गलत खानपान र दिनचर्याका कारण साना–ठूला सबैलाई कोलेस्ट्रोल बढ्ने समस्या यतिखेर देखिएको छ । यदि नराम्रो कोलेस्ट्रोललाई नियन्त्रण गरिएन भने हृदयघात र मुटुसम्बन्धी रोग हुन सक्छ । दिल्लीका वरिष्ठ फिजिशियन डा अजयकुमारका अनुसार कोलेस्ट्रोल एक प्रकारको बोसो हो जुन दुई क्याटगरीको हुन्छ एउटा गुड र अर्को ब्याड । नसामा यदि नराम्रो बोसो जम्न थाल्छ भने यो ब्याड कोलेस्ट्रोल बढेको चिह्न हो । विज्ञका अनुसार हाम्रFे शरीरमा कोलेस्ट्रोलको लेभल २०० एमजी/डिएलभन्दा कम हुनुपर्छ । यदि लेभल यसभन्दा बढ्छ भने रोग लाग्ने तय हुन्छ । नसा ब्लक भएपछि रक्त प्रवाह सही ढङ्गले हुँदैन र हृदयघातसम्म हुन सक्छ ।
डा अजय भन्छन्–यदि तपाईंको आँखा प्रायः रातो र चिलाइरहने हुन्छ भने कोलेस्ट्रोलको लेभल बढेको हो । यसबाट प्रायः थकाइ लाग्ने, बान्ता हुने, कहिलेकाहीं छाती दुख्ने जस्ता सङ्केतले बताउँछ कि कोलेस्ट्रोलको लेभल डिस्टर्ब छ । यसको अलावा खुट्टा सुन्निएको र नङ पहेंलो हुनु पनि यसको लक्षण हो ।
विज्ञका अनुसार आजभोलि ९ वर्षको उमेरमा एकपटक कोलेस्ट्रोलको चेकजाँच अवश्य गराउनुपर्छ । त्यसपछि हरेक पाँच वर्षमा कोलेस्ट्रोल जाँच गराउनुपर्छ । नियमित जाँच, स्वस्थ आहार, कम तेल भएको खानेकुरा र व्यायाम गर्दा रोगबाट टाढा रहन सकिन्छ ।