• अनन्तकुमार लाल दास

मानिसको पहिलो पाठशाला घर हो र घरमा आमा केटाकेटीहरूको साथी र गुरु हुन् । घरमा आमा र घरका अन्य सदस्य केटाकेटीहरूको चरित्र र संस्कार निर्माण गर्न महŒवपूर्ण भूमिका खेल्छन् । नेपोलियनले के भनेका थिए भने तिमी मलाई शिक्षित आमा देऊ, म तिमीलाई असल नागरिक दिन्छु । महात्मा बुद्धको भनाइ अनुसार मन नै सबैथोक हो । हाम्रो सोचजस्तो हुन्छ, त्यस्तै परिणाम पनि प्राप्त हुन्छ । अर्थात् मानिसको मनमस्तिष्कलाई परिष्कृत गर्ने काम घरमैं सम्भव छ ।

समयचक्रले गर्दा पहिलेको गुरुकुल आधुनिक विद्यालयमा परिणत भयो । विद्यालय मानिसको दोस्रो पाठशाला हो । विद्यालयमा निश्चित पाठ्यक्रम र पाठ्यपुस्तकमार्पmत शिक्षा प्रदान गरिन्छ । अपेक्ष्Fित उपलब्धि हासिल गर्न अनुशासन, सकारात्मक सोच, असल मार्गदर्शन र प्रेरणाको खाँचो हुन्छ । विद्यालयबाट समयसापेक्ष कुरा सिक्दै जानको लागि पनि जीवनको पहिलो पाठशाला घरमा अनुशासन र असल व्यवहारको जग हाल्नु नितान्त आवश्यक हुन्छ । यदि घरमा उनीहरूले यो कुरा सिकेका छन् भने विद्यालयमा पढाइएका कुरा अभ्यासको क्रममा सजिलै बुझ्दै जान्छन् ।

घर साझा विचारहरूको अभ्यास गर्ने थलो हो । घरका सदस्यहरूको व्यवहार, भाषा, धर्म, संस्कृति, संस्कार, खानपान, वेशभूषा, चालचलन तथा व्यवहारले केटाकेटीहरूको चरित्र निर्माणमा महŒवपूर्ण भूमिका खेल्छ । दार्शनिकहरूका अनुसार औपचारिक शिक्षाले मानिसलाई बाँच्न सिकाउँछ भने घरमा आर्जन गरेको शिक्षाले उसको भविष्य सुनौलो बनाउँछ । यसर्थ के भन्न सकिन्छ भने घरमा आर्जन गरेको शिक्षाले व्यक्तिको जीवनमा ठूलो महŒव राख्दछ । त्यसैले अभिभावकहरूले सन्तानमा कस्तो जग बसाल्ने हो सोच्नु पर्छ किनभने आँधीबेहोरीले हल्लाउन नसक्ने जग निर्माण अभिभावकको भूमिकामा निर्भर गर्दछ ।

सिकाइ वातावरणको उपज हो । विद्यार्थीले जस्तो वातावरण पाउँछ त्यस्तै स्वभाव, ज्ञान र गुणको विकास गर्दै जान्छ । यसर्थ प्रत्येक अभिभावकले सानै उमेरदेखि आप्mनो सन्तानलाई ठूलाको आदर गर्न, सानालाई माया गर्न, एकअर्कालाई सहयोग गर्न, आप्mनो काम आपैंm गर्न, आत्मनिर्भर बन्न र आपूmलाई समाजीकरण गर्न सिकाउनुपर्दछ । बाल्यकालदेखि नै यस्ता कुरा सिकेका बालबालिका सजिलै विद्यालय र समाजमा घुलमिल गर्न सक्छन् । विद्यालयहरूमा नैतिक शिक्षाको अभाव रहेको समाजको बुझाइ छ । नैतिक शिक्षा सरल, सभ्य र सहयोगी व्यक्तित्व निर्माणको स्रोत हो । यस कारण आज बालबालिकाहरूलाई घरमा नैतिक शिक्षाको ज्ञान सिकाउन र सिकेका कुरा व्यवहारमा उतार्न अभिभावकको महŒवपूर्ण भूमिका देखिन्छ ।

प्रख्यात दार्शनिक एरिस्टोटलको भनाइमा शिक्षा व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्धिको आधार हो । सामाजिक, सांस्कृतिक र आर्थिकरूपले सबल भए मात्र मानिसले सोही अनुरूप समाज निर्माण गर्छ । यसरी हेर्दा देश निर्माणमा प्रत्यक्ष/अप्रत्यक्षरूपले अभिभावकको भूमिका महŒवपूर्ण हुन जान्छ । शिक्षाविद्हरूको धारणा अनुसार शिक्षा मानिसमा चेतनाको विकास र सुधार गर्ने साधन भएकोले नर्सरीदेखि नै उनीहरूमा कस्तो ज्ञान हस्तान्तरण गरी कस्तो फल प्राप्त गर्ने वा गराउने भन्ने कुरामा अभिभावकको भूमिका महŒवपूर्ण हुन्छ ।

