- सञ्जय मित्र
मधेस प्रदेशको साहित्य उर्वर छ भन्ने देखाउनको लागि अब नवप्रज्ञापन पनि हुन सक्छ। नवप्रज्ञापन साहित्यिक त्रैमासिकले यस अङ्क प्रकाशन गरिसकेको छ। गौरवपूर्ण शताङ्कलाई हेर्दा यस्तो अनुभूति हुन्छ– मधेस प्रदेशको छाती फराकिलो भएको छ।
शताङ्क आफैंमा एउटा गौरवमय यात्रा हो। सय अङ्क प्रकाशन गर्नु चानचुने सङ्घर्षको द्योतक होइन। कसैले आफूलाई पूर्णतया समर्पण नगरी सय अङ्क कदापि प्रकाशन गर्न सक्दैन। पत्रिकाका परिकल्पनाकार प्रकाशक/सम्पादक नवराज रिजाल हुन्। जिल्ला प्रशासन कार्यालय, बारामा दर्ता भएर २०७७ को प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गरिसकेको नवप्रज्ञापनले इतिहास रचेको छ। शताङ्क प्रकाशन गरेर मात्र इतिहास बनाएको होइन, यसले अनेक विशिष्ट कार्यहरू विगतमा गरेको छ र यो अङ्कलाई झन् विशिष्ट बनाउन पुगेको छ।
शताङ्कको पहिलो खण्डमा रहेको छ– स्मृतिमा साहित्यिक पत्रपत्रिका। यस खण्डमा विगतमा राम्रो चर्चा पाएको तर हाल प्रकाशन बन्द रहेको साहित्यिक पत्रपत्रिकाको मूल्याङ्कन गरिएको छ। साहित्यिक पत्रकार रोचक घिमिरेले नेपाली साहित्यमा महत्तम प्राप्ति भित्र्याउने पत्रिका ‘प्रगति’ शीर्षकमा प्रगति साहित्यिक पत्रिकाको ऐतिहासिक चर्चा गरेका छन्। ‘साहित्यिक युगनिर्माता शारदा र ऋद्धिबहादुर मल्ल’ शीर्षकमा साहित्यकार विजय चालिसेले शारदा पत्रिकाको प्रकाशनको इतिवृत्तिको चर्चा गरेका छन्। ‘रत्नश्रीले गरेको अठतीस बर्से यात्रा’ शीर्षकमा रामप्रसाद पन्तले रत्नश्री साहित्यिक पत्रिकाको प्रकाशन र यात्राबारे स्पष्ट पारेका छन्। ‘रूपरेखा पूर्णाङ्क २०० सम्म’ शीर्षकमा साहित्यिक पत्रिका रूपरेखाको इतिहासबारे अमरकुमार प्रधानले निकै सुन्दर चर्चा गरेका छन्। डा देवी क्षेत्री दुलालले ‘तेस्रो आयाम पत्रिकाको खोजीमेली’ शीर्षकमा दार्जिलिङबाट प्रकाशित भएको तेस्रो आयाम पत्रिकाको इतिहासबारे चर्चा गरेका छन्। प्राडा ऋषिराम शर्माले ‘साहित्यिक पत्रिकाको सीमान्तीयता र नवप्रज्ञापन’ शीर्षकमा यही पत्रिकाबारे सामान्य चर्चा गरेका छन् भने ईश्वरराज ढुङ्गेलले ‘नवप्रज्ञापन पहिलो अङ्क प्रकाशनको सन्दर्भ, साउन–भदौ २०५०’ शीर्षकमा स्मरण शैलीमा शीर्षकानुकूल चर्चा गरेका छन्। ‘गजल अङ्क पूर्णाङ्क ७, माघ २०५१’ शीर्षकमा विवेक वाइवाले सङ्क्षेपमा नवप्रज्ञापनको एउटा विशेषाङ्कको मूल्याङ्कन गरेका छन्। नवप्रज्ञापनको ‘पूर्णाङ्क ११, माघ २०५१ माधव घिमिरे लघुशब्दचित्र’ विशेषाङ्कको बारेमा गङ्गा कर्माचार्य पौडेलले अत्यन्त सुन्दर चर्चा गरेकी छन्। ‘गीतगङ्गा पूर्णाङ्क १३, साउन भदौ २०५२’ को सामान्य विश्लेषण प्रतीक्षा रिजालले, ‘ईश्वर ढुङ्गेलका कविताहरू (पूर्णाङ्क १४, असोज २०५२)’ छायादत्त न्यौपाने बगरले, ‘सरुभक्त लघुशब्दचित्र (पूर्णाङ्क १६, मङ्सिर २०५२)’ बाबुराम लम्सालले, ‘नारायणीका केही स्रष्टाहरू (पहिलो भाग पूर्णाङ्क २२, माघ–चैत २०५३)’ रमेशमोहन अधिकारीले तथा ‘श्यामप्रसादका रचना (पूर्णाङ्क २७, जेठ २०५२)’ वासुदेव अधिकारीले शीर्षकानुकूल चर्चा गरेका छन्। विभिन्न विशेषाङ्कको मूल्याङ्कन गर्ने क्रममा डा पुष्करराज भट्टले ‘नारायणीका स्रष्टाहरू (दोस्रो भाग, पूर्णाङ्क २९, असोज २०५६)’, डिल्लीरमण मिश्र कलमजीवीले ‘बाल्यकालीन संस्मरण विशेषाङ्क, पूर्णाङ्क ४०, वैशाख असार २०६५)’, बद्रीप्रसाद ढकालले ‘नवप्रज्ञापन स्वर्ण अङ्क (पूर्णाङ्क ५०, कात्तिक–पुस २०६७)’, प्रमोद प्रधानले ‘बालसाहित्य विशेषाङ्क (पूर्णाङ्क ६०, वैशाख–असार २०७०)’, शीतल गिरीले ‘भानुभक्त विशेषाङ्क (पूर्णाङ्क ६४, वैशाख असार २०७१)’, डा. शैलेन्दुप्रकाश नेपालले ‘छनदकविता विशेषाङ्क (पूर्णाङ्क ६८, वैशाख–असार २०७२’ तथा प्राडा कपिल लामिछानेले ‘लघुकथा विशेषाङ्क (पूर्णाङ्क ७२, वैशाख–असार २०७३)’ को सान्दर्भिक चर्चा गरेका छन्। यसैगरी, आरएम डङ्गोलले ‘स्वअभिलेख अङ्क’, बाबुराम पोखरेलले ‘मुक्तक विशेषाङ्क’, डा देवी नेपालले ‘बहुभाषा कथा विशेषाङ्क’, प्रा केशव सुवेदीले ‘गीत विशेषाङ्क’, नन्दु उप्रेतीले ‘प्रदेश २ गजल विशेषाङ्क’, र प्राडा ध्रुवकुमार घिमिरेले ‘नेपालीय भोजपुरी साहित्य विशेषाङ्क’बारे चर्चा गरेका छन्। नवप्रज्ञापनले आफ्नो विगतका विशेषाङ्कहरूबारे विश्लेषण गर्न लगाएर आफ्नो इतिहासको साँच्चीकै मूल्याङ्कन गर्ने सुन्दर काम गरेको छ।
नवप्रज्ञापनको अङ्क १ देखि ९९ सम्म प्रकाशित सम्पूर्ण सम्पादकीयलाई एक ठाउँमा समेटिएको छ। वास्तवमा सम्पादकीयमार्फत पत्रिकाका सम्पादकले गरेका प्रतिबद्धता, भोगेका पीडा तथा पत्रिकाको तात्कालिक वर्तमान बोकेको छ, यो खण्डले। यस अङ्कको आत्मा यसलाई मान्न सकिन्छ। यसलाई ‘सम्पादकीय यात्रा’मा राखिएको छ। साँच्चीकै कुनै पनि पत्रिका सञ्चालकले यो खण्ड एकपटक फुर्सद मिलाएर पढ्नुपर्ने किसिमको मूल्यवान् रहेको छ।
‘यात्राका सहयात्रीहरू’ शीर्षकमा साहित्यकारहरूको सूत्रात्मक इतिहास छ। कुन साहित्यकारको कुन विधा र कुन शीर्षकको रचना कुन मितिमा अनि कुन पृष्ठमा प्रकाशित छ भन्ने तथ्य यसमा पस्किएको छ। पत्रिकाका सम्पादकले कति धेरै परिश्रम गरेका छन् भन्ने पनि यसले प्रस्ट पार्छ। जसको हातमा यो अङ्क पुगेको छ, तिनले आफ्नो अनुहार ऐनामा जस्तो यसमा हेर्दा यस पत्रिकासितको आफ्नो सम्बन्धको इतिहास सजिलै केलाउन सक्छन्। यस पत्रिकाले एक हजार ६८६ साहित्यकारका रचना प्रकाशित गरेको छ।
