• – कुमार रुपाखेती

मुख्यमन्त्री र पिंजडाको सुगा

नेपालको नयाँ संवैधानिक व्यवस्था अनुसार २०४४ सालको आम निर्वाचनपछि सातवटै प्रदेशमा मुख्यमन्त्रीहरूको नेतृत्वमा प्रदेश सरकारहरूले काम थालेका छन् । प्रदेशमा बहुमत हासिल गर्ने दलले मुख्यमन्त्री पाउने व्यवस्था संविधानमा छ । तर भनिन्छ मुख्यमन्त्रीहरूले पार्टी प्रमुख (अध्यक्ष) हरूको निकै ठूलो तनाव र दबाब झेल्नुपर्छ । दान दक्षिणा रेगुलर दिनुपर्ने, अध्यक्षलाई सदैव रिझाउनुपर्ने, अध्यक्षले आदेश गरेको विधायकलाई मात्र मन्त्री बनाउनुपर्ने, आयोग र महŒवपूर्ण नियुक्तिमा समेत अध्यक्षले भनेको मान्छेलाई नियुक्ति दिनुपर्ने, पार्टी महाधिवेशन र निर्वाचनमा दुहुनो गाई बन्नुपर्ने, पार्टी अध्यक्षको एकलौटी र मोनोपोली कार्यको साक्षी बस्नुपर्ने, अर्थात् पार्टी अध्यक्षको मनचाहा र अनचाहा कार्यमा रमिते बन्नुपर्ने, सङ्क्ष्Fेपमा भन्ने हो भने कतिपय प्रदेशमा मुख्यमन्त्रीले कठपुतलीको भूमिका निर्वाह गर्नुपर्ने बाध्यता छ । टुहुरो मुख्यमन्त्रीको ‘किस्सा कुर्सीका’ यही समाप्त हुँदैन । सर्वेसर्वा पार्टी अध्यक्ष र तिनका अठपहरियाहरूले बेला–कुबेला मुख्यमन्त्री पदबाट बर्खास्त गर्ने हौवा पैmलाएरसमेत आफ्नो अभीष्ट पूरा गर्दछन् । त्यस्तै प्रदेश सरकारका ठूला र महŒवपूर्ण निर्णय र ठेक्कापट्टामा समेत पार्टी अध्यक्षको गिद्धेदृष्टि परिरहेको देख्दा, बिचरा मुख्यमन्त्रीहरूको अवस्था र हविगत पिंजडाको सुगासरह देखिन्छ । बबुरो सुगा र बिचरा मुख्यमन्त्री । बिचराहरूले कहिले आफ्नो स्वविवेक प्रयोग गर्ने ?

अमेरिकामा धर्म निरपेक्षताः

क्रिश्चियन र क्राइस्टलाई मान्नेहरूको बाहुल्य भएको मुलुक हो अमेरिका । तर यहाँ धर्म निरपेक्षतालाई प्राथमिकतामा राखिएको प्रशस्त उदाहरण देखिन्छ । यहाँका मुस्लिमबहुल प्रदेशमा ईदको दिन मुस्लिम समुदायलाई बिदा दिइन्छ । भर्जिनिया राज्यमा हिन्दू धर्मावलम्बी बढी भएकाले तिनको निवेदन अनुसार भर्जिनिया सरकारले लक्ष्मीपूजा (दीपावली)का दिन उनीहरूलाई केही वर्ष अघिदेखि सार्वजनिक बिदा दिन थालेको छ । मेरिल्यान्डका नेपालीहरूले बडा दशैं (टीका)का दिन सार्वजनिक बिदाको अर्जी दिएका छन्, जुन विचाराधीन छ ।

