फूलले घर–बगैंचामा थप सुन्दरता थप्छ । कृष्णकमल फूल संसारको सुन्दर फूलमध्ये एउटा हो । यसलाई पैशन फ्लावर पनि भनिन्छ र यसको सम्बन्ध महाभारतसँग रहेको बताइन्छ । यस फूलमा लगभग सयवटा पंखुडी हुन्छन्, जसले कौरवलाई सन्दर्भित गर्छ । बीचमा पाँचवटा पहेंलो पंखुडीले पाण्डवलाई इङ्गित गर्छ । केन्द्रमा हरियो रङ्गको टुसा रानी द्रौपदीको प्रतीक हो । फूलको माथितर्फ रहेको तीनवटा कलिले ब्रह्मा, विष्णु र शिवको प्रतीक मानिएको छ । केन्द्रमा कृष्णको सुदर्शन चक्र छ । यो फूल सेतो, नीलो, कलेजी रङ्गमा फुल्छ । यो फूल मेदेखि जुलाईसम्म फुल्छ भने बोट वर्षभरि रहन्छ ।
औषधीय गुणः यो फूलको खेती अमेरिकीहरूले गरेका थिए । त्यसपछि यो युरोप पुग्यो । अब यो बोट भारत, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका आदि देशमा प्रयोग गरिन्छ । यस बिरुवामा सक्रिय घटक जस्तै एल्कलाइड, फ्लेवोनोइड्स र अन्य सम्बन्धित कम्पाउन्ड पाइन्छन् र त्यसैले औषधीय प्रयोजनको लागि यसको पूरै बोट उपयोग गरिन्छ । कसैकसैले यस बोटलाई सुकाएर पनि प्रयोग गर्छन् । यस हर्बलाई न्युरोलोजिक समस्या समाधानको लागि प्रभावकारी मानिन्छ र यसले अन्य स्वास्थ्यलाभ पनि प्रदान गर्छ ।
शोध अनुसार यो फूल दुव्र्यसन रोक्न वा त्यसको उपचार गर्न प्रयोग गरिन्छ । कोकिन, हेरोइन वा अफिम छाडेपछि मान्छेको शरीरमा हुने केमिकल रियाक्सन रोक्न यसले मदत गर्छ । अस्थमा अटैकको उपचारमा प्रयोग गरिन्छ । छारेरोगको गम्भीरतालाई कम गर्छ । अवसादलाई कम गर्छ । मधुमेहपीडित व्यक्तिको रक्त शर्कराको स्तरलाई नियन्त्रित गर्छ । रोगीलाई आराम दिनको लागि शल्यक्रिया प्रक्रियाभन्दा तीस मिनेट पहिले दिइन्छ ।
यस फूलको चियाले टाउको दुख्ने, माइग्रेनजस्ता समस्या हटाउँछ । सुन्निएको कम गर्छ, रेस्टलेस लेग सिन्ड्रोममा फाइदा पु¥याउँछ । इरिटेबल बाउल सिन्ड्रोमको उपचारमा मदत गर्छ । यस फूलले हाम्रFे व्यवहार सही बनाउँछ ।
बजारमा यो विभिन्न खुराकमा उपलब्ध छ जस्तै तरल, चक्की, सुक्खा धूलो आदिमा । चिन्ता, मानसिक तनाव, बेचैनी, थकान वा चिडचिडापनको लागि यसको सही मात्रामा सेवन गर्नुपर्छ ।