दूध स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ र नियमित सेवनबाट पोषक तत्व पूर्ति गर्न सकिन्छ। दूधबाट थुप्रै उत्पादन तयार गरिन्छ त्यसैमध्ये एउटा हो, छेना। यस मिठाइलाई सेतो रसभरी वा बङ्गाली रसभरी पनि भनिन्छ। छेनामा प्रोटिन, कार्बोहाइड्रेट, फैट, क्याल्सियम, भिटामिन सी, आरन, फास्फोरस र फाइबर हुन्छ। थुप्रै रोगमा चिकित्सकले छेना खान भन्छन् । गभर्मेन्ट मेडिकल कलेज कन्नौजका डाइटिशियन एवं डायबिटिज एजुकेटर रोहित यादव छेनाको फाइदाबारे यसो भन्छन्ः

दूध र डेयरी उत्पादनको सेवन गर्नाले बाल्यकालको मोटोपन कम गर्न सकिन्छ । छेनाले कोलेस्ट्रोल अवशोषण कम गर्न, वजन घटाउन र निम्न रक्तचाप बढाउन मदत गर्छ। यसको अलावा केही प्रकारको क्यान्सरको खतरालाई पनि यसले कम गर्छ भने मुटुरोगमा पनि यसले लाभ पु-याउँछ। छेनामा उच्च गुणवत्ता भएको प्रोटिन पाइन्छ। यसको नियमित सेवनबाट मोटोपन कम हुनुको साथै हाड पनि बलियो हुन्छ। छेनामा क्याल्सियम, मैग्निशियम र फास्फोरस जस्ता तत्व हुन्छन् जसले हाडलाई विशेष ख्याल गर्छ। दूधबाट बनाइएको छेनाले मुटुसँग सम्बन्धित समस्या कम गर्छ। यसमा क्याल्शियम र पोटैशियमको भरपूर मात्रा हुन्छ, यी दुवै पोषक तत्ववले मुटुको स्वास्थ्यलाई नियन्त्रित गर्न सहयोग गर्छ। यसको साथै कोलेस्ट्रोल पनि घटाउन मदत गर्छ। छेनामा भिटामिन सीको राम्रो स्रोत हुन्छ। कमजोरी महसूस हुनेहरूले छेनाको मिठाई खाएपछि इम्युनिटी बुस्ट हुन्छ र भाइरस र ब्याक्टेरियाको सङ्क्रमणबाट बच्न सकिन्छ। गर्भवती महिलाले छेना सेवन गर्दा आमासँगै बच्चाको स्वास्थ्य पनि राम्रो रहन्छ।

        – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here