भारतीय शोधकर्ताको नेतृत्वमा गरिएको एउटा शोध अनुसार शरीरमा उत्पन्न हुने पोषक तत्व टोरिन थुप्रै खाद्यान्नमा पाइन्छ । स्तनधारी जीवलाई लामो जीवन बाँच्नको लागि यो तत्वलाई अमृत मानिएको छ । साइन्स जर्नलमा प्रकाशित शोध रिपोर्टमा भनिएको छ– टोरिनको खुराकले कीरा, मुसा र बाँदरमा उमेर बढ्ने प्रक्रियालाई सुस्त गर्न सक्छ । मुसामाथि भएको प्रयोगले भनेको छ–टोरिनले पोथी मुसामा औसत जीवनकालमा १२ प्रतिशत र भाले मुसामा १० प्रतिशत वृद्धि गरेको छ । यसको अर्थ हो मुसाको जीवनकाल तीन–चार महीना बढ्यो, जुन लगभग सात वा आठ मानव वर्ष बराबर हो ।
नेशनल इन्स्ट्च्यिुट अफ इम्युनोलोजी, नयाँ दिल्लीमा मेटाबोलिक रिसर्च लेबोरेटरिजका प्रमुख शोधकर्ता विजय यादव भन्छन्– पछिल्लो २५ वर्षदेखि वैज्ञानिक यस्ता कारक खोज्ने प्रयास गरिरहेका छन्, जसले हामीलाई लामो समयसम्म जीवित र स्वस्थ रहन मदत गर्छ । मनुष्यमा टोरिनको लाभ पुष्टि गर्नको लागि परीक्ष्Fणको आवश्यकता हुन्छ । दुईवटा प्रयोगबाट पत्ता लागेको छ कि टोरिनमा जीवनकाल बढाउन क्षमता छ । यादव र उनको टीमले पहिले अध्ययनमा ६० वा सोभन्दा बढी उमेरका १२ हजार युरोपियन वयस्कमा टोरिनको स्तर र लगभग ५० स्वास्थ्य मापदण्डबीच हुने सम्बन्धबारे जाँचेका थिए ।
सम्पूर्णमा उच्च टोरिनस्तर भएका मानिस स्वस्थ थिए, उनीहरूमा टाइप–२ मधुमेहको कम मामिला, कम मोटोपनको स्तर, कम उच्च रक्तचाप र सुजनको स्तरमा कमी पाइयो ।
दोस्रो अध्ययनमा एथलिटहरू (स्प्रिन्टर्स, धीरज धावक र प्राकृतिक बडी बिल्डर्स)मा व्यायामको साथै टोरिनको स्तर बढ्छ । यादवले भने व्यायामको केही स्वास्थ्य लाभ टोरिनमा वृद्धिको रूपमा पाइन्छ । टोरिन स्वाभाविकरूपमा हाम्रो शरीरमा उत्पन्न हुन्छ, यसलाई आहारबाट पनि प्राप्त गर्न सकिन्छ यसको कुनै विषाक्त प्रभाव छैन तथा यसलाई व्यायामद्वारा बढाउन पनि सकिन्छ । उनले भने– शरीरमा टोरिनको स्तर उमेर बढ्नुको साथै घट्न पुग्छ । यसैले वृद्धावस्थामा टोरिन युवास्तर बहाल गर्ने एउटा आशाजनिक एन्टि–एजिङ रणनीति हुन सक्छ ।