• अनन्तकुमार लाल दास
आज समाजमा दिन प्रतिदिन आपराधिक गतिविधि बढ्दै गइरहेको छ । आपराधिक प्रवृत्ति जस्तै छल–कपट, क्रुरता, बेइमानी, चोरी, हत्या, भ्रष्टाचार, बलात्कारमाथि सबैले चिन्ता व्यक्त गर्ने गरेका छन् । प्रतिदिन समाचारपत्रमा यस्ता घटनाहरू पढ्न पाइन्छ । आजभोलि त यो हाम्रो दैनिक हुने कुराकानीमा सामेल भइसकेको छ । प्रत्येकले यसबारे के भन्ने गरेको छ भने यसलाई रोक्नको लागि कठोर कानून बनाउनुपर्छ । कानूनको भयबाट नै यस्ता कुरामा अंकुश लगाउन सकिन्छ । तर अनुभवले के देखाउँछ भने मृत्युदण्डजस्ता कानूनले पनि आपराधिक गतिविधि रोक्न असमर्थ भएको छ । वास्तविकता के हो भने भयले कसैलाई राम्रो मानिस बनाउन सकिंदैन । भयबाट मानिसलाई केही बेरका लागि रोक्न त सकिन्छ तर अवसर पाउना साथ उसले अपराध गर्दैन भन्ने कुरा किटान साथ भन्न सकिंदैन । त्यस्ता कानूनबाट कसरी बच्ने भन्ने कुरो थाहा पाउना साथ उसको भय पनि बिस्तारै समाप्त हुन थाल्छ । हिटलर वा ओसामा बिन लादेनजस्ता प्रवृत्तिका मानिसलाई के कुनै कानूनले अपराध गर्नबाट रोक्न सक्यो ? कुनै पनि कानूनले अपराध अवश्य कम गर्न सक्छ तर आपराधिक मानसिकतालाई समाप्त गर्न सक्दैन ।
वास्तवमा कुनै पनि समस्याको समाधानका लागि त्यसको कारण जान्न जरूरी हुन्छ । यस कारण पहिले आपराधिक मानसिकताको कारण बुझ्नुपर्छ । यसको जरो कहा“ छ ? हामीले यसै कुरोलाई न हेरेको जस्तो गर्ने गरेका छौं । आपराधिक प्रवृत्ति भएको व्यक्ति मानसिकरूपले बिरामी हुन्छ । यो बिरामीको कारण कतै न कतै उसको बाल्यकालमा लुकेको हुन्छ जुन उमेरसँगसँगै बाहिर प्रकट हुन थाल्छ ।
कुनै पनि बालबालिका ठूलो भएर कस्तो नागरिक बन्छन् भन्ने कुरामा दुईवटा कुराले सबैभन्दा धेरै प्रभाव पार्छ । पहिलो केटाकेटीहरूको परिवेश र दोस्रो उनीहरूसँग गरिने ठूलाहरूको व्यवहार । परिवेशलाई लिएर सबैको मत एक छ । उनीहरूको अनुसार केटाकेटीहरूले आफ्नो छरछिमेकमा जे हेर्छन्, जस्तो परिवेशमा उनीहरू हुर्कन्छन् त्यसको प्रभाव उनीहरूको मस्तिष्क र मनमा गहिरो पर्छ । उनीहरूमा कम वा बढी त्यस्तै प्रवृत्ति वा गुण विकसित हुन थाल्छ जस्तो त्यहाँ बसोवास गर्ने मानिसहरूमा हुन्छ । तर केटाकेटीहरूसँग गरिने ठूलाहरूको व्यवहारको प्रभाव परिवेशबाट उत्पन्न प्रभावभन्दा बढी गहिरो र दीर्घकालीन हुन्छ । त्यसको चिनो केटाकेटीहरूको व्यक्तित्वमा पनि देखापर्छ र त्यो स्थायी हुन्छ ।