‘शुभेच्छामा जोडिएका मन’ स्तम्भमा पत्रिकालाई प्राप्त शुभकामनाहरू समेटिएका छन्। गङ्गा सुवेदीले ‘खुशीको खबर’, राममणि पोखरेलले ‘सयौं अङ्कको शुभकामना’, माधव पोखरेल गोज्याङ्ग्रेले ‘शुभकामनाका केही शब्द’, हेमराज अधिकारीले ‘स्वच्छ पवित्र र शान्त नदीजस्तै लाग्छ नवप्रज्ञापन’, भवानी ताबाले ‘सम्झनाको सेरोफेरो’, सीताराम उप्रेतीले ‘म, नवराज र नवप्रज्ञापन’, नारायण तिवारीले ‘एउटा नाम धेरै टिक्यो, बिलाएन’, जय छाङ्छाले ‘नवप्रज्ञापन अर्थात् नवप्रज्ञापन’, नगेन्द्र रेग्मीले ‘शुभकामना ! शुभकामना !! शुभकामना !!!’, वसन्तराज अज्ञातले ‘नवप्रज्ञापन एउटा यात्राको नाम’ तथा मातृका पोखरेलले ‘हाम्रो साहित्यिक पत्रकारिता’ शीर्षकमा शुभकामनाका शब्दहरू लेखेका छन्। यसैगरी, रामचन्द्र महतो कुशवाहाले ‘निर्बाध जारी रहोस् प्रोत्साहनमूलक यात्रा’, डा राजेन्द्र विमलले ‘गज्जबको शतक ः कमालको ब्याटिङ’, कार्तिकेय घिमिरेले ‘गति मलाई मनपर्छ’, यशु श्रेष्ठले ‘मनदेखि मनसम्म’, सञ्जय साह मित्रले ‘सम्झनाको सेरोफेरो’, किशुनदयाल श्रीकृष्णले ‘पहिलो रचना प्रकाशित हुँदा’, रेणु गुप्ताले ‘तिमीलाई सम्झेर’, डा गोपाल ठाकुरले ‘नवप्रज्ञापनको शताङ्क यात्रा’, मुकुन्द आचार्यले ‘बारामा साहित्यिक पत्रकारिता’, सुनील कुमारले ‘बारा जिल्लामा साहित्यिक गतिविधि’, रामप्रसाद अधिकारीले ‘हेर्दाहेर्दै तीस वर्ष बितिसकेछ’, जङ्गबहादुर यादवले ‘मन के बात’, गणेशराज रिजालले ‘विगत बीस वर्षदेखि संलग्न छु’, विजय मैनालीले ‘अत्यन्तै हर्ष लागेको छ’, ईशहाक हुसेनले ‘चिनेजानेको मात्र हैन बुझेको पनि छु’, जगदीशप्रसाद पङ्कजले ‘मेरो नजरमा नवप्रज्ञापन’, ह्दयनारायण चौधरीले ‘सूचना र जानकारीका कुरा’, राधेश्याम शिवाकोटीले ‘हिंडिरहेछ नवप्रज्ञापन’, गोपाल अश्कले ‘म र मेरो साइनो’, डा विश्वम्भरकुमार शर्माले ‘मधेसमा नवप्रज्ञापन’, गणेशप्रसाद लाठले ‘परिचयको खोजी’ तथा विनयराज गौतमले ‘सम्यक सोच र कर्मको प्रतिफल’ शीर्षकमा नवप्रज्ञापन साहित्यिक त्रैमासिकप्रति शुभकामनाका शब्दपुष्पहरू अर्पित गरेका छन्। यसैगरी, नगेन्द्रराज शर्माले ‘सहयात्रीलाई शुभकामना’, मोहन दुवालले ‘साहित्यिक पत्रकारितामा नवप्रज्ञापनको शताङ्क यात्रा’, विनयकुमार शर्मा नेपालले ‘गा–है गा–होको बीच नेपाली साहित्यिक पत्रकारिता’, विदुर गौतमले ‘ऊर्जा प्राप्त भइरहोस्’, नवराज पुडासैनी ज्योत्सनाले ‘मलाई यसो भन्न मन लाग्यो’, राम सञ्जेलले ‘प्रगतिको कामना’, वियोगी बुढाथोकीले ‘जुम्ल्याहा यात्राको शताङ्क’, चेतनाथ धमलाले ‘शब्दको शुभकामना’, आरसी रिजालले ‘प्रगतिको कामना’, होमशङ्कर बाँस्तोलाले ‘नवप्रतिभालाई उठाउन सक्षम पत्रिका’, धीरकुमार श्रेष्ठले ‘शताङ्क ः महत्वपूर्ण अङ्क’, लक्ष्मी भट्टराई परिधिले ‘मेरो शुभकामना’, सूर्यप्रसाद लाकेजूले ‘पुष्पगुच्छा अर्पण गर्दछु’, नानीमैया अधिकारीले ‘मनभरिको शुभकामना १’ अच्युत घिमिरेले ‘शताङ्क यात्राको साक्षी म’, देवराज खरेलले ‘यात्रा जारी रहनुपर्छ’, डा तुलसी भट्टराईले ‘जय हो ः नवप्रज्ञापन’, प्राडा लक्ष्मणप्रसाद