-अनन्तकुमार लाल दास
प्रत्येक राष्ट्रको सामाजिक एवं सांस्कृतिक उन्नयनमा त्यहाँको शिक्षा व्यवस्थाको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो देश नेपालमा पनि प्रजातन्त्र प्राप्तिपछि शिक्षाको क्षेत्रमा धेरै प्रगति भएको छ र वर्तमानमा वाणिज्य, विज्ञान, चिकित्सा आदि सड्ढायमा विभिन्न वर्गमा शिक्षाको गुणात्मक प्रचार भइरहेको छ । सूचना र प्रविधिको क्षेत्र वा कम्प्युटर शिक्षामा पनि नेपालमा विकास भइरहेको छ । तर पनि हाम्रो देशको शिक्षामा के कमी देखिएको छ भने नैतिक शिक्षामाथि जति ध्यान दिनुपर्ने हो त्यति दिएको पाइन्न । यस कारण वर्तमान सन्दर्भमा नेपाली पुस्ता संस्कारहीन र नितान्त भौतिकवादी बन्दै गएका छन् । वास्तवमा विद्यार्थी जीवन आचरणको पाठशाला हो । सभ्य, संस्कार सम्पन्न नागरिकको निर्माण विद्यार्थी जीवनमा नै हुन्छ । विद्यार्थीलाई जस्तो शिक्षा दिइन्छ, उनीहरू त्यस्तै नागरिक बन्छन् । यस कुरोलाई ध्यानमा राखेर शिक्षामा नैतिक शिक्षाको समायोजन गर्न आवश्यक देखिन्छ ।
शिक्षाको कुरा गर्दा सामान्य अर्थमा के बुझिन्छ भने शिक्षाबाट वस्तुगत ज्ञान प्राप्त हुन्छ, जसको प्रयोग गरेर कुनै न कुनै जागीर हासिल गर्न सकिन्छ । यस प्रकारको शिक्षाबाट मानिसलाई समाजमा प्रतिष्ठा पनि हासिल हुन्छ । समाज र राष्ट्रका लागि यस प्रकारको ज्ञानको महत्व र आवश्यकता पनि हुन्छ किनभने शिक्षित राष्ट्र नै आप्mनो भविष्यलाई सार्थक बनाउन सक्षम हुन्छ । आज कुनै पनि राष्ट्रले विज्ञान र प्रविधिको महत्व अस्वीकार गर्न सक्दैन किनभने जीवनका हरेक पाइलामा यसको उपयोग हुने गर्दछ । वैज्ञानिक विधिको प्रयोग नेपालको सन्दर्भमा कृषि र पशुपालनमा गरेर हाम्रो देशमा पनि हरित क्रान्ति र श्वेत क्रान्ति ल्याउन सकिन्छ । यस कारण वस्तुपरक शिक्षा हरेक क्षेत्रमा उपयोगी हुन्छ तर जीवनमा पदार्थ मात्र महत्वपूर्ण हुँदैन । पदार्थको अध्ययन पनि आवश्यक छ तर राष्ट्रको भौतिक स्थितिमा सुधार ल्याउनका लागि जीवन मूल्यको उपयोग कसरी गर्ने भन्ने कला सिक्नु पनि त्यतिकै आवश्यक हुन्छ ।
हामी सबैलाई के थाहा छ भने नेपालीहरूबीच फैलिएको भ्रष्टाचारले कसरी विकासको गतिलाई मत्थर पारिदिएको छ । हामी के पनि देखिरहेका छौं भने मूल्यमा -हास भएकोले समाजमा थरीथरीका अपराध घटित भइरहेका छन् । हामी के पनि देख्छौं भने मूल्यविहीन समाजमा असन्तोष फैलिरहेको छ । बेरोजगार बढेकाले युवाहरूमा देखा परिरहेको असन्तोषले गर्दा कैंयन प्रकारका चुनौतीसँग जुध्नुपरिरहेको छ । सानादेखि ठूलासम्म सबै भ्रष्टाचारको अँध्यारो कुवामा डुबुल्की लगाइरहेका छन् । उनीहरूलाई समाज र राष्ट्रको कुनै चिन्ता छैन । यस परिवेशमा आत्मचिन्तन अनिवार्य हुन पुग्छ ।
