समाजको वर्जना र सदिऔं पुरानो परम्परालाई तोड्दै आश्रममा बस्ने ठूलो सङ्ख्यामा रहेका विधुवा महिलाहरूले पवित्र शहर वृन्दावनको यमुना नदीको तटमा दीपावली उत्सवमा सहभागी भएका छन् ।
सदिऔं पुरानो हिन्दू समाजमा विधुवालाई अशुभ मानिन्थ्यो र उनीहरूलाई कुनै पनि शुभ अनुष्ठानमा भाग लिने अनुमति थिएन । केही वर्ष पहिलेसम्म वाराणसी र वृन्दावनमा बस्ने विधवाहरू होली र दीपावली महोत्सवमा भाग लिनबाट वञ्चित हुँदै आएका थिए ।
विभिन्न आश्रय गृहमा बस्ने ठूलो सङ्ख्यामा रहेका विधुवाहरूले ऐतिहासिक केसी घाटमा जम्मा भएर रङ्गबिरङ्गी दियो बाले र धूमधामका साथ प्रकाश पर्व मनाए । विधुवाहरूले घाट सजाए र सयौं माटोको दियो बाले । उनीहरूले कृष्ण भजन गाए र अन्य भक्तहरूको उपस्थितिमा नृत्य पनि गरे ।
यो कार्यक्रम सुलभ इन्टरनेशनलद्वारा सुप्रसिद्ध समाज सुधारक डा विन्देश्वर पाठकको मार्गदर्शनमा आयोजित गरिएको थियो । खुशीको एउटा किरण ल्याउन र विधवापनको परम्परासँग लड्ने उद्देश्यले पाठकले यस अनौठो विचारको साथ उत्सव आयोजना गरेका थिए ।
पाठकले भने– मलाई खुशी छ, हाम्रो पहलले समाजलाई प्रभावित गरेको छ । यस्तो नराम्रFे परम्परा गायब भइरहेको छ । विधवा गौरवानी दास भन्छिन्, क्रान्तिकारी पहलहरूको शृङ्खलाबाट प्रेरित भएर विधुवाहरू अब खुशी छन् र वृन्दावनको आनन्द लिइरहेका छन् ।
उनीहरूको सङ्गठनले सन् २०१२ देखि वृन्दावन र वाराणसीका विभिन्न आश्रममा बस्ने सयकडौं विधुवाहरूको हेरचाह गर्दै आइरहेको छ । यो संस्था समयसमयमा अन्य समारोह आयोजन गरेर एकल महिलाको जीवनमा खुशियाली ल्याउन अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ । सुलभले नियमितरूपले उनीहरूको दैनिक आवश्यकता पूरा गर्नुका अलावा चिकित्सा सुविधा र व्यावसायिक प्रशिक्ष्Fण प्रदान गर्छ, ताकि उनीहरू गोधूलि वर्षको दौरान आफूलाई एक्लो महसूस गरून् ।