वर्षात्को मौसममा घरमा कीरा, कमिला देखिन्छन् । भान्सामा यदि कीरा अथवा कमिला देखियो भने निकै समस्या हुन्छ । प्रायः वर्षाको समयमा चामल, पीठो, बेसन, सुजीजस्ता खाद्यान्नमा सेतो र कालो कीरा लाग्दा फाल्नुपर्ने हुन्छ । यद्यपि केही तरीका छन्, जसबाट कीरा हटाउन सकिन्छ ।

सुजीः यदि सुजीमा कीरा परेको छ भने ल्वाङ राख्नुपर्छ । यसले कीरा, कमिला भाग्छ । त्यसैगरी, दालचिनी र सुकुमेल पनि राख्दा कीरा भाग्छ ।

चामलः चामलमा धेरैजसो घुनलगायत कीरा लाग्छ । तसर्थ चामल राख्ने स्थानमा तेजपत्ता राख्दा कीरा भाग्छ । साथै ठूलो सुकुमेल पनि राख्न सकिन्छ । तेजपत्ता र सुकुमेल राख्दा चामलको सुगन्ध हराउन सक्छ तसर्थ यसलाई चामलमा राख्ने बेला सुतीको कपडामा बेरेर राख्नुपर्छ । यसको अलावा बजारमा चामलबाट कीरा भगाउने औषधि पनि पाइन्छ । यो औषधि सुतीको कपडामा बेरेर राख्नुपर्छ किनभने यस्ता औषधि नशालु हुन्छन् । चामललाई राम्ररी पानीमा धोएर प्रयोग गर्नुपर्छ ।

बेसन, पीठोः बेसन र पीठोबाट कीरा भगाउन तेजपत्ता निकै उपयोगी हुन्छ । सुतीको कपडामा थोरै ल्वाङ र मरीच बाँधेर राख्दा पनि कीरा भाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here