गूगलले हिजो बुधवार २५औं वार्षिकोत्सव मनाएको छ । संसारभरि गूगलको सर्च इन्जिन प्रयोग गरिन्छ । हामीले इन्टरनेटमा केही खोज्न चाहन्छौं भने सबैभन्दा पहिले गूगलकै शरण लिन्छौं । आज संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन भएको गूगलले प्रारम्भिककालमा निकै चुनौतीको सामना गर्नुपरेको थियो ।
गूगलको को–फाउन्डर्स ल्यारी पेज र सेर्गेई ब्रिनले कठिन अवस्थामा पनि हिम्मत हारेनन् । पेज र ब्रिन दुवै अमेरिकाको स्टेनफोर्ड युनिभर्सिटीका विद्यार्थी थिए । सन् १९९८ मा दुवैले मिलेर गूगलको आविष्कार गरे । शुरूका दिनमा गूगलले थुप्रै चुनौती भोग्नुपरेको थियो ।
हेडक्वार्टर ः उनीहरूलाई गूगलको हेडक्वार्टर राख्न निकै कठिनाइ भोग्नुपरेको थियो । क्यालिफोर्नियाको मेनलो पार्कमा एक मित्रको ग्यारेजमा दुवैजनाले गूगलको सुरुआत गरेका थिए । सन् १९९८ मा कम्पनीले निकै सङ्घर्षपछि केवल आठ कर्मचारीको साथमा आफ्नो कार्यालय पालो अल्टो क्यालिफोर्नियामा स्थानान्तरण ग¥यो ।
फन्डिड्ढो समस्या ः गूगलले शुरूमा फन्डिड्ढो समस्या भोग्नुपरेको थियो । किनभने ब्रिन र पेजसँग पर्याप्त रकम थिएन । फन्डिङविना उनीहरूले आफ्नो प्रोजेक्टको लागि जरुरी डाटा सर्भर बनाउन सक्दैन थिए । सन माइक्रोसिस्टम्सका को–फाउन्डर एन्डी बेचटोल्सहेमले गूगललाई सपोर्ट गरे र एक लाख डलर फन्डिङ दिए ।
निवेशक ः व्यापार आइडियाको कमीको कारण गूगलले पाँच वर्षपछि सम्भावित निवेशकलाई आकर्षित गर्न सफल भयो । सन् २००४ मा इनिशियल पब्लिक अफरिङ (आइपिओ) जारी ग¥यो । वारेन बफेले भविष्यका शेयरहोल्डर्सको लागि गूगलको आइपिओलाई सपोर्ट ग¥यो ।
बिक्री हुने स्थितिमा ः एउटा समय यस्तो आयो कि पेज र ब्रिनले गूगललाई बेच्ने निर्णय गरे । सन् १९९९ मा गूगललाई इन्टरनेट पोर्टल कम्पनी एक्साइटलाई एक लाख डलरमा बेच्ने कोशिश गरियो । तर एक्साइटका सिइओ जर्ज बेलले किन्न चाहेनन् । आजको समयमा गूगलको अभिभावक कम्पनी अल्फाबेट संसारको सबैभन्दा ठूलो टेक कम्पनीमध्ये एक हो ।