संसारको पहिलो कृत्रिम गर्भ सुविधाको अवधारणालाई लिएर एउटा ठूलो खुलासा भएको छ । एक्टोलाइफ नामक सुविधा हरेक वर्ष ३० हजार बच्चालाई उत्पादन गर्ने दाबी गरेको छ । यो सुविधाको लागि जानीबुझीकन प्रोडक्शनको शब्द प्रयोग गरिएको छ । यसबारेमा यमनी मोलिक्युलर बायोटेक्नोलोजिस्ट हसम अल–घाइलीद्वारा एउटा एनिमेशन भिडियो जारी गरिएको छ ।
इन्टरनेटमा यो भिडियो हेर्नेहरू हैरान छन् । भिडियो हेर्दा साइन्स फिक्शन चलचित्रजस्तो लाग्छ । सुपर इनोभेटर्सको रिपोर्ट अनुसार हाल यो सुविधा उपलब्ध छैन । तर भिडियोमा दाबी गरिएको छ कि यस सुविधाको उद्देश्य जनसङ्ख्यामा गिरावट भइरहेका देशहरूलाई मदत गर्नु हो । ८ः३९ मिनेटको एनिमेशन भिडियोमा दाबी गरिएको छ कि यो सुवधा पूर्णरूपले रिन्युबल एनर्जीबाट सञ्चालित हुनेछ । एक्टोलाइफ सुविधाको लागि प्रयोगशालामा ठूलो सङ्ख्यामा पोड्स वा कृत्रिम गर्भ हुनेछन् । यसभित्र बच्चाको पालनपोषण हुन्छ । भिडियोमा भ्वाइसओभरद्वारा भनिएको छ कि एक्टोलाइफले निस्सन्तान दम्पतीलाई एउटा बच्चा गर्भधारण गर्न र उनीहरूको बच्चालाई सच्चा मातापिता बन्ने अनुमति दिनेछ । साथै यो त्यस्ता महिलाको लागि समाधानको समान हो, जसको गर्भाशय क्यान्सर वा अन्य जटिलताको कारण शल्यक्रियाको माध्यमबाट हटाइएको छ । भिडियोमा भनिएको छ, यस सुविधामा ७५ वटा प्रयोगशाला छन् । यी प्रयोगशाला चार सय पोड्स कृत्रिम गर्भाशय उब्जाउन सक्षम छन् । भिडियोमा भनिएको छ, पोड्सलार्ई आमाको गर्भाशय र त्यसभित्र रहेको बच्चा अनुकूल बनाउन डिजाइन गरिएको छ । यसको साथै ग्रोथ पोड्समा सेन्सर पनि हुनेछ, जुन बच्चाको महत्वपूर्ण सङ्केत जस्तै मुटुको ढुकढुकी, रक्तचाप, सास फेर्ने दर र अक्सिजन सन्तृप्तिको निगरानी गर्नेछ । भिडियोमा दाबी गरिएको छ, यस्तो भ्रूणले कुनै पनि सम्भावित आनुवंशिक असामान्यताको निगरानी पनि गर्न सक्छ ।