शरीर स्वस्थ राख्नको लागि थुप्रै प्रकारका कसरत गर्न सकिन्छ । संसारका विज्ञहरूले हिंड्डुल गर्नुलाई सबैभन्दा राम्रो कसरत मान्छन् किनभने बच्चादेखि बूढो जोसुकैले हिंड्डुल गर्न सक्छ । तर सीधा हिंड्नुभन्दा उल्टो हिंड्नु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । यसबाट हाम्रो दिमाग र शरीरबीच राम्रो सन्तुलन बन्छ । प्रतिदिन २० देखि ३० मिनेट उल्टो हिंड्दा मिर्गौला, उच्च रक्तचाप र मधुमेहसम्बन्धी समस्याबाट आराम पाउन सकिन्छ ।

उल्टो हिंड्दा घुँडासम्बन्धी समस्या कम गर्न सकिन्छ । यसबाट घुँडा दुख्ने, तनाव र सुन्निनेजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । खुट्टामा चोट वा गठियाबाट पीडित व्यक्तिको लागि उल्टो हिंड्नु राम्रो उपाय मानिन्छ ।

पिठ्यूँका दुखाइ हुनेहरू उल्टो हिंड्दा यसले पिठ्यूँका मांसपेशीको राम्रFे कसरत गर्छ । यसको अलावा उल्टो हिंड्दा मेरुदण्डसम्बन्धी समस्या कम हुन्छ र कमर दुखाइमा आराम पुग्छ ।

मानसिक स्वास्थ्यको लागि उल्टो हिंड्दा निकै फाइदा पुग्छ । यसले मस्तिष्कको राम्रो कसरत गराउँछ । प्रतिदिन उल्टो हिंड्दा अवसाद र एंग्जाइटीजस्ता मानसिक रोगबाट पनि छुटकारा पाउन सकिन्छ ।

त्यस्तै, उल्टो हिंड्दा खुट्टाको पछाडिको मांसपेशीको राम्रो कसरत हुन्छ । यसबाट खुट्टा मजबूत हुन्छ । साधारण हिंड्डुल गर्दा खुट्टामा धेरै जोड पर्दैन ।

मस्तिष्क र शरीरबीच सन्तुलन बनाउन उल्टो हिंड्डुल गर्दा निकै फाइदा पुग्छ । सीधा हिंड्नुको साटो उल्टो हिंड्दा यसबाट हाम्रो दिमागको पूरै ध्यान शरीरको चलखेलप्रति हुन्छ । यसबाट शरीरको सन्तुलन र दिमागको एकाग्रता पनि बढ्छ ।

वजन कम गर्न चाहनेले उल्टो हिंड्नुपर्छ । उल्टो हिंड्दा शरीरको अगाडि र पछाडिको भागबीच सन्तुलन बनाउनुृपर्छ, जसले गर्दा शरीर टाइट हुन्छ र वजन चाँडै कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here