अहिले भीषण गर्मी छ । तातो हावा पनि चलिरहेको छ । गर्मीबाट जोगिन मानिस विभिन्न उपाय गर्छन् । गर्मीमा लू (सन स्ट्रोक, हिट स्ट्रोक)ले शरीरलाई नोक्सान पु¥याउँछ । यसले शरीरको तापमान वृद्धि गर्छ जसले गर्दा मान्छेमा भ्रम उत्पन्न हुने, टाउको दुख्ने, चक्कर लाग्ने, छाला रातो हुने समस्या हुन्छ । लूले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा पनि नोक्सान पु¥याउँछ । यसले आन्तरिक अङ्गलाई पनि प्रभावित गर्छ । गर्मीले बेचैनी हुनु, भ्रम र कहिलेकाहीं चेतनासमेत गुमाउँछन् ।

आयुर्वेदिक चिकित्सक डा दीक्ष्Fा भावसारका अनुसार गर्मीबाट हुने समस्याबाट जोगिने आयुर्वेदिक उपाय पालन गर्न सकिन्छ । डा दीक्षाका अनुसार आयुर्वेदमा गर्मी मौसमबाहेक अन्य मौसममा दिउँसो सुत्नुहुँदैन । ग्रीष्म ऋतुमा चीसो स्थान (घरभित्र) दिउँसोको समय सुत्न सकिन्छ किनभने मौसम गरम हुन्छ र सूर्यले हाम्रFे अधिकांश ऊर्जा सोस्छ । गर्मी मौसममा दिउँसो सुत्दा ऊर्जा बहाल हुन्छ र मानसिक र शारीरिक थकानबाट राहत पाइन्छ । यसले शरीरमा कफ बढाउँछ जुन गर्मीमा शुष्क र गर्म मौसमको कारण कम हुन्छ । खाना खाएको एक घण्टापछि सुत्नुपर्छ । बायाँतर्फ कोल्टे फेरेर सुत्नुपर्छ । जसले गर्दा पाचनलाई राम्रो बनाउँछ ।

अन्य मौसमको विपरीत, आयुर्वेदमा गर्मी मौसममा राति बाहिर (छत)मा चन्द्रमाको प्रकाशमा सुत्ने सुझाव दिइएको छ । राति छतमा चन्द्रमातर्फ मुख गरेर सुत्नुपर्छ । यसले थकावटबाट राहत दिन्छ । चन्द्रमाको चाँदनीले दिमाग र शरीरलाई चीसो गर्छ र राम्रो निद्रा दिन्छ । यसैले राति एसी र कुलरमा सुत्नुभन्दा राम्रो, छानामा प्राकृतिक चाँदनीमा सुत्नुपर्छ ।

आयुर्वेदमा माटोको भाँडामा पानी सेवन गर्न सल्लाह दिइएको छ । किनभने माटोको भाँडामा पानी प्राकृतिकरूपले चीसो हुन्छ । गर्मीमा कमल, गुलाफ, पुदिना खान सल्लाह दिइन्छ, यसले गर्मीको शमन गर्छ, लूबाट जोगाउँछ र प्राकृतिकरूपमा चीसो भइन्छ । चीसो पेय, शर्बत, बेल, सौफ, पुदिना, नरिवल पानी, उखुको रस, सतुवा, गुलकन्द पिउन र चीसो रहन अङ्गुर, तरबुज, अनारजस्ता रसदार चीसो फल खान सुझाव दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here