जाडोमा थन्किएर बसेको सिलिङ पङ्खामा थुप्रै धूलो जमेर बसेको हुन्छ । सिलिङ पङ्खाको धूलो सफा गर्नु निकै झन्झटिलो कार्य हो । तर एउटा उपाय छ जसले सजिलै पङ्खा सफा गर्न सकिन्छ ।
पङ्खामा जमेको धूलो सिरानीको खोलबाट सजिलै सफा गर्न सकिन्छ । त्यसको लागि पुरानो सिरानीको खोल र एउटा भर्याङ वा टुल चाहिन्छ । छतमा रहेको पङ्खाको ब्लेडमा सिरानीको पुरानो खोल पसाउनुहोस् र थोरै दबाब बनाएर पङ्खामा जमेको फोहर खोलभित्र झार्नुहोस् । यो उपायले पङ्खाको धूलो सबै सिरानीको खोलभित्र जम्मा हुन्छ । यसैगरी पङ्खाको सबै ब्लेडको धूलो सफा गर्न सकिन्छ । धूलो हटेपछि हलुका भिजेको कपडाले ब्लेडलाई पुछ्नुपर्छ । साथै बजारमा पाइने डस्टर स्टिकको मदतबाट पनि पङ्खा सफा गर्न सकिन्छ ।