मनोवैज्ञानिकहरूको मान्यता अनुसार बच्चा पैदा हुनासाथ राम्रो वा नराम्रो हुँदैन । ऊ राम्रो वा नराम्रो यस संसारमा आएर बन्छ । उसभित्र दुवै प्रकारको प्रवृत्ति पाइन्छ । घृणा र दमनबाट ऊ अपराधी बन्छ भने प्रेम र स्वतन्त्रताले उसभित्र रचनात्मकता पैदा हुन्छ । पिटाइ, सधैंको किचकिच र उनीहरूको इच्छालाई दबाउनाले बालबालिकाहरूमा क्रुरताको भाव जागृत हुन्छ । ऊ निर्बल भएको कारण तत्काल बदला लिन सक्दैन तर उसको अवचेतन मनमा यस्तो भावको गहिरो प्रभाव पर्छ र मौका पाउना साथ बाहिर निस्कन्छ । आमाबुवा वा शिक्षक द्वारा गरिने यस्ता व्यवहारले बालबालिकाहरूलाई धेरै नोक्सान पु-याउँछ । अभिभावक र शिक्षकद्वारा व्यक्त कठोर वचनले बालबालिकाहरूको संवेदनशीलतामाथि गहिरो आघात पु-याउँछ । तिरस्कार र कटु वचनले बालबालिकाहरूलाई आपराधिक मानसिकताको शिकार बनाउँछ ।
बालबालिकाहरूको पिटाइ वा उनीहरूलाई झपार्दा हामी बिर्सन्छौं भने उनीहरूको पनि आफ्नो गरिमा हुन्छ । हामी के सोच्छौं भने उनीहरूमा भएको गलत बानी ठीक पारिरहेका छौं । उनीहरूको भलोको लागि यसो गरिरहेका छौं तर वास्तविकता के हुन्छ भने हामीहरू उनीहरू भित्र हीनताबोध उत्पन्न गरिरहेका हुन्छौं । बालबालिकाहरूप्रति गरिने यस्ता व्यवहारले अरूको दृष्टिमा उनीहरूको मान–सम्मानलाई ठेस पु¥याउनुको साथै स्वयं आफ्नो दृष्टिमा पनि उनीहरूलाई खसाउने काम गर्छ । उनीहरूलाई के लाग्न थाल्छ भने म साँच्चिकै यस्तै हुँ जस्तो ठूलाबडाले मेरो बारेमा भन्छन् । ऊ आफूसँग घृणा गर्न थाल्छ । आफूसँग घृणा गर्नेले कसरी अरूसँग प्रेम गर्न सक्छ ?
बालबालिकाहरूलाई सधैं किचकिच गर्नु भनेको उसमाथि मानसिक आघात पु-याउनु हो र उसभित्र आपराधिक प्रवृत्ति जन्माउने कारण बन्नु हो । यस्ता प्रवृत्तिहरू गलत स·त वा गलत परिवेश पाएर छिट्टै बढ्न थाल्छ । यस कारण आपराधिक प्रवृत्ति जन्मजात हुन्छ भन्ने धारणा पूर्णतया गलत हो । यो औपनिवेशिक धारणा हो जसको माध्यमले केही जाति विशेषलाई सधैंको लागि आपराधिक जातिको रूपमा घोषणा गरिएको तथ्य इतिहासले देखाएको छ । प्रेम, प्रशंसा र स्वतन्त्रताबाट वञ्चित बालबालिकाहरू आपराधिक प्रवृत्तिको शिकार हुने गरेका छन् । भारतका प्रसिद्ध शिक्षाविद् जे. कृष्णमूर्तिले भनेका छन्–“हाम्रो विद्यालयलाई कुनै पनि प्रकारको बल प्रयोग, जोर–जबर्दस्ती, धाक–धम्की र क्रोधबाट पूर्णतया टाढा राख्नुपर्छ किनभने यी सबले हृदय र मनलाई कठोर बनाउ“छ । त्रूmरतास“ग स्नेहको सहअस्तित्व हुन सक्दैन ।”
