हरियो तरकारीः मेडिकल न्युज टुडेमा प्रकाशित खबर अनुसार आँखाको ज्योति कमजोर भएपछि हरियो सागपात खानुपर्छ । यी तरकारीमा ल्युटेन र जिक्सान्थीन नामक कम्पाउन्ड हुन्छ । साथै भिटामिन सीले भरिपूर्ण हुन्छ । पालक आदिको साग नियमित खाएर आँखाको ज्योति बढाउन सकिन्छ ।
अमिलो फलः अमिलो फलमा भिटामिन सीको मात्रा सबैभन्दा बढी हुन्छ । भिटामिन ईसरह भिटामिन सी पनि एउटा एन्टिअक्सिडेन्ट हो, जसले उमेर बढेको कारण आँखामा हुने क्षतिबाट जोगाउँछ । कागती, सुन्तला, अङ्गुर आदि भिटामिन सीले भरिपूर्ण खाना खानाले आँखा स्वस्थ राख्न सकिन्छ ।
माछाः माछामा यस्तो पोषक तत्व पाइन्छ जसले आँखाको स्वास्थ्यलाई सुधार्छ । ओमेगा–३ फैटी एसिडले आँखा स्वस्थ राख्छ । आयली फिश भनेको त्यो हो जसको पेट र शरीरको टिशुमा तेल हुन्छ । यसैबाट ओमेगा–३ फिश आयल प्राप्त हुन्छ । ओमेगा–३ फैटी एसिडको लागि साल्मन, टुना, सार्डिन्स आदि माछा सेवन गर्दा आँखालगायत शरीरको अन्य अङ्गको स्वास्थ्यमा पनि लाभ हुन्छ ।
बीउः माछा, गेडागुडी, फल, तरकारीको बीउले पनि आँखाको ज्योति बढाउँछ । किनभने यो भिटामिन ईको मुख्य स्रोत हो । यसको लागि आलस, हेम्प, चिया सिड्स आदि सेवन गर्नुपर्छ ।
गाजरः भिटामिन ए, बिटा कैरोटिन उच्च मात्रामा पाइने गाजरले आँखाको दृष्टि सुधार्न आवश्यक भूमिका निर्वाह गर्छ । रोडोप्सिन नामक प्रोटिनको एउटा घटक गाजरमा पाइन्छ जसले रेटिनालाई प्रकाश अवशोषित गर्न मदत गर्छ । शरीरमा भिटामिन ए बनाउनको लागि यस पोषक तत्वको आवश्यकता पर्छ जुन गाजरबाट पाइन्छ ।