अहिलेको जमानामा २४ लाखमा जमीन किन्न पनि सकिंदैन तर अमेरिकाका एकजना व्यक्तिले रु २४ लाख खर्च गरेर आफ्नो छुट्टै देश बनाएका छन् र यो देश बनेको डेढ वर्ष मात्र भएको छ । यसको अलावा उनले आफ्नो देशको अलग्गै झन्डा, पासपोर्ट र करेन्सी पनि जारी गरेका छन् ।

रिपब्लिक अफ स्लोजमास्तान नामक देशलाई अमेरिकाका एक व्यक्ति रैन्डीए विलियम्सले बसाएका छन् । रैन्डी आफूलाई स्लोजमास्तानको राजा पनि ठान्छन् । उनले क्यालिफोर्नियाको मरुभूमिमा खाली रहेको जमीन (११.०७ एकड) को भाग  १९ हजार डलरमा किनेका हुन् । रैन्डीले यस देशको नाममा आफ्नो रेडियो शोको नामबाट राखेका छन् । उनको रेडियो शोको नाम द युनाइटेड टेरिटरिज अफ द सोवरेन नेशन अफ द पिपल्स रिपब्लिक अफ स्लोजमास्तान थियो । उनले यस देशको स्थापना १ डिसेम्बर २०२१ मा गरेका थिए । यस देशको आफ्नै राष्ट्रगान छ भने करेन्सीको नाम द डबल राखिएको छ ।

रैन्डीको यस देशमा करीब पाँच सय रजिस्ट्रर्ड नागरिक छन् जबकि चार हजारभन्दा बढीले यस देशको नागरिकता पाउन आवेदन दिएका छन् । रैन्डी भन्छन्–यो देशको सम्बन्ध बाँकी देशहरूसँगै विकसित गर्न लगाइएको छ । यसैको परिणाम हो कि दुनियाँको १६ अलग–अलग देशले स्लोजमास्तानको पासपोर्टमा मोहर लगाएका छन् । ती देशहरू दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वानुअतु र संयुक्त राज्य अमेरिकालगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here