समुद्रको गहिराइमा थुप्रै रहस्य लुकेका छन् । आज पनि अनुसन्धानकर्ताहरूले समुद्रबाट नयाँ–नयाँ रहस्योद्घाटन गर्दै आइरहेका छन् । वैज्ञानिकहरूले कछुवाको एउटा अवशेष भेटाएका छन्, जसको आकार कार जत्रो छ । युरोपमा भेटिएको कछुवाको यो अवशेष ८.३ करोड वर्ष पहिलेको हो । अवशेषबाट वैज्ञानिकले अनुमान लगाएका छन्, यो कछुवा कार जत्तिकै ठूलो हुन सक्छ । यसको लम्बाइ करीब ३.७ मिटर छ । वैज्ञानिकले यस कछुवाको नाम लेविथानोचेलिस राखेका छन् ।
यो कछुवा युरोपमा पाइने अहिलेसम्मकै सबैभन्दा ठूलो बताइँदै छ । यसको उमेरलाई लिएर वैज्ञानिकले भनेका छन्, यो कछुवा डायनासोरको अन्त्यको समयको हुन सक्छ अर्थात् क्रेटासियस टाइम । आफ्नो समयमा यो कछुवा समुद्रमा खुलेआम घुम्थ्यो । यस कछुवाको शिकार त्यति बेला सार्क र मौसोरले मात्र गर्न सक्दथ्यो । यस कछुवाको पिठ्यूँ करीब दुई मिटर लामो थियो ।
यसभन्दा पहिले आर्चेलोन नामक कछुवाको अवशेष भेटिएको थियो, जसको लम्बाइ ४.६ मिटर थियो र यो करीब सात करोड वर्ष पहिले धर्तीमा मौजुद थियो ।