- कुमारबन्धु रुपाखेती
संसारभरि नै अहिले फूटबलको ज्वारभाटा चलिरहेको छ । फिफा वल्र्डकप फूटबल–२०२२ कतारमा शुरू भइसकेको छ । कतारले वल्र्डकप सफलतापूर्वक सञ्चालन गर्ला भनेर धेरैले आशङ्का प्रकट गरेका थिए तर अहिलेसम्मकै सबैभन्दा बढी खर्च अर्थात् दुई सय बिलियन डलरभन्दा बढी खर्च गरेर कतारले प्रतियोगिता गराई सबैलाई आश्चर्यमा पारेको छ । कतारको इतिहासमा पहिलोपटक खेल अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । सयकडौं मुलुकका फूटबलप्रेमीहरू फूटबलको धित मार्न कतार पुगिसकेका छन् । यसपछि सन् २०२६ मा फिफा वल्र्डकप संयुक्तरूपमा अमेरिका, मेक्सिको र क्यानडा गरी तीन देशमा हुनेछ । यी तीनवटा मुलुकहरू एकअर्कासँग सीमा जोडिएका असल छिमेकी मित्रराष्ट्र हुन् । अमेरिकाले सन् १९९४ समेत गरी दोस्रोपल्ट, मेक्सिकोले तेस्रोपल्ट र क्यानडाले पहिलोपल्ट यो प्रतियोगिता खेलाउने अवसर पाएका छन् । मेक्सिकोले एक्काइसवटा फिफा वल्र्डकपमा सो¥हपल्ट प्रवेश पाएर खेलेको छ । फूटबल संसारकै लोकप्रिय र सबै देशहरूमा खेलिने खेल हो । फूटबल प्रेमीहरूका लागि फिफा वल्र्डकप सबैभन्दा ठूलो खेल मानिन्छ । नेपालमा समेत खेलप्रेमीहरूले नयाँ–नयाँ टिभी खरीद गर्ने, समूहमा रातभर जाग्राम रहेर यो खेलको मजा लुट्छन् ।
हाम्रFे वीरगंजमा समेत कुनै बखत स्तरीय फूटबल खेल हुने गथ्र्यो । पञ्चायतकालमा वीरगंजको महेन्द्र गोल्डकप फूटबल प्रतियोगिता लोकप्रिय थियो । बहुदल आएपछि वीरगंजमा शहीद तेजबहादुर अमात्य गोल्डकप हुन थाल्यो । तीनताका भारत, भूटान र नेपालका चुनिन्दा क्लबहरू वीरगंज आउँथे । नारायणी अञ्चल मात्र नभई राजधानी काठमाडौंलगायत मोतीहारी, मुजफ्फरपुरबाट समेत फूटबलप्रेमी दर्शक खेल हेर्न वीरगंज आउँथे । फूटबलका अन्य सानातिना प्रतियोगितासमेत आयोजना हुन्थ्यो ।
अचेल वीरगंजमा फूटबल शान्त छ, कुनै स्तरीय प्रतियोगिता सञ्चालनमा छैन । यहाँको आदर्शनगर रङ्गशाला र नारायणी रङ्गशालामा अचेल स्याल कराउँछ । सुनसान र विरान बनेका छन् हाम्रा रङ्गशालाहरू । बरु वीरगंज छेउछाउका ग्रामीण भेगमा अचेल फूटबलको नशा चढेको देखिन्छ । सिमरा र ठोरी यसका उदाहरण बनेका छन् । वीरगंजका धनपति, उद्योगपति बस्ने महानगर भए तापनि यहाँ कसैलाई खेल अथवा फूटबलप्रति लगाव देखिंदैन । यहाँका फूटबलका पारखीहरू सिमरा गोल्डकप हेर्न सिमरा जान्छन् । युवा उद्योगपति अरविन्द अमात्य र रोशन श्रेष्ठहरूको एउटा सानो समूह वीरगंजमा फूटबल उत्थानका लागि सक्रिय छ भन्ने सुनिन्छ ।
अचेल वीरगंजमा साँझ–बिहान झोलामा बुट र फूटबल बोकेर मैदानतर्फ जाने युवा भेटिंदैनन् । वीरगंजमा रमेश गोर्खालीहरू खेलकूद र फूटबलबारे पोख्त जानकारी भएका हस्ती मानिन्छन् । देश, विदेशको मात्र होइन गोर्खालीलाई वीरगंजकै स्थानीय खेलाडी उत्तरबहादुर श्रेष्ठ, बिरमा, मथुरा, इस्लाम, रूपाल शम्शेर, सुवर्ण विक्रम शाह, लोकप्रकाश विक्रम शाहदेखि अनिल रूपाखेती र रितु शाक्यसमेतको खेलबारे जानकारी छ । गोर्खाली साहित्यकार पनि हुन् । अचेल त फूटबलको नाममा भेट्रान कप, जनप्रतिनिधि र कर्मचारी कप, मेयर कपजस्ता हास्यप्रद फूटबल प्रतियोगिता गरेर चित्त बुझाइन्छ । फूटबलभन्दा त यिनको भुँडी नै ठूलो हुन्छ । यस्तो प्रतियोगिता हेर्नु र सोनी टिभीमा कपिल शर्माको हास्यप्रद प्रFेग्राम हेर्नु उस्तैउस्तै हो । नेपाली फूटबलमा गणेश थापा लोकप्रिय नाम थियो ।
नेपालका झन्डै ४५ पहाडी जिल्लाहरूमा समतल भूमिको अभावले फूटबल मैदान नै छैन । वीरगंजमा भने हामीसँग स्तरीय अनि तयार रङ्गशाला हुँदाहुँदै पनि फूटबलप्रति उस्तो चाहना छैन । खेलकूदले युवाहरूमा रचनात्मक ऊर्जा दिने, शारीरिक तन्दुरुस्ती हुने, कुलतबाट जोगाउने भए तापनि नेपालकै चर्चित यो महानगरबाट फूटबल लोप हुँदै जानु चिन्ताको विषय हो । पालिकाहरूले जथाभावी ठेलमठेल कर्मचारी भर्ना गर्नुभन्दा बरु फूटबल खेलाडी भर्ना गर्ने, पालिकाको टीम बनाउने हो भने धेरैले यो कामको सराहना गर्ने थिए । कुनै बखत वीरगंजमा पञ्चम क्लब, श्रीपुर ११, नारायणी स्पोट्र्स क्लब, युवा स्पोट्र्स क्लब, बिर्ता स्पोट्र्स क्लबहरूले वीरगंज बाहिरसमेत गएर स्तरीय फूटबल प्रतियोगितामा विजयी भएर आउँथे । संरक्ष्Fणको अभावमा यी क्लबहरू सुक्दै गए । पञ्चायतकालमा बरु शरदचन्द्र शाहले ‘विकास, अनुशासन, गतिशीलता’ भन्दै खेलकूद र खासगरी फूटबललाई शीर्षमा पु¥याएका थिए । फूटबललाई हामी भकुन्डो भन्छौं ।