– मुकुन्द आचार्य
म सानै छँदा कहिलेकाहीं सीमावर्ती भारतीय बजारतिर पुग्ने संजोग जुथ्र्यो। हाटबजारमा अनेकथरीका साइनबोर्डले आकर्षित पार्थे। ‘यहाँ शुद्ध डालडा मिलता है’ लेखिएको साइनबोर्डले मलाई चिन्तित बनाउँथ्यो। किनभने हामीलाई थाहा थियो, यो डालडा भनेको नक्कली घिउ हो।
नक्कली घिउ डालडा, अनि त्यसको पनि नक्कली रूप प्रकट भइसकेछ ! यो सत्य तथ्यलाई मैले पचाउन भने सकिनँ। तर पचहत्तरी कटेपछि ‘डालडा’, ‘वनस्पति’ घिउ सबै पचे। अर्थात् नक्कलीले सक्कलीलाई पछा–यो।
यसको परिणाम के भयो भने सक्कली घिउ त हेर्नु पनि दुर्लभ भयो। सुँघ्न र खान त परै जाओस्। अब कुनै छमियालाई मात्र नक्कली भनेर नाकमुख खुम्च्याउन पाइन्न है ! किनभने सारा संसार नक्कली भइसक्यो।
हिजो हाम्रFे छिमेकमा एकजना बुढीमाउले स्वर्गारोहण गरिन्। छिमेकीको नाताले म पनि त्यहाँ पुगें। आउनेजानेहरूको लर्को थियो। एउटा बाइकमा कुनै प्रौढ महिला हुर्रर्र आइन्। अनि भित्र आँगनमा पुगेर लाश नजीक गई विचित्र आवाजमा कराइन्, रोइन्। म जिल्ल परेर हेरिरहेको थिएँ। एकै छिनपछि ती रुने महिला को थिइन् त भनी बुझ्न खोज्दा उनी त नक्कली पारामा रोएर फर्केर गइसकिछन्। कति राम्रो कर्तव्यपरायणता !!!
यसो बुझ्दा त ती नक्कली रुने महिला मृतककी दिदीबैनी नै रहिछन्। कसैको मरणमा जाने र रुने फुर्सत आजको युगमा कसैलाई हुँदैन। सबै कमाउन र रमाउनमा मस्त छन्। सात पुस्ताका लागि जोड्न व्यस्त छन्।
त्यसैले होला हाम्रो छिमेकी भारतमा, ठूल्ठूला शहरमा यस्ता मरणहरूमा रोइदिने मान्छेहरू भाडामा पाइन्छन्। त्यसरी भाडामा रोइदिनेलाई रूदाली भन्दा रै‘छन्। यसैगरी भाडा लिएर मरिदिने मान्छे पाए त क्या गज्जब हुन्थ्यो। भाडाको मृतक …!! आहाहा !!!!
खोज्दै हेर्दै पायो भने यो नक्कलीको लिस्ट धेरै लामो पो हुन्छ १ नक्कली परीक्षार्थी, नक्कली नोट, नक्कली प्रहरी, नागरिकताको सन्दर्भमा नक्कली मातापिता, नक्कली खसी, नक्कली बाबा, नक्कली लालपूर्जा, नक्कली लाइसेन्स, नक्कली मसाला–तेल, घिउ, हुँदाहुँदै नक्कली चामल (प्लास्टिकको), स्कूल क्याम्पस, विश्वविद्यालयका नक्कली प्रमाणपत्रहरू, नक्कली सवारी चालकको प्रमाणपत्र, नक्कली औषधि, सम्बन्ध, प्रेम, स्नेह सबै नक्कली भइसके।
यति महँगो भाउमा दूध बेच्छौं, कहिलेकाहीं त शुद्ध दूध पनि ख्वाउने गर…. भन्दै मैले दूध बेच्नेलाई अलिकति थर्काउन खोजें। उल्टो उसैले हका–यो– बाजे !! शुद्ध दूध खानलाई त गाईको बाछा, भैसीको पाडो भएर जन्मनुपर्छ। मारे न त नक्कलीले !
वर्षौसम्म नक्कली शिक्षकले क्लासमा पढाएर समातिएको खबर त धेरैपटक सुनिएकै हो। जुम्ल्याहा दाजुभाइले यौटाको साटो अर्कोले जाँच दिएको कुरो त धेरैले धेरैपटक सुनेकै हुनुपर्छ। यी सबै ‘सकल बमोजिम नक्कल ठीक छ’ को करामात हो।
शुद्ध दूध, दही, घिउ नखाएको कति वर्ष भयो ? इमानदारीका साथ हिसाब गरेर आफूले आफैंलाई जवाफ दिनुस् त ? कुनै होटेलमा खाना खाँदा यो भात प्लास्टिकको चामलको त हैन ? रोटीमा दलिएको घिउ, कुनै निर्दोष जनावरको हाडखोरले बनेको त हैन ? नक्कली करायो ! सक्कली हरायो !!