विद्यार्थीहरूलाई सहयोग गर्न सक्छन् विद्यालयहरूले यसको सर्वेक्षण गरी सोही अनुरूप योजना तयार गर्न सक्छन् । अभिभावकले सन्तानद्वारा गरिएको कार्यको समीक्षा गरिराख्नुपर्छ । विद्यालयहरूले अभिभावकलाई तत्सम्बन्धी सहयोग र सुझाव दिन सक्छन् । यसैगरी यस्ता गृहकार्य दिनुपर्छ जसमा अभिभावक पनि भागीदार होस् चाहे त्यो हस्ताक्षर गर्नु मात्र किन नहोस् । साथै उनीहरूलाई के पनि सूचना दिनुपर्छ भने हस्ताक्षर गर्दा के के कुरामा ध्यान दिने । यसैगरी विद्यालयहरूले केही खास विषयमा कार्यशाला गोष्ठी आयोजना गर्न सक्छन् ।

विद्यालयहरूमा अभिभावक–शिक्षक भागीदारी बढाउन विद्यालयको वातावरण बालमैत्री र स्वागतयोग्य हुनुपर्छ । अभिभावकको पहुँच प्रधानाध्यापक र कर्मचारीसम्म सजिलै हुने व्यवस्था हुनुपर्छ । विद्यार्थी र शिक्षकबीच उचित सम्मान र संवाद हुनुपर्छ । अभिभावकको समय र योग्यता अनुसार विद्यालयको कार्यक्रम निर्धारित हुनुपर्छ । अभिभावकहरूलाई विद्यालय पाठ्यक्रमको जानकारी र तात्कालिक शिक्षण रणनीतिको सूचना हुनुपर्छ । अभिभावकको वास्तविक भागीदारीमा प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुन्छ । यसरी विद्यार्थीको विकासमा अभिभावक शिक्षक भागीदारी र उपलब्धिबीच सकारात्मक सम्बन्ध रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here