विद्यार्थी जीवन पढ्ने, बुझ्ने र हरेक क्रियाकलापमा सक्रिय बन्ने उमेर हो । विद्यार्थी जीवन हरेक मानिसका लागि महŒवपूर्ण क्षण हो । विद्यार्थी जीवनले मानिसको भविष्य निर्धारण गर्दछ । सानै उमेरदेखि अभिभावकको उचित मार्ग निर्देशन, माया, प्रेरणा तथा सहयोग र सल्लाह पाएका विद्यार्थीहरू नेपोलियन बोनापार्टले भनेजस्तै असल नागरिक बन्छन् । यस अर्थमा आप्mनो सन्तानको पढाइ–लेखाइमा विशेष ध्यान दिने अभिभावकहरूले प्रत्यक्षरूपमा देश विकासमा भूमिका खेलेका हुन्छन् ।

अभिभावक जति बढी चेतनशील र व्यावहारिक हुन्छन् त्यति नै उनीहरूका सन्तान पनि आत्मनिर्भर र व्यावहारिक ज्ञान आर्जन गर्न सक्षम हुन्छन् । अभिभावकमा जति इमानदारिता, सामाजिक भावना, उदार व्यवहार, परोपकारी आचरण हुन्छ त्यति नै बालबालिकाहरू पनि अभिभावकद्वारा गरिने क्रियाकलापको अवलोकन र अनुसरण गरी त्यसबाट ज्ञान आर्जन गर्छन् र सोही अनुरूप आचरण निर्माण गर्दछन् भन्ने बाल मनोवैज्ञानिकहरूको धारणा रहेको छ ।

अभिभावकले आप्mना सन्तानलाई खान, लाउन र विद्यालयमा चाहिने कापीकिताब र शुल्क भुक्तान गरिदिए मात्र उसको जिम्मेवारी पूरा हुँदैन । घरमा पढ्ने वातावरण सिर्जना गरिदिनुका साथै उनीहरूका कुरा साथी बनेर सुनिदिनुपर्छ । समयानुसार उनीहरूसँग सरसल्लाह पनि गर्नुपर्दछ । घरपरिवारको मामिलामा पनि उनीहरूको विचार बुझ्ने प्रयासले उनीहरूमा पारिवारिक जिम्मेवारीको भावनामा वृद्धि हुन्छ । सँगसँगै समय सापेक्ष परिवर्तनसँग परिचित गराउँदै विकृतिहरूको निरोध गर्ने क्षमता विकास गर्न पनि अभिभावकको भूमिका त्यतिकै आवश्यक हुन्छ ।

अभिभावकहरूले छोराछारीहरूलाई अधिकार र कर्तव्यबीचको सम्बन्ध राम्ररी बुझाउनुपर्दछ । उनीहरूलाई घरको सदस्य भएकोमा गौरवको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्नु अभिभावकको दायित्व हुन्छ । उनीहरूमा खुशीमा न मात्तिने र दुःखमा नआत्तिने भावनाको विकास गर्नुपर्छ । उमेर अनुसार शारीरिक, मानसिक र बौद्धिक विकास भए नभएको कुरामा पनि अभिभावक चनाखो हुनुपर्दछ । त्यसैगरस् आप्mनो सन्ततिको साथी, बानी–बेहोरा र चालचलनबारे जानकारी राख्नु पनि त्यतिकै आवश्यक हुन्छ ।

वर्तमानमा एकातिर उनीहरूलाई विश्वव्यापी विज्ञान र प्रविधिको ज्ञान अति आवश्यक भइसकेको अवस्था छ भने अर्कोतिर इन्टरनेट, कम्प्युटर र मोबाइलको प्रयोगले उनीहरू एकोहोरो भएका, सामाजिक र व्यावहारिक बन्न नसकेका बाल मनोवैज्ञानिकहरूको बुझाइ छ । साइबर अपराध, मादक पदार्थ सेवन, धूमपानजस्ता कुलतमा लाग्ने विद्यार्थीहरूको सङ्ख्या पनि दिनानुदिन वृद्धि भइरहेको सार्वजनिक भइरहेको तथ्याङ्कले देखाएको छ । यस्ता कुलतहरूबाट जोगाउनु पनि अभिभावकको प्राथमिक दायित्व हो ।

