संसारमा स्क्यामको नयाँ–नयाँ मामिला र ट्रिक सुन्न पाइन्छ । स्कैमर्सले सोझासाझा व्यक्तिलाई धोका दिएर उनीहरूको बैंक खाताबाट लाखौं रकम चट् पार्ने गर्छन् । हालै हैकर्सले नयाँ हतकण्डा प्रयोग गरिरहेका छन् । पोलिश फाइनेन्शियल सुपरभिजन अथोरिटीका कम्प्युटर सिक्योरिटी इन्सिडेन्ट रेस्पोन्स टीमले हैकर्सको नयाँ ट्रिक्सको रहस्योद्घाटन गरेको छ ।

शोधकर्ता टीमका अनुसार साइबर अपराधीहरूले बैंकका ग्राहकलाई टेक्स्ट म्यासेज पठाउने गर्छन्, जसमा लेखिएको छ, तपाईंले आफ्नो मोबाइल बैंकिङ एप अपडेट गर्नुहोला । साथै उनीहरूले सन्देशमार्फत एउटा लिङ्क पठाएका हुन्छन् । प्रयोगकर्ताले एप अपडेट गर्न खोज्दा त्यो लिड्ढ गूगल प्ले स्टोरवा अन्य कुनै आधिकारिक एप स्टोरको सट्टा वेबएपिके टेक्नोलोजीको प्रयोग गरेर सो एप प्रयोगकर्ताको मोबाइलमा इन्स्टल हुन्छ ।

प्रयोगकर्ताको फोनमा नोटिफिकेशनविना नै यो एप फाइल इन्स्टल हुन्छ र प्रयोगकर्ताको सम्पूर्ण लगइन डिटेल हैक गरेर उसको बैंक खाता खाली गर्न सक्छन् । तसर्थ हैकर्सबाट बच्न जथाभावी एप इन्स्टल नगर्ने, अन्जान स्रोतबाट एप इन्स्टल नगर्ने, सन्देशमा आएको लिङ्कमा क्लिक नगर्ने र सम्बन्धित बैंकबारे सोधपुछ गर्नुपर्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here