के हाम्रो शिक्षा प्रणाली दोषपूर्ण छ ? यदि शिक्षा व्यवस्थामा त्रुटि छ भने निश्चय नै मानिसमा दोष छ । आखिर कहीं न कहीं शीर्षासन चलिरहेको छ, जसले गलतलाई सही र सहीलाई गलत भन्न सकिरहेको छैन । यदि शिक्षा प्रणालीमाथि गहिरिएर दृष्टिपात गरियो भने यसमा भएका कमीकमजोरी परिलक्षित हुन्छ । नेपालको आधाभन्दा बढी शिक्षित मानिससँग कुनै लक्ष्य छैन । उनीहरू सामु गहिरो अँध्यारो छ । जसले आफ्नो जीवनको १६ बहुमूल्य वर्ष शिक्षालाई दियो, जसले आफूलाई यति लामो समय कुनै कार्यप्रति समर्पित ग-यो, ऊसँग कुनै काम नहुनु अर्थात् १६ वर्षसम्म गरेको श्रमको कुनै प्रतिफल नहुनु भनेपछि, यस्तो शिक्षा व्यर्थ हो ।
केही युवा शिक्षा हासिल गरेर सफल पनि भए किनभने उनीहरूको भाग्यले साथ दियो तर बाँकीको के हुने हो जसलाई बाल्यकालमा के मात्र घोकाइयो कि पढ्छौ भने शेष जीवन सुखमय हुन्छ । राम्रो त के हुन्थ्यो भने प्राथमिकसम्म शिक्षा हासिल गरेर घैंटा बनाउन सिक्थ्यो, खेतीको ज्ञान हासिल गथ्र्यो, चियापसल खोलेर बस्थ्यो वा यस्तो कुनै सीप हासिल गथ्र्यो, जसबाट जीवन धान्न सहज हुन्थ्यो । यदि कुनै खेल नै खेल्थ्यो, नृत्य वा गीत गाउन सिक्थ्यो, कुनै यन्त्र बजाउन सिक्थ्यो भने पनि त्यसको सार्थकता हुन्थ्यो । हिजोआज यस्ता क्षेत्रहरूबाट पनि सम्मान र धन हासिल गर्न सकिन्छ । यदि पूर्णतया भौतिकवादी बनेर सोच्ने हो भने हाम्रो शिक्षाको जग नै गलत छ ।
अक्षर ज्ञान आवश्यक छ भन्ने कुरामा शड्ढा छैन । १६ वर्षसम्म शिक्षा हासिल गर्नु आवश्यक छ किनभने केटाकेटीहरू जीवनको हरेक क्षेत्रको कुरा बुझ्न सकून् तर क्याम्पसको डिग्री त्यतिकै मानिसलाई दिनुपर्ने हो, जसले डिग्री हासिल गरेर सजिलै जागीर प्राप्त गर्न सकोस् वा स्वरोजगारी बन्न सकोस् । मात्र मेधावी विद्यार्थीहरूलाई उच्च शिक्षा दिनुपर्छ र अन्य विद्यार्थीलाई रोजगारमूलक शिक्षा दिइयो भने हाम्रो देशमा केही वर्षमैं बेरोजगारी समस्या अन्त्य हुन सक्छ । भारतीय दार्शनिक रवीन्द्रनाथ टैगोरले भारतीय शिक्षा प्रणालीको कमीकमजोरी बुझेर बेग्लै प्रकारको शिक्षाको वकालत गरेका थिए ।
यदि सा“च्चीकै शिक्षा व्यवस्थामा सुधार ल्याउनु छ भने शिक्षामा नैतिक मूल्य समावेश गर्नु आवश्यक हुन्छ किनभने कुनै पनि कार्य यदि प्रस्ट नीतिबेगर गरिन्छ भने त्यो सफल हुँदैन । नीतिबाट नै नैतिक शब्द बनेको छ, जसको अर्थ सोचविचार गरेर बनाइएको नियम वा सिद्धान्त हुन्छ । तर वर्तमानको शिक्षामा नैतिक मूल्य समावेश नहुनुको अर्थ त्यो दिशाहीन हुनु हो । वर्तमान शिक्षाको प्रमुख उद्देश्य शिक्षा हासिल गरेर धन आर्जन गर्नु हो चाहे त्यो धन जसरी पनि हासिल होस् । यस कारणले नै हमेशा शिक्षित वर्ग भ्रष्टाचारलाई बढाउनुमा सबैभन्दा बढी अग्रसर छन् ।
शिक्षा हासिल गर्नको लागि एउटा प्रस्ट नीति हुनुपर्छ । विद्यार्थीहरूलाई शुरूदेखि नै जीवनमा के कस्ता समस्या भोग्नुपर्छ भन्ने जानकारी दिनुपर्छ । विद्यार्थीहरूलाई के पनि थाहा हुनुपर्छ भने जिउने बाटो अनेक छन् तर त्यो बाटो छान्नु श्रेयस्कर हुन्छ, जुन व्यक्तिविशेषको स्वभाव अनुकूल हुन्छ । नैतिक शिक्षामा सत्य, क्षमा, दया, इमानदारी, अहिंसाजस्ता ठूला–ठूला कुरा घोक्न लगाइ केही हासिल हुँदैन, यदि यस्ता कुराहरूलाई जीवनमा प्रयोग गर्ने अवसर प्रदान गरिंदैन भने । केटाकेटीहरूको मस्तिष्कमा प्रयोगात्मक कुराहरू सजिलै प्रवेश गर्छन् ।