प्रस, वीरगंज, १७ मङ्सिर/
लायन्स क्लब इन्टरनेशनल–३२५ एसको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब इन्टरनेशनल–३२५ एसको दोस्रो क्याबिनेट बैठकको अवसरमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको लायन्सका राधेश्याम खेतानले बताए ।
शिविरमा १३५ जनाको रक्तचाप, मधुमेहको परिक्षण गरिएको र निश्शुल्क औषधिसमेत वितरण गरिएको खेतानले जानकारी गराए । बैठकमा सहभागीहरूको स्वास्थ्य अवस्था पनि दुुरुस्त रहोस् भन्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको उनले बताए । लायन्स क्लब इन्टरनेशनल–३२५ एसका अध्यक्ष डा पशुपति भट्ट, डा सफरोज अन्सारी, डा सञ्जय गुप्ता, डा शिलु, डा सिमरन झा, डा आस्था उपाध्याय, डा राजेश गुप्ताले स्वास्थ्य परीक्षण गरेका थिए ।
कार्यक्रममा लायन्सका देवकीनन्दन अग्रवाल, रमेश अग्रवाल, अमरबहादुर श्रेष्ठ, राजकुमार सिन्धी, शम्भु नकर्मी, तासी डोल्मा, विनय बस्नेत,लगायतको सहभागिता थियो ।