वास्तवमा भन्ने हो भने जुन बेला हामी कुनै बालबालिकालाई झपार्छौं वा पिट्छौं त्यस बेला उनीहरूस“ग मात्र दुव्र्यवहार गर्नुको साथै एउटा गलत सन्देश पनि उनीहरूको मनमस्तिष्कमा प्रक्षेपित गरिरहेका हुन्छौं । त्यो के भने कसैले गल्ती गर्छ भने ऊस“ग यस्तै व्यवहार गर्नुपर्छ । यस कारण यस्तो व्यवहारलाई पूर्णतया अलोकतान्त्रिक भनिएको छ । फलस्वरूप बालबालिकाहरूले यस्तो व्यवहार अरूस“ग गर्नुका साथै त्यसले पनि गल्ती गरे यस्तै हुन्छ भन्ने कुरो प्रतिस्थापित गर्दछ । यस कारण बालबालिकास“ग गरिने यस्तो व्यवहार धेरै खतरनाक हुन्छ । यसले बालबालिकाहरूलाई नोक्सान पु-याउनुको साथै समाजमा पनि अलोकतान्त्रिक व्यवहार स्थापित गर्न मदत पु-याइरहेको हुन्छ ।
माया र स्वतन्त्रता प्रदान गरेर बालबालिकालाई अपराध गर्नबाट रोक्न सक्छौं । बाल्यकालमा बालबालिकास“ग गरिने व्यवहारले उसको भविष्य निर्धारण गर्दछ । गलत हेरचाहले केटाकेटीहरूकोे भविष्य चौपट पार्न सक्दछ । धेरैजसो मानिसको के धारणा रहेको छ भने यदि उनीहरूलाई भयबाट नियन्त्रण गरिएन भने उनीहरू बिग्रने बढी सम्भावना हुन्छ । तर वास्तविकता के हो भने भयले केटाकेटीहरूलाई बिगार्छ । भयबाट उनीहरूभित्र कुण्ठा, दब्बुपन, नैराश्य र अनेक थरीका विकृति उत्पन्न हुन्छ । केटाकेटीहरूलाई अनुशासनमा राख्ने यो तरीका अभिभावक वा शिक्षकहरूका लागि जति सजिलो हुन्छ त्यहीं केटाकेटीहरूको भविष्यका लागि बढी खतरनाक हुन्छ । अभिभावक र शिक्षकहरूले आप्mनो काम सजिलो बनाउनका लागि भयको सहारा लिन्छन् र के बिर्सन्छन् भने यसबाट उनीहरूले केटाकेटीहरू र समाजलाई कति हानि पु¥याइरहेका छन् । कठोर अनुशासन मानव भविष्यको लागि घातक हुन्छ । यसबाट बच्चा मानसिक रोगी बन्ने सम्भावना बढी हुन्छ । एक्लोपना र उपेक्षाले केटाकेटीहरूमा तनाव, कुण्ठा र संवादहीनता उत्पन्न गरेर उनीहरूलाई अपराध गर्न प्रेरित गर्दछ । एक्लोपनाबाट केटाकेटीहरूमा रीस उत्पन्न हुन्छ र उनीहरूलाई त्रूmर बनाउ“छ । उनीहरूको स्वाभाविक विकास अवरुद्ध हुन थाल्छ । यस्ता केटाकेटीहरूमा नशा गर्ने बानी र यौन विकृतिको सम्भावना बढी हुन्छ वा उनीहरू आपराधिक गतिविधिमा लिप्त हुन थाल्छन् । यौन विकृतिले केटाकेटीहरूलाई यौन अपराध गर्न प्रेरित गर्दछ ।
हालसम्म सार्वजनिक भएको तथ्याड्ढले के देखाएको छ भने नाबालिक किशोरहरूद्वारा भएको बलात्कारको घटनामा धेरै वृद्धि भएको छ । यसको पछाडि पनि कहीं न कहीं उक्त कारण नै जिम्मेवार रहेको छ । अभिभावक र शिक्षकहरूले केटाकेटीबीच तुलना गर्नु पनि उनीहरूलाई त्रूmर बनाउने कारण हो । जुन बेला हामी केटाकेटीको तुलना अरूस“ग गर्छौं भने उनीहरू भित्र हामीले दुई प्रकारको विकार पैदा गर्छौं । पहिलो हीनताको भाव र अर्को अरूप्रति ईष्र्याको भाव उत्पन्न हुन्छ । यी दुवै भाव सन्तुलित व्यक्तित्वका लागि घातक हुन्छ ।
