– अनन्तकुमार लाल दास
आधुनिक समाजमा विद्यालय सधैं मानव चिन्तनको विषय रहेको छ । विश्वमा औद्योगिक समाज अस्तित्वमा आएदेखि नै औपचारिक विद्यालयको स्थापना मानव समाजको प्रमुख विशेषता रहिआएको छ । विद्यालयको स्थापना र सञ्चालन गर्ने जिम्मेवारी सरकारले लिएको छ । साथसाथै प्रजातान्त्रिक मूल्य र मान्यता विकसित गर्नका लागि पाठ्यक्रम निर्माणको कार्य पनि जनताद्वारा छानिएको सरकारको हातमा नै रहेको छ । समाजले विद्यालयसँग जुन अपेक्षा गरेको छ, त्यो पूरा नभएकोले जनताद्वारा छानिएको सरकार पनि सधैं शङ्काको घेरामा रहिआएको छ । शिक्षा सम्बन्धी धेरै नीति र नियमहरू बनाइए, परिवर्तन गरिए, तापनि त्यो सबै दस्तावेजमैं सीमित रहेको छ । यी सबै कुराका बावजूद यस्ता धेरै उदाहरणहरू भेटिन्छ जहाँ व्यक्तिगत प्रयासले गर्दा यस्ता विद्यालयहरू पनि स्थापित भए जो आज पनि अभिभावक, शिक्षक, प्रधानाध्यापक, किशोरवयका छात्रछात्राहरू तथा शिक्षा क्षेत्रमा काम गर्ने मानिसहरूका लागि प्रेरणाको स्रोत रहेका छन् । जापानको तोमोए गाकुएन एउटा यस्तै विद्यालय थियो । यस विद्यालय सम्बन्धमा मेरो जानकारीको आधार ‘तोत्तो–चान’ नामक विश्व प्रसिद्ध पुस्तक हो जसलाई यस विद्यालयमा पढ्ने एउटी केटी तेच्चुको कुरोयानागीले लेखेकी हुन् । ‘तोत्तो–चान’ बाल्यकालमा आफन्तले माया गरेर बोलाउने उनकै नाम हो ।
तोमोए गाकुएन नामक प्राथमिक विद्यालयको स्थापना सन् १९३७ मा सोसाकु कोबायासीले टोकियो शहरमा गरेका थिए । उनी यस विद्यालयका प्रधानाध्यापक पनि थिए । उनले यस विद्यालयको स्थापना आप्mनो निजी पूँजीबाट गरेका थिए । यस विद्यालयको स्थापनापूर्व कोबायासीले शिक्षाबारे धेरै अध्ययन गरेका थिए । सन् १९२२ देखि १९२४ सम्म उनी दुई वर्षका लागि युरोप बसेका थिए । यस अवधिमा उनले धेरै विद्यालयलाई नजीकबाट अध्ययन अवलोकन गरेका र बुझेका थिए । उनले त्यहाँका शिक्षाविद्हरूसँग पनि छलफल गरेका थिए । भन्न के खोजिएको हो भने तोमोएको स्थापनापूर्व उनले पूर्ण तयारी गरेका थिए ।
यो विद्यालय त्यस बेलाको परम्परागत चलनचल्तीबाट एकदमै अलग थियो । ‘तोत्तो–चान’ एउटा विश्वप्रसिद्ध पुस्तक हो जसलाई प्रत्येक शिक्षकले पढ्नुपर्छ । तोत्तो–चानको भर्ना तोमोए विद्यालयमा ७ वर्षको उमेरमा त्यस बेला भयो, जब उनलाई पढिरहेको विद्यालयबाट अति सक्रिय र उत्सुक भनेर निष्कासित गरियो । उनलाई आप्mनो जीवनसँग धेरै माया थियो । आप्mनो वरिपरिको हरेक कुरा बुझ्ने र जान्ने कोशिश गर्थिन् । पहिलो दिन जब उनी विद्यालयमा भर्नाका लागि गइन्, उनले प्रधानाध्यापकसँग भनिन्–“म यस विद्यालयमा पढ्न चहन्छु ।” प्रधानाध्यापकले उनकी आमासँग भने– “तपाईं घर जान सक्नुहुन्छ । म तोत्तो–चानसँग केही कुरा गर्न चाहन्छु ।” त्यस पछि उनी तोत्तो–चानलाई आपूmबारे जे भन्न मन लाग्छ बताउन भने र तोत्तो–चान त्यस बेलासम्म चुप भइनन्, जबसम्म उनीसँग शब्द समाप्त भएन । चार घण्टासम्म लगातार उनको कुरा सुनेपछि प्रधानाध्यापकले उनलाई भने–“अब तिमी यस विद्यालयकी छात्रा हौ । आप्mनो विद्यालय राम्ररी हेरेपछि तोत्तो–चानले कहिल्यै पनि छुट्टी नलिने प्रण गरिन् ।