हाम्रो शिक्षा पद्धतिले सिकाउने सिकाइ प्रक्रियामा अभिभावकको भूमिका नठानेकाले सिक्ने–सिकाउने अभ्यासमा अभिभावक छुट्दै आएका छन् । सिक्ने सिकाउने पद्धतिमा अभिभावकलाई ठाउँ नै दिइएको छैन । विद्यार्थीको सिकाइलाई सहज बनाउन महŒवपूर्ण ‘अभिभावक शिक्षा’लाई नेपाली शैक्षिक प्रशासनले बुझ्न र व्यवहारमा उतार्न सकेको छैन । यहींनिर के प्रश्न उठ्छ भने के विद्यालय वा क्याम्पसमा दिइने शिक्षा पर्याप्त हो त ? जवाफ छ, पक्कै होइन । अर्कोतर्पm अभिभावकको बुझाइ के रहेको छ भने सन्तानलाई विद्यालयमा पठाइदिएपछि सबै समस्याको निराकरण भयो । तर विद्यार्थीलाई असल बनाउन अभिभावक, शिक्षक र सरकार तीनै पक्षबीच सहकार्यको अभाव रहेको छ । विद्यार्थीहरूले विद्यालयमा सिक्ने, जान्ने अवसर त पाउँछन् तर त्यसको अभ्यास गर्ने थलो त घरपरिवार नै हो । त्यस कारण शिक्षा र समाज सुधारका लागि अभिभावकमा पनि शैक्षिक रूपान्तरण आवश्यक हुन जान्छ ।

अभिभावकको अनुभवबाट सिक्ने पद्धति हामीकहाँ छैन । अनुभव जे पनि हुन सक्छ । जस्तै घाँस कसरी काट्ने, खेती कसरी गर्ने, परम्परागत मेशीन कसरी तयार गर्ने, पसल कसरी चलाउने आदि । हाम्रो देश नेपालमा अभिभावकको अनुभव आदानप्रदान गर्ने संस्कृति छैन । हाम्रो पद्धतिले अभिभावकलाई उर्दी दिने काम मात्र गरेको छ । अभिभावक र शिक्षकलाई नजीक ल्याउने र एक अर्काबाट सिक्ने–सिकाउने पद्धितिको विकास गरियो भने त्यही नै अभिभावक शिक्षाको गतिलो आधार हुन सक्छ । प्रारम्भिककालदेखि नै नेपालको शिक्षा नीति निर्माणमा अमेरीकी शिक्षाविद्हरू हावी रहेको प्रमाण छ । उनीहरूको बुझाइमा पढ्नका लागि छुट्टै कोठा चाहिन्छ तर हाम्रो परिवेशमा पूरै परिवारले एउटै कोठामा गुजारा चलाउनुपर्ने हुन सक्छ । यस कारण पश्चिमी शिक्षाको अवधारणा हाम्रो देश–सुहाउँदो शिक्षासँग मेल खाँदैन ।

बालबालिकाहरूमा सकारात्मक सूचना र सन्देश प्रवाहको मूल स्रोत अभिभावक भएकाले उनीहरूको समृद्धिका लागि नेतृत्वदायी भूमिका आवश्यक हुन जान्छ । समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कार, दुव्र्यसन तथा कुलतको परिणामबारे छोराछारीहरूसँग छलफल र विचार आदानप्रदान गर्नका लागि पनि अभिभावकहरूले उनीहरूसँग समय बिताउनु आवश्यक छ । यस्ता कुराहरूबाट उनीहरूलाई जोगाई सभ्य नागरिक बनाउने दायित्व पनि अभिभावकको नै हो । त्यसैले उनीहरूको शिक्षा, दीक्षा, प्रेरणा, मार्गदर्शन र आचरण निर्माणमा अभिभावकको ठूलो भूमिका हुन्छ ।

अभिभावक चेतनशील र जागरूक बन्ने हो भने मात्र उसका सन्तान सही बाटोमा सही शिक्षा हासिल गरी कुशल नागरिक बन्छ । अन्यथा सबैभन्दा बढी समय झन्डै १८ घण्टा घरमा अर्थात् आप्mनो पहुँचमा राख्ने अभिभावक स्वयं गैरजिम्मेवार तथा शिक्षाबाट टाढा रहने अवस्था भएसम्म बालबालिकाहरूको आचरण, चरित्र, कामप्रतिको लगावमा सुधार हुन सक्दैन । त्यसैले वर्तमानमा अभिभावक शिक्षाको खाँचो देखिएको हो । प्रस्तुत आलेखमा अभिभावक शिक्षाबारे सबै कुरा समेट्न नसकिए तापनि साङ्केतिकरूपमा धेरै कुरा प्रस्तुत गरिएको छ । हामीहरू भुइँमा छरिएको कुरा देख्ने तथा आप्mनै पोल्टामा भएका वस्तुको संरक्षण गर्न नसक्दा र भुइँमा छरिएका कुरा टिप्न खोज्दा पोल्टामा भएको पनि पोखिने अवस्था वर्तमान शिक्षाको यथार्थ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here