अहिले एकपछि अर्को भाइरस र रोगको प्रकोप बढ्दै छ। यसैबीच एउटा पुरानो खतरनाक भाइरस पुनः सक्रिय भएको छ। विश्व स्वास्थ्य सङ्गठनले घानाबाट सङ्क्रमितहरूको नमूना जाँच गर्दा मारबर्ग भाइरस भेटिएको छ।

यो भाइरस नयाँ होइन, सन् १९६७ मा अफ्रिकी देशमा यो भाइरस देखिएको थियो। यस भाइरसमा मृत्युको दर ८८ प्रतिशतसम्म हुन्छ। यसको खोप हालसम्म उपलब्ध छैन।

विज्ञका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ। मारबर्ग भाइरस इबोलासँगै सम्बन्धित छ। यो त्यही भाइरसबाट हुन्छ जुन इबोलाबाट हुन्छ। यस भाइरसको लक्षण फ्लुजस्तै हुन्छ। यसको पहिचानको लागि नमूना लिएर त्यसको सिक्वेन्सिङ गरिन्छ। टिशु कल्चर गरेर भाइरस पत्ता लगाइन्छ।

विज्ञका अनुसार मारबर्ग भाइरस जङ्गल र जनावरबाट आउँछ। केही वर्षदेखि मान्छेको घुमफिर बढेको छ। जङ्गलमा पुगेर मान्छे जनावरको सम्पर्कमा पुग्छन् जसले गर्दा यस्ता भाइरस हुर्किरहेका छन्।

वरिष्ठ फिजिशियन डा कमलजीत सिंहका अनुसार मारबर्ग भाइरसको मामिला पहिले पनि आइरहन्थ्यो तर कोरोना कालमा यो भाइरस पुनः सक्रिय हुनु राम्रो होइन। किनभने यो इबोलाजस्तै फैलिन्छ। यसको कुनै एन्टिभाइरल औषधि वा खोप छैन। खुशीको कुरा यो भाइरसको मामिला अहिलेसम्म अफ्रिकाभन्दा बाहिरका देशमा भेटिएको छैन।

लक्षणः विश्व स्वास्थ्य सङ्गठनका अनुसार मारबर्ग भाइरसको लक्षण भनेको तीव्र ज्वरो, टाउको, मांसपेशी दुख्ने, पखाला, बान्ता हुने गर्छ।

       – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here