आखिर कस्तो थियो त्यो विद्यालय जहाँ सात वर्षकी एउटी केटीले पहिलो दिन नै कहिल्यै पनि अनुपस्थित नहुने प्रण गरिन् ? त्यस विद्यालयको प्रवेशद्वार दुईटा जीवित रूखबाट बनेको थियो जुन प्रतिदिन बढिरहेको थियो । रूखको हाँगामा नै विद्यालयको बोर्ड झुन्डेको थियो । विद्यालय वरिपरिका पर्खाल पनि रूखबिरूवाबाट बनेका थिए । अर्थात् विद्यालय भित्र र बाहिर आउनजानको लागि कुनै पनि प्रकारको औपचारिकताको आवश्यकता थिएन । यसको अर्थ केटाकेटीहरू जुन बेला पनि भित्र र बाहिर आउन जान सक्छन् भन्ने होइन । यस विद्यालयका विद्यार्थीहरू आआप्mनो काममा अति व्यस्त रहने हुँदा कहिलेकाहीं घर जानको लागि उनीहरूलाई सम्झाउनु पथ्र्यो । विद्यालयमा कक्षाकोठा वा पुस्तकालयको लागि रेलगाडीको छवटा काम नलाग्ने डिब्बा उपयोगमा ल्याइएको थियो तर सभाकक्ष र भान्साकोठाको लागि पक्की भवन थियो । कक्षाकोठाभित्र प्रत्येक विषयसँग सम्बन्धित सहायक सामग्री उपलब्ध थिए । यसबाहेक विद्यालयमा स्वीमिङ्ग पुल र शौचालय पनि उपलब्ध थियो । विद्यालय प्ले ग्राउन्डमा धेरै रूखहरू थिए, जसमाथि केटाकेटीहरू खेल्ने, चढ्ने र ओर्लिने गर्थे ।
तोमोए एउटा यस्तो विद्यालय थियो जहाँ पठनपाठन खुला वातावरणमा हुन्थ्यो । रेलगाडीको खाली डिब्बामा बनेको कक्षाकोठामा कालोपाटी र बस्नका लागि डेस्कबेन्च थियो तर केटाकेटी बस्ने ठाउँ निश्चित थिएन । उनीहरू आपूmले रोजेको ठाउँमा बस्न सक्थे तर सबैभन्दा अनौठो कुरो त्यहाँ पाठ पढ्ने तरीका थियो । त्यहाँ विभिन्न विषयका लागि निश्चित घण्टी थिएन तर निश्चित के थियो भने लेख्ने–पढ्ने काम पूरा भएपछि केटाकेटीहरू शिक्षिकासँगै बाहिर घुम्न जान सक्छन् । कक्षा १ का विद्यार्थीहरू जो पूर्णरूपेण पढ्नका लागि तयार थिएनन् उनीहरूलाई पनि आपूmले रुचाएको विषयबFट पढाइ शुरु गर्ने छुट थियो । यसको एकमात्र उद्देश्य के थियो भने शिक्षक–शिक्षिकाले केटाकेटीहरूको रुचि, रुचाएको विषय र उनीको रुचिमा नपर्ने कुराबारे सजिलै थाहा पाऊन् । आवश्यक परेका बेला विद्यार्थीहरू शिक्षकहरूको सहयोग पनि लिन्थे र शिक्षकहरू पनि उनीहरूलाई सक्दो सहयोग गर्थे ।
तोमोएमा विद्यालयको युनिफर्म थिएन । जहाँ अरू विद्यालयका विद्यार्थीहरू युनीफर्म लगाएर विद्यालय जान्थे, तोमोएका विद्यार्थीहरू सफा लुगा लगाएर विद्यालय जान्थे । कोबायाशी अभिभावकलाई सबैभन्दा नराम्रो लुगा लगाएर विद्यार्थीहरूलाई विद्यालय पठाउन अनुरोध गर्थे । यसको पछाडिको उद्देश्य के थियो भने खेल्दा हिलोमा लुगा फोहोर हुँदा वा च्यातियो भने कुनै प्रकारको पीडा नहोस् । उनी भन्थे–केटाकेटीहरूलाई लुगा फोहोर हुने वा च्यातिने डरले खेलमा भाग लिन असमञ्जस नहोस् । उनी केटाकेटीहरूलाई स्वाभाविकरूपले बढ्न दिने कुरामा विश्वास गर्थे । कोबायाशीको चाहना केटाकेटीहरूले सन्तुलित खाना खाऊन् तर यसका लागि उनले कहिल्यै, कुनै भाषण दिएनन् । उनी अभिभावकलाई आआप्mनो सन्तानलाई सबै प्रकारको खाना खुवाउने सल्लाह दिन्थे । कुनै दिन यदि कसैले खाना दिन बिर्सिन्थे भने विद्यालयको भान्साकोठाबाट खाना दिइन्थ्यो । विद्यालयको स्वीमिङ्ग पुलमा केटाकेटीहरूलाई मौसमको हिसाबले पौडी खेल्न सिकाइन्थ्यो । यसको लागि केटाकेटीहरूलाई कुनै पोशाकको आवश्यकता पर्दैनथ्यो । विद्यालयमा विद्यार्थीहरूलाई सङ्गीतको तालमा व्यायाम सिकाइन्थ्यो ।
