प्रस, पोखरिया, १९ कात्तिक/
रौतहटको अरुवा पुलदेखि पर्साको दसौंतासम्म नारायणी सिंचाइ गण्डक नहर अन्तर्गत ६५ किलोमिटर सडक कालोपत्र भइरहेको छ ।
गण्डक नहर अन्तर्गत पर्सामा अहिले पाँच किलोमिटर मात्र गण्डक नहरको सडक कालोपत्र हुन बाँकी छ ।
सोबाहेक सडक कालोपत्र भइसकेका छन् । यो सडकखण्डको कालोपत्र गर्ने ठेक्का शिवालय/दिवा जेभीले लिएको छ । भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा एक अर्बको लागतमा गण्डक नहर कालोपत्र गरिंदैछ । रौतहटको अरुवा पुलदेखि पर्साको दसौता सम्म ६१.९ किलोमिटर सडक बनाउने क्रममा अहिले अनियमितता भएको पाइएको छ ।
कालोपत्र गर्ने क्रममा ग्राभेल बिछ्याउँदा जगरनाथपुर गाउँपालिकाको गण्डक नहरस्थित हनुमान मन्दिरदेखि दसौतासम्मको क्ष्Fेत्रमा अनियमितता भएको स्थानीयको आरोप छ । ठेकेदारले ग्राभेल बिछ्याउने क्रममा ६५ प्रतिशत गिट्टी, ३५ प्रतिशत मसिनो गिट्टी र बालुवा भएको ग्राभेल प्रयोग गर्नुपर्नेमा सो नगरी अत्यधिक माटो र बालुवा भएको ग्राभेल प्रयोग भइरहेको स्थानीयको आरोप छ ।
यसबारेमा इन्जिनीयर राकेश रजकसँग बुझ्दा उनले ग्राभेलको गुणस्तरमा कुनै कमीकमजोरी नभएको दाबी गरे । उनले ०.०५ एमएम पनि ग्राभेलमा गणना हुने र सोही स्तरको ग्राभेल प्रयोग भएकोले आम मानिसले माटो भनेर आरोप लगाउने गरेको बताए ।