काठमाडौं, १४ साउन/रासस

सरकारले तेजाब आक्रमणमा परेका पीडितलाई निश्शुल्क उपचार सेवा प्रदान गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा तेजाब आक्रमणमा परेकालाई निश्शुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिए ।

पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निश्शुल्क उपचार लिन सक्ने व्यवस्थासमेत गरिएको छ । सरकारले तेजाब आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८ पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here