तोमोए विद्यालयको प्रमुख विशेषता थियो स्वाभाविकता । स्वाभाविकता सँगसँगै केटाकेटीहरूको व्यक्तित्व विकास हुनुपर्छ भन्ने कुरामा विद्यलयको आस्था थियो । शिक्षक सधैं विद्यार्थीहरूलाई घुम्नको लागि कहिल्यै मन्दिर त कहिल्यै खेत त कहिल्यै समुद्र छेउ लिएर जान्थे जहाँ विद्यार्थीहरू विभिन्न प्रकारका जानकारी हासिल गर्थे । त्यहाँ उनीहरू समूहमा काम गर्थे, खाना बनाउँथे र खुब आनन्दित हुन्थे । शिक्षक केटाकेटीहरूको मनबाट डर खत्म गर्न भूत बनेर एक आपसमा डराउने खेल पनि खेलाउँथे र उनीहरूसँग खुब कुराकानी गर्थे । कहिलेकाहीं विद्यालयमा स्थानीय मानिसहरूलाई डाकेर उनीहरूसँग कुराकानी गराउँथे । उनीहरूसँग केटाकेटीहरू विभिन्न प्रकारको स्थानीय सीप हासिल गर्थे । जस्तै किसानलाई बोलाएर प्रधानाध्यापकले केटाकेटीहरूलाई भन्थे–“यहाँ तपाईंको खेतबारीका शिक्षक हुनुहुन्छ, तपाईंहरूलाई खेती गर्न सिकाउनुहुन्छ ।”
प्रत्येक वर्ष ३ नोभेम्बरको दिन विद्यालयमा खेल दिवसको आयोजन गरिन्थ्यो । यस दिन अभिभावकहरू पनि केटाकेटी सँगसँगै खेलमा भाग लिन्थे । खेलपछि प्राप्त हुने पुरस्कार पनि अनौठो थियो । पुरस्कारमा उनीहरूलाई तरकारी दिइन्थ्यो । केटाकेटीहरू खुशी–खुशी तरकारी लिएर घर जान्थे र आमाले पकाएर खान दिएपछि उनीहरू मज्जले खान्थे किनभने यो उनीहरूले जितेर ल्याएका हुन्थे । यस्ता धेरै गतिविधि तोमोए विद्यालयमा हुन्थ्यो जसलाई विस्तारपूर्वक जान्नको लागि किताब पढ्नुपर्छ । ‘तोत्तो–चान’ पुस्तक पढेर आआप्mनो विद्यालयलाई राम्रो बनाउन प्रेरणा प्राप्त हुन्छ । यस विद्यालयको स्थापना कोबायाशीले मनले गरेका थिए । उनका अनुसार सबै केटाकेटी स्वभावतः राम्रा हुन्छन् र यस प्राकृतिक स्वभावलाई बाह्य वातावरण र वयस्कको दुष्प्रभावले नष्ट गर्छ ।
कोबायासी समकालीन शिक्षाको आलोचक पनि थिए । उनको भनाइमा लेखिएका शब्दहरूमाथि अनावश्यक जोड दिनु गलत हो । यसले केटाकेटीहरूको सहज ग्रहणशीलता कमजोर हुन्छ । उनी केटाकेटीहरूको शरीर र मस्तिष्कको समान विकासमा जोड दिन्थे । सन् १९४५ को द्वितीय विश्वयुद्धको बेला यो विद्यालय डढेर समाप्त भयो । विद्यालय डढिरहेको बेला कोबायाशी विद्यार्थीहरूसँग अब कस्तो विद्यालय बनाउने भनी चर्चा गरिरहेका थिए । तत्कालीन विद्यालयसँग यसको तुलना गर्दा यो विद्यालय पूर्णतया भिन्न थियो । जापानको औद्योगिक विकासको बेला यो विद्यालय धेरैलाई मन परेको थिएन । आजको जस्तै त्यस बेलाका अभिभावक पनि आप्mना सन्तानलाई तत्कालीन प्रतियोगिताको लागि तयार गर्न रुचाउँथे । आजको जस्तै अर्थ व्यवस्थालाई बलियो बनाउने मानव संसाधन तयार गर्ने कुरा राज्यको चाहना थियो । आम मानिसको धारणा विद्यालयमा कठोर अनुशासन पालना हुनुपर्ने कुरामा थियो । यस कारण ‘तोत्तो–चान’को विद्यालयलाई पनि समाजबाट आलोचित हुनुपरेको थियो । यस कारण दोस्रो विश्वयुद्धको त्रासदीपछि यस विद्यालयको पुनर्जागरण हुन सकेन तर कोबायासी जीवनभरि राम्रो शिक्षाका लागि प्रयास गरिरहे । लेखिकाको अनुसार यस विद्यालयमा शिक्षा ग्रहण गरेका सबै मानवीय मूल्यसहित जीवनयापन गर्न र विवेकशील जीवनको पैरवी गर्ने पङ्क्तिमा अग्रणी रहे ।