यदि हामी राम्रो र अपराधमुक्त समाज बनाउन चाहन्छौं भने प्रत्येक बालबालिकालाई राम्रो र गरिमामय बाल्यकाल दिनुपर्छ । उनीहरूलाई घृणा, दमन र सजायबाट जोगाउनुपर्छ । उनीहरूलाई उपेक्षा र एकाकीपनबाट जोगाउनुपर्छ । उनका अभिभावक र शिक्षकले उनीहरूप्रति गरिने व्यवहारमा परिवर्तन, परिमार्जन र सन्तुलन बनाउनुपर्छ । आप्mनो स्यानोभन्दा स्यानो स्वार्थपूर्तिका लागि मानवीय मूल्यको उपेक्षा गर्नुहु“दैन ।
केही मानिसको के भनाइ छ भने केटाकेटीहरूलाई नैतिक शिक्षा प्रदान गरेर र राम्रा उपदेश दिएर आपराधिक प्रवृत्तिबाट जोगाउन सकिन्छ तर यस्तो हु“दैन । शायद नै कुनै परिवार वा विद्यालय होला जहा“ बालबालिकालाई नैतिक प्रवचन दिइ“दैन, तर यसको कुनै असर देखा पर्दैन । सबैले केटाकेटीलाई उपदेश दिइराखेका हुन्छन् तर यसको पनि खासै असर देखा पर्दैन । वास्तवमा हामी के बिर्सन्छौं भने जुन ठाउ“मा शब्द पुग्दैन त्यहा“ कर्म पुग्दछ । समाजमा केटाकेटीले हाम्रो ‘शब्द’ होइन हाम्रो ‘कर्म’ हेर्दछन् । आमाबुवा, शिक्षक वा छरछिमेकमा भइरहेको कर्म हेरेर बालबालिकाहरू स्वयं त्यस्ता मूल्यलाई आत्मसात् गर्छन् ।
बालबालिकालाई दिइने उपदेशभन्दा बढी महŒवपूर्ण उनीहरूस“ग गरिने व्यवहार र परिवेशले उनीहरूको व्यक्तित्व निर्माणमा बढी भूमिका निर्वाह गर्छ । यसमा परिवारको भूमिका सबैभन्दा बढी महŒवपूर्ण हुन्छ किनभने प्रारम्भिक कालमा बालबालिकाले सबैभन्दा बढी परिवारबाट नै शिक्षा हासिल गर्दछन् । भारतीय लेखक मुंशी प्रेमचन्दले आप्mनो लेख ‘शिक्षा का नया आदर्श’मा लेखेका छन्– “शिशु के पा“च–छः साल मनुष्यको जैसा बना देते हैं, वैसा ही वह बन जाता है ..इसी उम्र में बच्चे हमारे अज्ञान के कारण झूठ बोलना, झूठे बहाने बनाना और चोरी करना सीखते हैं । इसी उम्र में आलस्य की और आरोग्य के विरुद्ध आचरण करने की आदत पडती है । इसी उम्र में वे जिद्दी, स्वार्थी और कायर बनते हैं ।”
बालबालिकालाई राम्रो र सन्तुलित हेरचाह उनका आमाबुवाले नै दिन सक्छन् । यहा“ एउटा कठोर परिस्थिति के देखिन्छ भने जुन आमाबुवा गरीबी, शोषण र उत्पीडनमा बा“चिरहेका छन्, जसको जीवन स्वयं अस्थिर, अनिश्चित, असुरक्षित र भयपूर्ण छ, उनीहरू आप्mनो सन्तानलाई स्वस्थ, सुन्दर र भयमुक्त बाल्यकाल कसरी प्रदान गर्न सक्छन् ?