जिन्दगीमा परिवार र साथी निकै जरुरी हुन्छ । यस्ता साथी जसले तपाईंको मानसिक स्वास्थ्यलाई पनि फाइदा दिन्छ । यसको कारण थुप्रै गम्भीर रोगबाट पनि बच्न सकिन्छ । जिन्दगीको दुःख, सुखमा परिवार र साथी सदैव उभिएका हुन्छन् ।
हालै गरिएको अध्ययन अनुसार जसले राम्रो मित्र बनाउँछ, उसको शारीरिक स्वास्थ्य पनि राम्रFे रहन्छ र गम्भीर रोग जस्तै क्यान्सर र मुटुरोग हुने खतरा पनि कम हुन्छ । मेडिकल न्यूज टुडेको रिपोर्ट अनुसार राम्रो सामाजिक सम्बन्ध बनाउन सफल व्यक्तिहरू स्वस्थ जीवन जिउँछन् । हालै गरिएको अध्ययनमा भनिएको छ, जसको राम्रो मित्र हुन्छ, उसको कार्डियोभैस्कुलर डिजिज, उच्च रक्तचाप, क्यान्सर र कमजोर इम्युन सिस्टमजस्ता रोगको खतरा पनि कम हुन्छ । तर यसको विपरीत जो समाज र मित्रदेखि टाढा हुन्छन्, उनीहरू निकै दुःखी रहन्छन् र रोगको खतरा पनि बढ्छ ।
सन् २०१४ मा गरिएको अध्ययन अनुसार जसको प्रगाढ मित्र हुन्छन्, उनीहरूको मानसिक स्वास्थ्य मजबूत हुन्छ । किनभने यस्ता व्यक्ति एक्लोपन, डिप्रेशन, पर्सनालिटी डिसअर्डर, अल्कोहलको लत, निद्राको समस्या र अन्य थुप्रै समस्यादेखि जोगिन्छन् । उनीहरू राम्रो जिन्दगी बिताउन सक्छन् । असल मित्रले हामीलाई उन्नतितर्फ पनि उत्साहित गर्छ ।