गर्मीको मौसममा घरलाई चीसो राख्न हामी थुप्रै उपाय गर्छौ । महँगो एसीदेखि पङ्खा किन्ने गर्छौं, जसले गर्दा हाम्रो बिजुलीको बिल पनि बढ्छ । तर बजारमा एउटा सस्तो एसी आएको छ, जुन मध्यम वर्गका परिवारले किन्न सक्छन् । यसको नाम हो कुलिङ जेल मैट्रेस, जुन गर्मीको मौसममा निकै फाइदाजनक हुन्छ । यसको मूल्य भारु ७०० देखि २५०० सम्म पर्छ । कम्पनीको दाबी छ यस मैट्रेसलाई ओछ्याएर सुत्दा गर्मीको अनुभूति हुँदैन र तपाईंलाई कुनै एसी वा कूलरको आवश्यकता पर्दैन ।

कसरी प्रयोग गर्ने ? जेल मैट्रेस टपरलाई आफ्नो फिटेड तन्नाको तल राख्नुपर्छ । जेलले शरीरको गर्मी सोस्छ र गर्मीलाई बाहिर निकाल्न मदत गर्छ । यसमा कुनै मेशिन प्रयोग गरिएको हुँदैन तसर्थ बिजुलीको आवश्यकता पर्दैन । यस मैट्रेसमा हुने कूलिङ जेलले शरीरमा चीसो पुर्याउँछ ।

यसलाई जमीनमा नबिछ्याउन सल्लाह दिइएको छ । गर्मी मौसममा हामी जब ओछ्यानमा सुत्छौं तब हाम्रो शरीरबाट निस्किने गर्मीको कारण ओछ्यान तात्छ तर कूलिङ जेल भएको मैटे«सले भने हाम्रो शरीरको तापलाई तानेर चीसो राख्न मदत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here