कम्मर दुःखाइ कसैको लागि समस्या बन्न सक्छ । तर यदि तपाईंको पिठ्यूँ निरन्तर दुखिरहन्छ भने त्यसलाई बेवास्ता गर्नुहुँदैन बरु तुरून्तै उपचार गराउनुस् । लामो समयसम्म एकै मुद्रामा बसिरहँदा कमर दुख्न थाल्छ । तर यदि यो समस्याले तपाईंलाई लामो समयदेखि दुःख दिइरहेको छ भने सावधान हुनुपर्छ किनभने यो कुनै गम्भीर रोगको प्रारम्भिक लक्षण हुन सक्छ । कम्मर दुःखाइलाई बेवास्ता गर्नुहुँदैन किनभने यो कुनै गम्भीर रोगको शुरूआती सङ्केत हुन सक्छ साथै यो हाड र नशासम्बन्धी समस्या पनि हुन सक्छ ।

पिठ्यूँ दुःखाइको कारणः कम्मर दुःखाइको थुप्रै कारण हुन सक्छ । उदाहरणको लागि गलत तरीकाले बस्नाले प्रायः पिठ्यूँ दुख्छ । बस्ने र उभिने गलत तरीकाको कारण पनि कमर दुःखाइ हुन थाल्छ । मांसपेशीमा तनावको कारणले पनि कमर दुःखाइ हुन सक्छ र यसले गम्भीर रूप लिन थाल्छ ।

हर्निएटेड डिस्कः यसमा मेरुदण्डको हाडको बीचमा ग्याप कम हुन थाल्छ । डिस्कको भित्र नरम तरल पदार्थ कम हुन थाल्छ जसले गर्दा त्यो भाँचिन पनि सक्छ । यस्तो स्थितिमा सुन्निएको या फाटेको डिस्क पनि पिठयूँ दुःखाइको कारण हुन सक्छ ।

असाध्य रोगः नशा मेरुदण्डको हाडसँग सम्बन्धित रोग हुन सक्छ । धेरैजसोलाई प्रायः गठिया अस्टियोपोरोसिस र स्पोन्डिलो अर्थराइटिसल पनि पिठ्यूँ दुःखाइ हुन थाल्छ । यस्तोमा तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

कम्मर दुःखाइबाट कसरी जोगिनेः कम्मर दुःखाइबाट जोगिन चाहनुहुन्छ भने जीवनशैली र खानपानमा विशेष सुधार गर्नुपर्छ । सर्वप्रथम आप्mनो जीवनशैली र खानपानलाई सही गरौं । सक्रिय हुँदा रक्त सञ्चार सही ढङ्गले काम गरेको हुनुपर्छ । तनावलाई नियन्त्रणमा राख्नुपर्छ । बस्ने बेला सही ढङ्गले बस्ने, व्यायाम सही ढङ्गले गर्दा पिठ्यूँको मांसपेशी र ऊतक दुख्दैन । – प्रतीक डेस्क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here