आज पनि धेरैजनाले रोगको उपचारको लागि एलोपैथिकभन्दा होमियोपैथिक औषधिको सहारा लिन्छन् । व्यस्त दिनचर्या र गलत खानपानको कारण धेरै रोग लाग्छ र त्यसपछि हामीले एलोपैथिक औषधि खान्छौं । एलोपैथी औषधिले तुरुन्त राहत दिए पनि बिमारी जडदेखि नष्ट हुँदैन र रोग पटक–पटक जन्मिन्छ । केही रोगको लागि होमियोपैथी रामबाण उपचार हुन्छ । नियम अनुसार होमियोपैथी औषधिसेवन गर्नुहुन्छ भने रोग जडदेखि नै नष्ट हुन्छ ।
जो व्यक्तिले रक्सी, गुटखा, धूम्रपान सेवन गर्दैनन् र स्वस्थ जीवनशैली अपनाउँछन्, उनीहरूमा होमियोपैथी औषधिको राम्रो नतीजा देखिएको छ । होमियोपैथी औषधि सेवन गर्दा केही विशेष नियम हुन्छन् । औषधि सेवन गरेपछि औषधिको कन्टेनर तुरुन्तै बन्द गर्नुपर्छ । औषधिलाई घाममा राख्नुहुँदैन, चीसो ठाउँमा राख्नुपर्छ । विद्युतीय उपकरणभन्दा टाढा राख्नुपर्छ । औषधिको बोतल खुला राख्नुहुँदैन । होमियोपैथी औषधि कहिल्यै हातमा राखेर खानुहुँदैन, बिर्कोमा राखेर खानुपर्छ । औषधि खाएको १० मिनेटसम्म केही खानुहुँदैन, ब्रस पनि गर्नुहुँदैन । चिया–कफी र अमिलो खानेकुरा खानुहुँदैन । होमियोपैथी औषधिलाई सधैं जिब्रोको तल थिचेर चुस्नुपर्छ ।