हालै बेल्जियममा ट्रेनी पाइलटको निधारमा लामखुट्टेले टोकेपछि सङ्क्रमणका कारण उनको मृत्यु भएको थियो।

एम्स नयाँ दिल्लीमा न्युरोलोजी विभागका प्राध्यापक मञ्जु त्रिपाठी र नेशनल भेक्टर बर्न डिजिज कन्ट्रोल प्रोग्रामका पूर्वनिर्देशक डा पिके सेनले अन्तर्वार्तामा भनेका छन्, लामखुट्टले टोकेपछि त्यहाँ नङले चिलाउनुहुँदैन।

सेप्टिक एम्बोली एउटा दुर्लभ बिमारी हो। सेप्टिक एम्बोलीले ब्लड भेसल्समा रूकावट उत्पन्न गर्छ जसले गर्दा रगत भेसल्सबाट दिमागतर्फ जान्छ र रक्त प्रवाह रोकिदिन्छ र अचानक मान्छेको मृत्यु हुन्छ। मूलरूपले रगतमा सङ्क्रमण भएको कारण यो बिमारी हुन्छ। भनिन्छ रक्तमा सङ्क्रमणको कुनै एउटा कारण हुँदैन, यसका थुप्रै कारण हुन सक्छ।

थकाइ, ज्वरो, टाउको घुम्ने, घाँटी खसखसाउने, लगातार खोकी, सासमा कमी, पिठ्युँमा दुखाइ यसको मुख्य लक्षण हुन्छ। रगतमा सङ्क्रमण, रक्तमा कीटाणु छ कि छैन त्यसको जाँच गरी ब्याक्टेरिया पत्ता लगाउन सकिन्छ। साधारणतया एन्टिबायोटिक औषधिबाट उपचार गरिन्छ तर कैयौं रोगीमा शरीरको बायोलोजिकल स्थितिमा पनि एन्टिबायोटिकको असर निर्भर गर्छ। 

       – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here