- कुमारबन्धु रुपाखेती
राजावादीहरूले खूबै सम्झिने र बहुदलवादीले एकदमै नसम्झिने दिन हो पुस १४ गते । पुस १४ अर्थात् स्व राजा वीरेन्द्रको जन्मदिन । अझै पनि राजावादीहरूले पुस १४ मा राजा वीरेन्द्रको योगदानको चर्चा गर्ने र धूमधामले कार्यक्रम गरेर राजालाई स्मरण गर्छन् । स्वस्फूर्तरूपमा यो दिन देशका सबै जिल्लामा राजावादीहरूले कार्यक्रम गर्दै आइरहेका छन् । राजावादीहरू पनि विभिन्न गुट, उपगुटमा विभाजित र बेग्लाबेग्लै कार्यक्रम गर्छन् ।
राजा वीरेन्द्र जसको शासनकालमा नेपालमा २०४७ सालमा सजिलै बहुदलीय व्यवस्था भित्रिएको थियो । कुनै रक्तपातविना यी राजाले जनआकाङ्क्षाको कदर गर्दै मुलुकमा बहुदलको सगर्व घोषणा गर्दै विश्वभरि नै प्रसिद्ध बनेका थिए । वीरेन्द्रकै पालामा २०३७ सालमा पञ्चायतले बहुदललाई तीन लाख बढी मतले हराएको थियो । जनमत सङ्ग्रहका बखत सूर्यबहादुर थापा प्रधानमन्त्री थिए, जो सदैव विवादको घेरामा रहन्थे । अप्ठेरो परेको बखत राजा महेन्द्र र वीरेन्द्रसमेतले सूर्यबहादुर थापालाई प्रधानमन्त्रीको गद्दी सुम्पिने गर्दथे । सूर्यबहादुरलाई त्यतिखेर भारतीय लवीको भनिन्थ्यो । कतिपय बेला थापाले दरबारलाई समेत नटेर्ने, आफूखुशी गर्ने गर्दथे रे १ एकपटक सार्क सम्मेलनमा राजाले राजीव गाँधीसँग आफ्नो प्रोटोकल नमिल्ने छनक देखाएपछि राजीवले राजासँग दूरी बढाए, नाकाबन्दीसमेत गरे । त्यतिखेरका प्रधानमन्त्री मरीचमान सिंहले अन्य देशबाट सामान आपूर्ति गरेर जिल्लाइदिए । मोदीले गरेको ओलीको पालाको नाकाबन्दीमा हामीले अभाव र कालोबजारी भोग्नुप¥यो । २०१७ पुस १ गते वीरेन्द्रका पिता महेन्द्रले विभिन्न राजनीतिक कारणहरूले गर्दा बहुदलवादीहरूसँग खोसेर विनारक्तपात मुलुकमा पञ्चायती व्यवस्था लागू गरेका थिए । मालेको छ इन्च छोटा, माओवादी जनयुद्ध र मधेस आन्दोलनको नाममा ठूलो जनधनको क्ष्Fति भएको सबैलाई थाहै छ । मालेले ३० को दशकमा जमीनदारहरूको हत्या गरेर ठूलै आतङ्क सिर्जना गरेको, माओवादीहरूले जनयुद्धको नाममा ठूलै नरसंहार गरेको तथा मधेस आन्दोलनको हत्या, हिंसाले मधेसबाट थुप्रै अल्पसङ्ख्यकहरूले ज्यान बचाउन बसाइँसराइ गरेका थिए । राजाको गाथगद्दी ताक्नेलाई हदैसम्मको कारबाई हुने त्यो बेला अर्थात् २०४७ सालमा राजा वीरेन्द्रले शान्तिपूर्ण तरीकाले बहुदलवादीहरूलाई सत्ता हस्तान्तरण गरेको इतिहास छ । वीरेन्द्रले करीब १९ वर्षको आफ्नो शासनकालमा मुलुकलाई विश्वसामु परिचय गराएको, नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने प्रयास गरेको, जनमत सङ्ग्रहपछि व्यवस्थालाई खुकुलो बनाएको, २०२३ सालमा आममाफीपछि विशेश्वर, गणेशमान नेपाल फर्किएका, छिमेकी राष्ट्रहरूसँग सुमधुर सम्बन्ध र बराबरीको राजनीतिक माहोल सिर्जना गरेको, सार्कको सफल कार्यान्वयन पक्षमा जोड दिएको तथा मुलुकलाई पाँच विकास क्षेत्रमा वर्गीकरण गरेर जनतामा भिज्न खोजेको देखिन्छ । भनिन्छ, २०४७ सालमा वीरेन्द्रले बहुदलीय प्रजातन्त्र घोषणा गर्नुअघि आमा रत्नराज्यलक्ष्मी देवी तथा भाइभारदारसँग निकै खटपट परेको थियो रे १ आमा र भारदारहरू बहुदल दिने पक्षमा नरहेको त्यति बेला चर्चा चलेको थियो । रत्न अझै महेन्द्र मञ्जिल नारायणहिटीमैं विराजमान छिन् । राजा वीरेन्द्रले भारतभन्दा अन्य मित्रराष्ट्रहरूसँग नजदिकी सम्बन्ध बनाउन खोजेको, भारतबाट मुलुककै सुरक्ष्Fा खतरा महसूस गरेको हल्ला त्यतिखेर खूबै थियो । भारतको विपक्षमा कम्युनिस्टहरूलाई मलजल गर्ने गरेको आरोपसमेत यी राजाले खेपे । वीरेन्द्रको शासनकालमा प्रशासन निकै कडा, अनुशासित र बलियो देखिन्थ्यो । कर्मचारीहरूमा अदब थियो र अहिलेजस्तो भ्रष्टाचारी थिएनन् । सबभन्दा ठूलो कुरा उनको पालामा अन्याय, अत्याचारविरुद्ध तत्काल सुनवाइ हुन्थ्यो । राजा बर्सेनि मुलुकका विभिन्न क्ष्Fेत्रमा भ्रमण गरिरहन्थे । वीरगंजमा त राजारानी भेष बदलेर रिक्शामा समेत शयर गरेका थिए र रिक्शावालालाई इनामसमेत बक्सिस दिएका थिए ।
यसरी सुशासनको श्रीगणेश गर्न खोज्ने यस्ता धार्मिक प्रवृत्तिका राजालाई बहुदलवादीहरूले किन बिर्सिए भन्न गा¥हो छ । महेन्द्र अथवा ज्ञानेन्द्र २०४७ मा शासनमा भएको भए प्रजातन्त्र भिœयाउन यति सजिलो पक्कै हुने थिएन । अचम्म किसिमले वीरेन्द्र राजाको वंश सखाप पारिएको सबैलाई ज्ञातै छ । बहुदल आएपछि उनी संवैधानिक राजा बन्नुमा समेत उनको त्याग र बलिदान छ भनिन्छ ।