अस्ट्रेलियाको सिडनीमा निकै लोकप्रिय बोन्डी बिचमा शनिवार करीब २५ सय व्यक्ति नाङ्गै जम्मा भएका थिए । यी सबै नाङ्गिनुको कारण छाला क्यान्सरबारे जागरूकता बढाउनको लागि डिजाइन गरिएको कलाकृतिको लागि आएका थिए ।
यो अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकको नवीनतम परियोजना हो, जसको उद्देश्य अस्ट्रेलियाका नागरिकहरूलाई नियमितरूपले छाला जाँच गराउन प्रोत्साहित गर्नु हो । पहिलोपटक समुद्र तटमा सार्वजनिक नग्नताको अनुमति दिनको लागि कानूनमा बदलाव गरिएको छ । वल्र्ड क्यान्सर रिसर्च फन्डको भनाइ अनुसार अस्ट्रेलिया छाला क्यान्सरबाट सबैभन्दा नराम्ररी प्रभावित देश हो । सरकारको अनुमान छ, यस वर्ष अस्ट्रेलियामा छाला क्यान्सरको १७ हजार ७५६ नयाँ मामिलाको निदान गरिनेछ र १२८१ अस्ट्रेलियाका नागरिकको मृत्यु हुनेछ ।