जग्गा–जमीनको लागि रक्तपातको घटना भएको समाचार सुन्दै आएका थियौं तर एकजना आमाले आफ्नो जग्गा बचाउन दूधेबालिकालाई ट्याक्टरको चक्कामुनि राखेकी थिइन् । खेतको खनजोत रोक्नको लागि ती महिलाले दूधेबालिकालाई ट्याक्टरको अगाडिको चक्कामा फालेकी हुन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कोतवाली प्रहरीले घटनाको अनुसन्धान गर्दैछ ।

भारत, उत्तरप्रदेशको गोन्डास्थित कोतवाली अन्तर्गत लालेमउ गाउँमा यो घटना भएको थियो । स्थानीय दानबहादुर सिंहले कोतवालीमा उपस्थित भएर बयान दिएका छन्– हामी चार भाइ छौं, सबैले बराबरको भागबन्डा पाएका थियौं । सबैले आआफ्नो भाग भोगचलन गर्दै आएका छन् । म आफ्नो खेतमा जोताइको लागि ट्याक्टर लिएर पुगें, त्यति बेला मेरो भाइकी पत्नी दूधेबालिकालाई लिएर पुगिन् र ट्याक्टर अगाडि बच्चालाई फालेर खेत खनजोतमा विरोध गरिन् ।

सिंहले भने, यसभन्दा पहिले पञ्चायतमा चार भाइको भागबन्डा भएको थियो । तर पनि मेरो भाइले खेत जोताइ कार्यमा आफ्नी पत्नीबाट अवरोध उत्पन्न गराइरहेका छन् । कोतवाल सुधीरकुमार सिंहले घटना साम्य पार्ने प्रयास गरिरहेका छन् । घटना सामाजिक सञ्जालमा भाइरल भएपछि अर्को चर्को आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here