गौतमले ‘नवप्रज्ञापनको शुभ शताङ्क’, माया ठकुरीले ‘नवप्रज्ञापनसँग पहिलो भेट’, भागीरथी श्रेष्ठले ‘हार्दिक शुभकामना’, श्रीओम श्रेष्ठ रोदनले ‘शताङ्कको शुभकामना’, राममणि ढुङ्गेलले ‘साहित्यिक पत्रिकाहरूमा नवप्रज्ञापन’, श्याम रिमालले ‘सम्पादकीय जादुयी लेखनको निरन्तरताको सामना’, अमृत योञ्जन तामाड्ढो ‘नवप्रज्ञापनप्रति हार्दिक नमन १’, प्रमोद पाण्डेले ‘नवप्रज्ञापनसँग बिताएको २५ वर्ष’, विनय अर्यालले ‘धेरै धेरै सम्झना’, अरुणबहादुर खत्री नदीले ‘पहिलो अङ्कदेखि नै चिनेको हुँ’, राजेश मानन्धरले ‘डटपेनले सोध्छ मलाई’, रवीन्द्र तामाङले ‘प्रज्ञापनदेखि नवप्रज्ञापनसम्म’, सानुराजा अनजानले ‘मन स्मृतिकै बाटो समाउन खोज्छ’, हरिप्रसाद पाण्डेले ‘हरिप्रसाद पाण्डेय’, रामविनयले ‘शुभयात्रा नवप्रज्ञापन’, गगनदीप सर्वले ‘तीन दशकको त्यो इन्द्रेणी’, देवेन्द्र अर्याल आँसुले ‘नेपाली साहित्यिक पत्रकारिता र नवप्रज्ञापन’, रामणि दुवाडीले ‘शुभकामना नवप्रज्ञापन’, रमेश कँडेलले ‘शुभकामना तिमीलाई १’, राधा कँडेलले ‘स्मृतिमा डुब्दै रमाउँदै’, गोपाल फ्युवाले ‘नवप्रज्ञापनसँग म’, डा नवीनबन्धु पहाडीले ‘नवराज, नवप्रज्ञापन र कविताको भन्ज्याङ’, भगवती अधिकारीले ‘मैले चिनेको नवप्रज्ञापन’ तथा ललिता दोषीले ‘म सम्पादकीयले तानिने गर्छु’ शीर्षकमा शुभकामनाका शब्दहरूले नवप्रज्ञापनलाई ओतप्रोत पार्ने काम गरेका छन्। यसैगरी, विश्वप्रेम अधिकारीले ‘स्याङ्जाको सम्झना’, सदानन्द अभागीले ‘नवप्रज्ञापनभित्र नवप्रज्ञापन’, मिलन समीरले ‘नामै काफी छ’, माधव घिमिरे अटलले ‘साहित्यको सुगम पाठशाला’, विश्वराज न्यौपानेले ‘सम्पादकीयले छोएको मन’, गायत्री लम्सालले ‘आँखाभित्र आँखा’, टीकाराम उदासीले ‘हार्दिक शुभकामना’, खिमानन्द पोखरेलले ‘सपष्त ऋष्त म नवप्रज्ञापन’ तथा रमेश समर्थनले ‘…बधाईपत्र’ शीर्षकमा शुभकामना सन्देश नवप्रज्ञापनलाई अर्पण गरेका छन्। यसैगरी, केबी सिम्पलले ‘सय अङ्कको शुभकामना’, वीरबहादुर चन्दले ‘मनभरिको शुभकामना’, रामचन्द्र नेपालले ‘यो आँटिलो यात्रा !’ शीर्षकमा शुभकामना दिएका छन्।
नवप्रज्ञापनले ‘नेपालबाहिर’ शीर्षकमा पनि मन्तव्य समेटेको छ। तँ तँ धितालले ‘नेपाली भाषासँगको प्रेममा …’, विष्णु शास्त्रीले ‘दीर्घायुको शुभकामना’, कृष्ण बजगाईंले ‘परदेशको आँखाबाट नवप्रज्ञापन’ शीर्षकमा विभिन्न देशबाट शुभकामना र मन्तव्य दिएका छन्।
वास्तवमा नवराज रिजालको एउटा साहसिक यात्राको सुन्दर सन्तानको रूपमा नवप्रज्ञापन देखिएको छ। सय अङ्कसम्मको यो निकै सङ्घर्षपूर्ण यात्राले देशको एक सफल साहित्यिक पत्रकारको रूपमा रिजाललाई स्थापित गरेको छ। एक अर्थमा शताङ्क प्रकाशन रिजालको साहित्यिक पत्रकारिताको स्वसम्मान पनि हो, अभिमान पनि हो। नवराज रिजालले गरेको यात्रालाई साँच्चीकै सलाम छ।