अमेरिकाको स्टैनफोर्ड विश्वविद्यालयका वैज्ञानिकले केही नवजात मुसामा मान्छेको ब्रेन सेल्स (दिमागको कोशिका) ट्रान्सप्लान्ट गरेका छन् । यसको उद्देश्य सिजोफ्रेनिया र अटिज्मजस्ता गम्भीर मानसिक विकार बुझ्नु र त्यसको उपचार खोज्नु हो ।
अहिलेसम्म अनुसन्धानकर्ताले यी विकारको जटिलता सही तरीकाले बुझ्न सकेका छैनन् । किनभने जनावरले यसलाई अलग प्रकारले अनुभव गर्छन् र मान्छेमाथि अनुसन्धान गर्न निकै कठिन हुन्छ ।
नेचर जर्नलमा प्रकाशित यस अनुसन्धान अनुसार मुसामा इम्प्लान्ट भएपछि यो ब्रेन सेल्स विकसित भएको छ । मुसाको दिमागमा यसको न्युरो सर्किट पनि विकसित भएको छ । यस सर्किटको मदतबाट जीवले जानकारी प्रोसेस गर्छ, हलचल गर्छ, सिक्छ र केही वस्तु याद गर्छ । वैज्ञानिकलाई आशा छ कि अनुसन्धानबाट उनीहरूले कसरी ब्रेन सेल्सको सम्पर्क, प्रतिक्रिया र आकारको कारण मान्छेको मानसिक रोग उत्पन्न हुन्छ भन्ने बुझ्नेछन् ।
वैज्ञानिकका अनुसार यस अनुसन्धानको आफ्नै सीमा छ । मुसामा विकसित भएको न्यूरल सर्किट हाइब्रिड हो । यसको मतलब मुसाको दिमागमा मान्छे र मुसा दुवैको सेल्स छ । यसैले यसमाथि जस्तोसुकै अनुसन्धान हुन्छ, त्यसबाट पूर्ण रूपले मान्छेको समस्याको आकलन गर्न सकिंदैन । मुसाको दिमाग एउटा मान्छेको दिमागलाई पूर्णरूपले कपी गर्न सक्दैन ।
अनुसन्धानलाई लिएर नैतिक बहस पनि जारी छ । केही व्यक्तिका अनुसार यो मुसाप्रति निर्दयता हो । उनीहरूको दिमागमा यस प्रकारको बदलाव गरिंदैछ कि पछि गएर शायद उनीहरूलाई समस्या पर्छ अथवा उनीहरूप्रति अन्याय हुन्छ । मान्छेको दिमागको कोशिका मुसाको दिमागमा ट्रान्सप्लान्ट गर्नाले उनीहरूको सोचविचार गर्ने क्षमतामाथि प्रभाव पर्न सक्छ । यद्यपि अनुसन्धानमा सहभागी शोधकर्ताले प्रयोगको क्रममा मुसाको स्मरणमा कुनै असर नदेखिएको बताएका छन् । साथै उनीहरूमा घात वा एंग्जाइटीजस्तो कुनै समस्या देखिएको थिएन ।