फिफा वल्र्ड कप–२०२२ मा कैमलफ्लू (मर्स)को खतरा मडारिइरहेको छ । यो कुराको जानकारी विश्व स्वास्थ्य सङ्गठनद्वारा समर्थित विशेषज्ञहरूले दिएका हुन् । सो ठाउँमा कोरोना भाइरस, मङ्कीपक्स र कैमलफ्लूजस्ता कैयौं सङ्क्रमणलाई आकर्षित हुन सक्छ । जर्नल न्यू माइक्रोब्स एन्ड न्यू इन्फेक्शनमा प्रकाशित अध्ययन अनुसार कतारमा फिफा विश्वकप हेर्नको लागि संसारभरिबाट फूटबल प्रशंसकहरू आइरहेका छन् । त्यहाँ बढेको भीडले सङ्क्रामक बिमारीको जोखिम उत्पन्न गर्न सक्छ ।
कतारको यात्रा गर्ने विश्वकप प्रशंसकहरूलाई उँटलाई नछुन सल्लाह दिइएको छ । युकेस्थित विज्ञान वेबसाइट आइएफएल साइन्समा प्रकाशित लेख अनुसार मर्सलाई पहिलोपटक सन् २०१२ मा साउदी अरबमा रिपोर्ट गरिएको थियो । मर्सका रोगी अहिलेसम्म संसारका २७ वटा देशमा देखिएको छ, यसबाट हालसम्म २६ सयजनाको मृत्यु भइसकेको छ ।
जबकि अधिकांश मर्स सङ्क्रमणलाई एसिम्पटोमेटिक भनिन्छ । ज्वरो, सास फेर्न समस्या र खोकीजस्ता यसका लक्षण हुन्छन् ।