- कुमार रुपाखेती
अमर–अकबर– एन्थोनी
कुनै जमानामा अमर अकबर एन्थोनी भन्ने प्रख्यात हिन्दी सिनेमा थियो । अहिले पर्सा जिल्लामा प्रदीप यादव, लालबाबू गद्दी र राजेशमान सिंहलार्य अमर– अकबर–एन्थोनी भन्न थालिएको छ । अमर, अकबर, एन्थोनी फिल्ममा– ‘होनीको अनहोनी कर दे, अनहोनीको होनी, एक जगह जब जमा हो तीनों अमर अकबर एन्थोनी’ भन्ने गीत थियो । पर्सेली राजनीतिका यी अमर, अकबर, एन्थोनीमध्ये प्रदीप यादव सङ्घीय सरकारको वनमन्त्री, लालबाबू मधेस प्रदेशका मुख्यमन्त्री र राजेशमान वीरगंज महानगरका मेयर छन् । यिनीहरू एक भएमा मधेस प्रदेश र पर्सा जिल्लाको उल्लेखनीय उत्थान हुनेमा कुनै दुईमत छैन । अचेल त्यसै पनि युवाहरूले नै क्यै गर्न सक्छन् भन्ने लहर नै चलेको छ ।
आआफ्नो गच्छे अनुसार यी तीनैजनाले जनपक्षीय काममा आफ्नो संलग्नता प्रदर्शन पनि गर्दै आएका छन् । तर ‘नयकी घोडी चाल देखाए’ हिसाब किताबले नभई तन, मन र धनले मधेस प्रदेश र पर्साका लागि यिनले केही न केही गर्छन् भन्ने जनभावनामा तुषारापात नहोस् । अन्यथा जिसका बडा भाई हो शराबी तो छोटा पिए तो क्या है खराबी भन्न नपरोस् ।
अमेरिकाको मेरिल्यान्डको आकर्षक गाईजात्रा
अमेरिकाको मेरिल्यान्ड राज्यको विटन रिजनल पार्कमा भव्य गाईजात्रा मनाइँदो रहेछ । मेरिल्यान्ड अमेरिकाको ठूलो र पुरानो राज्य (स्टेट) हो । १३ अगस्तमा विटन पार्कमा मनाइने गाईजात्रामा हामी पनि भर्जिनिया राज्यबाट चालीस माइल टाढा रहेको उक्त स्थानमा पुगी गाईजात्रामा सहभागी भयौं । तर अचम्म उक्त गाईजात्रामा मैले माईस्थान रामटोलका शङ्कर श्रेष्ठ, कुम्हाल टोलकी नर्वदा श्रेष्ठ, स्व. पशुपति महाजुकी छोरी तथा मनोज श्रेष्ठकी पत्नी पूनम श्रेष्ठ महाजु, बिर्ताकी रञ्जु श्रेष्ठहरूलाई भेट्दा नेपालमैं गाईजात्रा मनाएको अनुभूति भयो । मेरिल्यान्डको विटन रिजनल पार्कमा गाईजात्रा मनाउन करीब पाँच सय नेपालीको जमघट देख्दा त्यहाँ मैले मिनी नेपालकै अनुभव गरे । नेपाल पासा पुचः अमेरिकाय भन्ने संस्थाले त्यहाँ गाईजात्रा महोत्सवको आयोजना गर्दो रहेछ । नेपाल पासा पुचः अमेरिका वि.सं. २०४८ (सन् १९९१) मा मेरिल्यान्डमा गठन भएको एक नेपालभाषी संस्था हो जसले गाईजात्रा, इन्द्रजात्रा, बेलविवाह आदि नेवारी पर्व बर्सेनि मनाउँदो रहेछ । सापारू गाईजात्रामा जोजोलोपा भन्नेहरू त्यहाँ थुप्रै थिए । नेवारी भाषामा लसकुस अर्थात् स्वागतम् लेखिएका थुप्रै तुल टाँगिएका थिए । नेवाः तजिलजि संरक्षणया न्हयलुवा अर्थात् नेवारी संस्कृतिको संरक्षण गरौं भन्ने तुल, ब्यानर पनि पार्कमा देखिए । मेरिल्यान्डको यो गाईजात्रा महोत्सवमा अमेरिकाका अन्य राज्यका नेपालीसमेत सहभागी थिए । रमाइलो मानेर हे¥यौं ।
भाजपा जाने स्वदेश र विदेशमा कट्टर हिन्दूवादी र भगवाधारीको आरोप लागेपछि भाजपाले दिल्लीमा भाजपा के हो भनी जानकारी दिन जोडतोडले कार्यक्रम चलायो । भाजपा अध्यक्ष जेपी नड्डाले नेपालबाट प्रचण्डलाई निम्तो गरे । प्रचण्ड तामझामका साथ पुगे तर मोदीले भेट नदिंदा खिस्रिक्क परे । बिचरा प्रचण्ड त भाजपा जान्न होइन, प्रधानमन्त्रीको कुर्सी माग्न पुगेका थिए तर त्यस अघि नै चारैतिर चहारिसकेकी आरजु राणा आफू प्रधानमन्त्री र ¥याले पति देउवा राष्ट्रपति बन्ने आशीर्वाद लिन त्यहाँ विराजमान थिइन् । बिचरा प्रचण्ड !