नसामा रक्तसञ्चार प्रभावित भएपछि नसा दाबिन्छ । नसा दाबिनुको मुख्य कारण नसामाथि कुनै कारणको दबाब अथवा रगत जम्नु पनि हुन सक्छ । यसको अलावा अन्य थुप्रै कारण हुन सक्छन् । आयुर्वेदमा थिचिएको नसा खोल्ने उपचार बताइएको छ ।

थिचिएको नसा खोल्न मेथीको प्रयोग गर्न सकिन्छ । यसको लागि मेथीलाई रातभरि पानीमा भिजाएर राख्ने, बिहान पानीबाट निकालेर पिसेर लेप बनाएर प्रभावित ठाउँमा लगाएर दुई/तीन घण्टा सुतीको कपडाले बाँधेर राख्ने ।

त्यसैगरी, थिचिएको नसा खोल्न पारिजातको पात पनि निकै फाइदाजनक हुन्छ । पारिजातको पातलाई पानीमा उमाल्ने । जब पानी मनतातो हुन्छ, यसलाई कपडामा छोपेर प्रभावित स्थानमा सेक्नुपर्छ । यसको अलावा यसको काढा सेवन गर्दा पनि थिचिएको नसा खुल्छ ।

अर्को उपाय भनेको पानको पातलाई हलुका गर्म गर्ने । यसमा थोरै चुना लगाएर प्रभावित भागमा पट्टिसरह बाँध्ने । केही समयपछि यसलाई खोल्ने थिचिएको नसाबाट हुने दुखाइबाट आराम हुन्छ । दाबिएको नसा खोल्न बिरे नूनले पनि निकै मदत गर्छ । त्यसैगरी, चुकन्दरको जुस सेवन गर्दा पनि थिचिएको नसा खुल्छ । शरीरमा सही रक्तसञ्चार नभएपछि नसामा दबाब आउन सक्छ । चुकन्दरको जुसले रक्तसञ्चार राम्रFे गर्छ । समस्या धेरै नै बढेको छ भने कुनै राम्रो चिकित्सकसँग देखाउनुपर्छ ।

भिटामिन बी १२ को कमीले नर्भस सिस्टमलाई प्रभावित गर्छ

भिटामिन बी १२ मुख्यतया शरीरको तन्त्रिकाको लागि आवश्यक हुन्छ । यसले नर्भस, ब्लड सेल्स र डिएनएलाई पनि स्वस्थ राख्न सहायता गर्छ । भिटामिन बीको कमीले शरीरमा कमजोरी, तनाव, चिन्ता र डिप्रेशनजस्ता समस्या बढाउँछ । तसर्थ भिटामिन बी १२ को कमी हुन नदिन हामीले निम्न उल्लिखित आहार सेवन गर्नुपर्छ ।

ब्रोकाउलीः भिटामिन बी १२ ले भरिपूर्ण ब्रोकाउलीमा फोलेटको राम्रो मात्रा हुन्छ, यसले शरीरमा हिमोग्लोबिन बढाउँछ, शरीरमा रातो रक्तकोष बढाउँछ । एनिमियाको समस्या हुँदैन ।

दूधः आयुर्वेदमा दूधलाई सम्पूर्ण आहार भनिएको छ । यसमा भिटामिन बी १२, प्रोटीन, क्याल्शियम, भिटामिन डीजस्ता पोषक तŒव पनि पाइन्छन् । शाकाहारीको लागि दूध निकै महŒवपूर्ण हुन्छ ।

दहीः दहीमा भिटामिन बी १२ र बी १ र बी २ राम्रो मात्रामा पाइन्छ । लोफैट दहीलाई डाइटमा सामेल गर्नुपर्छ । गर्भवती महिलाहरूले भिटामिन बी १२ सेवन गर्दा बच्चाको दिमागको विकास तीव्र गतिले हुन्छ ।

च्याउः च्याउमा प्रोटीन, भिटामिन बी १२,क्याल्शियम, आइरनको राम्रो मात्रा हुन्छ । साथै माछामा पनि भिटामिन बी १२ को राम्रFे मात्रा पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here