प्रस, वीरगंज, १५ कात्तिक/

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको आयोजनामा नियमित खोप सेवामार्फत सरसफाइ प्रवद्र्धन कार्यक्रमको औचित्य र सञ्चालन प्रक्रियाबारे अन्तत्र्रिmया कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय, पर्सामा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूलाई कात्तिक १७ र २८ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महीनादेखि ५९ महीनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने र १२ महीनादेखि ५९ महीनाका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम देशभरि सञ्चालन हुने बताइएको थियो ।

कार्यक्रममा दुई वर्षदेखि पाँच वर्षमुनिका बालबालिकाहरूमध्ये दादुरा रूबेला खोप नलगाएका बालबालिकालाई पहिचान गरी सोको अभिलेख सङ्कलन गर्ने बताइएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका ३६ वटा स्वास्थ्य संस्थामध्ये सरकारी तथा निजी स्वास्थ्य संस्थाका २६ जना स्वास्थ्यकर्मीको सहभागिता थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई नियमित खोप सेवामार्फत सरसफाइ प्रवद्र्धन कार्यक्रमको लागि चाहिने कीट वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साह, अधिकृत जयमोद ठाकुर, फोकल पर्सन वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here