तपाईंको मुस्कान कसैको लागि धेरै महŒवपूर्ण हुन सक्छ । यो तपाईंको लागि सबैभन्दा महŒवपूर्ण हुन्छ । तर यदि हामीले मुस्कुराउन बिर्सियौं भने के हुन्छ ?

यसका पछाडि धेरै कारण हुन सक्छन्, जस्तै जागीरको तनाव, पारिवारिक जिम्मेवारी वा दौडधूपपूर्ण जीवनमा आफूलाई ध्यान दिन नसक्नु । अर्थात् मुखको स्वास्थ्यको ख्याल नगर्नु ।

जसका कारण मुखबाट दुर्गन्ध आउन थाल्छ र बिस्तारै मानिसहरू मुस्कुराउन र हाँस्न बिर्सन्छन् । हो, यस्तो हुन्छ किनभने यसले व्यक्तिलाई हीनभावनाले ग्रस्त बनाउँछ । मुस्कुराउनु हाम्रो जीवनको सबैभन्दा महŒवपूर्ण भाग हो । हामीले मुस्कानलाई कायम राख्न केही अतिरिक्त प्रयासहरू गर्नुपर्छ । जानौं मुखको स्वास्थ्यसँग सम्बन्धित केही महŒवपूर्ण जानकारीहरू ।

सास गन्हाउने धेरै कारण हुन सक्छन् । दाँत र आन्द्राको खराब स्वास्थ्य, एसिडिटी, चिनी, फोक्सोमा इन्फेक्शन र कम पानी पिउँदा पनि सास गन्हाउने समस्या हुन्छ । यसबाहेक नियमितरूपमा दाँत नमाझ्दा ब्याक्टेरिया बढ्न थाल्छ, जसका कारण मुखबाट दुर्गन्ध आउन थाल्छ । योसँगै धुम्रपान र सुर्ती–गुटखा चपाउने कारणले पनि मुखबाट दुर्गन्ध आउँछ । लामो समयसम्म यस्तो अवस्था रहँदा पेरिडोन्टल वा गिजाको रोग लाग्न सक्छ ।

हामीले राति ब्रश गर्न बिर्सनुहुँदैन । बिहान ब्रश गर्दा र जिब्रो सफा गर्नाले रातभर मुखमा जम्मा भएका सबै विषाक्त पदार्थलाई बाहिर निकाल्न मदत गर्छ । यस्तो अवस्थामा यदि तपाईं राति ब्रस गरेर जिब्रो सफा गरेर सुत्नुहुन्छ भने यो तपाईंको मुखको स्वास्थ्यको लागि धेरै राम्रो हुनेछ ।

दतिवनले दाँत र गिजा बलियो हुन्छ । पुरातन समयमा मानिसहरूले आफ्नो दाँत सफा गर्न नीम, गुलाफ, आँप र पीपलका हाँगाहरू प्रयोग गर्थे, जसलाई दतिवन भनिन्छ । दतिवनको तीतोपनले सासको दुर्गन्ध मात्र हटाउँदैन, दाँत र गिजालाई पनि बलियो बनाउँछ । दतिवन एन्टिब्याक्टेरियल चिकित्सकीय गुणहरूले भरिएको हुन्छ । दतिवनको तीतोपनले मुखबाट विषाक्त पदार्थ बाहिर निकाल्छ, जसले सासको दुर्गन्ध हटाउँछ । दतिवनले दाँत सफा गर्दा पाचनक्रियालाई पनि दुरुस्त बनाउँछ ।

हर्बल टुथपेस्ट प्रयोग गर्नाले पनि मुखबाट दुर्गन्ध आउँदैन । बजारमा धेरै टूथपेस्ट पाइन्छन्, जुन परम्परागत दतिवन जत्तिकै फाइदाजनक छन् । तपाईंले हर्बल टूथपेस्ट प्रयोग गर्नुपर्छ । यी टूथपेस्टहरू जडीबुटीबाट बनाइएका हुन्छन् र रसायनरहित हुन्छन् । जसका कारण यी टूथपेस्टहरू केमिकल आधारित फेन्सी टूथपेस्टभन्दा धेरै राम्रा हुन्छन् ।

सासको दुर्गन्धसँग लड्न सौंफ पनि प्रभावकारी हुन्छ । सौंफको दाना पाचन प्रकृतिको हुन्छ । तिनीहरूमा फ्लेभोनोइडहरू छन् । सौंफले ¥यालको प्रवाहलाई उत्तेजित गर्न धेरै मदत गर्दछ, जसले तपाईंको मुख सुक्खा हुन दिंदैन । यसबाहेक सौंफको सुगन्धित स्वाद मुखको दुर्गन्ध हटाउन प्रभावकारी हुन्छ ।

मुखको स्वास्थ्यको लागि खाना खाएपछि कुल्ला गर्न नबिर्सनुहुँदैन । आयुर्वेदका अनुसार खाना खाएपछि तुरुन्तै पानी पिउनुहुँदैन, जुन सही पनि हो, किनकि यसले तपाईंको पेटको मेटाबोलिक प्रक्रियालाई धेरै ढिलो बनाउँछ । मुख सफा गर्नको लागि पानी धेरै महŒवपूर्ण हुन्छ, विशेषगरी खाना खाएपछि । खाना खाएपछि मुखमा पानी भर्नुहोस् र २–३ मिनेटसम्म कुल्ला गर्नुहोस् । ताकि तपाईंको मुखमा खानाको कण नरहोस् । पछि यही खानाको कण नै मुख गन्हाउने कारण बन्छ ।

त्यस्तै, एकपटक खाना खाएपछि तीन घण्टाको अन्तरालमा मात्र केही खान सकिन्छ । यो क्रिया मुखको स्वास्थ्यको साथसाथै पेटको स्वास्थ्यको लागि पनि जरुरी छ । तपाईंले सही समयमा दिनको तीनपटक खाना खाने प्रयास गर्नुहोस् र हरेक दुई घण्टामा खाजा खान छोड्नुहोस् । ध्यान राख्नुहोस् कि तपाईंको दुई खानाबीच कम्तीमा तीन घण्टाको अन्तर हुनुपर्छ ।

दिनमा धेरै पानी पिउनाले पनि मुखको स्वास्थ्यलाई स्वस्थ राख्छ । शरीरको स्वास्थ्यको साथसाथै मुखको स्वास्थ्यको लागि धेरैभन्दा धेरै पानी पिउन थाल्नुहोस् । मुखको स्वास्थ्य कायम राख्नको लागि प्रशस्त मात्रामा फलफूल र तरकारी खानुपर्छ । यसबाहेक धुम्रपान र सुर्ती–गुटखाबाट टाढा रहनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here