भर्जिनिया, पेन्सिलभेनिया र मेरिल्यान्ड स्टेटहरूमा थुप्रै हिन्दूवादी मठ–मन्दिर पाइन्छ । यहाँ सबैभन्दा बढी चर्च छ तर मस्जिद र मन्दिरहरूको सङ्ख्या पनि बढ्दो छ । हामीहरूले यहाँ शिवपार्वतीको मन्दिर, अक्षरधाम, राजधानी मन्दिर र विभिन्न देवीदेवताको मन्दिर देख्यौं, घुम्यौं । अमेरिकाका प्रशस्त स्थानमा शिवलिङ्ग र बुद्धका स्तूपहरू भेटिन्छन् । यहाँ अमेरिकनहरू समेत हरे रामा हरे कृष्णा समूह गठन गरेर हिंडेको देखिन्छ । यहाँको साई मन्दिरमा भारतीयहरूको भीड खचाखच हुन्छ । यहाँ पोटोम्याक भन्ने विशाल नदीले वाशिंगटन डिसी, भर्जिनिया र मेरिल्यान्ड स्टेटलाई छुट्याउँछ । यही विशाल पोटोम्याक नदीको एउटा कुनामा हिन्दू धर्मावलम्बीहरूले छठ पर्व मनाउन र पूजा गर्न पाउँछन् । छठको सझियाघाट र सबहेरियाघाटका दिन यहाँ थोरै नेपाली र धेरै भारतीयको भीड रहन्छ । भर्जिनियामा दीपावलीमा पटाकासमेत पड्काउन पाइन्छ । यहाँको नियम अनुसार राति ९ बजेपछि पटाका पड्काउन बन्देज छ । पसलमा पटाका खरीद गर्नेले आफ्नो डिटेल (वासलात, नाम र पटाका पड्काउने क्षेत्र) टिपाउनुपर्छ । त्यस्तै अमेरिकाजस्तो विशाल मुलुकमा सार्वजनिक स्थान, बसपार्क, रेलवे स्टेशन, मेट्रो स्टेशन, बिचहरूमा प्रशस्त मात्रामा निश्शुल्क सार्वजनिक शौचालय भेटिन्छन्, यस्ता निश्शुल्क शौचालयहरू निकै सफा हुन्छन् । वीरगंजको घण्टाघरमा त नाइट बसबाट वीरगंज आउने यात्रीले सशुल्क र गन्हाउने, फोहर सार्वजनिक शौचालय पाउँछन् र पैसा नतिरुन्जेल जतिसुकै जोडले च्यापे पनि नर्करूपी त्यो शौचालय प्रयोग गर्न पाउँदैनन् ।

पर्सा र निर्वाचनः

आम निर्वाचनले पर्सा जिल्लालाई गाँजिसकेको छ । पर्सामा जसपा र काङ्ग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिन्छ, किनभने पर्साका कतिपय क्षेत्रमा यिनको गठबन्धन भत्किने देखिन्छ । गठबन्धनको झगडाबाट फाइदा लिन पर्सा एमाले सक्रिय देखिन्छ । जसपाबाट टिकट पाउनेहरूको करीब करीब टुङ्गो लागिसकेको देखिन्छ । सालनालसहित एमाले बनेका शिशु कमरेडहरूमा टिकट पाउन तँछाड–मछाड देखिन्छ ।

काङ्ग्रेसमा सदाबहार घात–अन्तर्घात सक्रिय देखिन्छ । उता टिकट पाउने लोभमा एमालेमा नवप्रवेशी, शिशु कामरेडहरूको तीव्र प्रतिस्पर्धा देखिन्छ । नेकपा एसमा पर्साका चिरञ्जीवी आचार्य, बालगोपाल थापाजस्ता पाका नेताहरू भए पनि यो पार्टी चुनावी रेसमा कमजोर देखिन्छ । यहाँ लोसपा र राप्रपा अति कमजोर प्रतीत हुन्छ भने लाउडस्पिकरवाला जनमत पार्टीको अवस्था झनै डामाडोल छ । खाँटी मधेसवादीको हुँकार लगाउने भाग्यनाथ गुप्ताको भाग्य झनै पछाडि परेको महसूस हुन्छ भने यहाँ पर्सामा छिटपुट स्वतन्त्रहरू समेत जोरआजमाइसमा देखिन्छन् । दल अदलबदल गर्नेहरू स्याल हुइँøया गर्दै समूहमा यताउता चहारिरहेका देखिन्छन् । लोसपाकी चर्चित स्थानीय नेतृत्व रम्भा मिश्र काङ्ग्रेसमा मिसिन पुगिन् । निकै तामझाम र पार्टी प्रवेशमा ओली आपैंm उपस्थित हुँदासमेत स्थानीय निर्वाचनमा आफ्नो थुप्रै क्ष्Fेत्र गुमाएको एमाले यसपालि समेत त्यस्तै तामझाममा व्यस्त छ भने पर्सेली काङ्ग्रेस शान्त देखिन्छ । जसपा भने पर्सामा गठबन्धन हुने र सफल पनि हुनेमा ढुक्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here