प्रस, वीरगंज, ५ जेठ/

विन्ध्यवासिनी गाउँपालिकाको अध्यक्षमा लोसपाका प्रमोद तिवारी र उपाध्यक्षमा एमालेकी ज्योति चौरसिया विजयी भएका छन् ।

बिहीवार सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा तिवारी दुई हजार २३४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकाका विवेक चौरसियाले एक हजार ९८८ मत ल्याएका थिए ।

उपप्रमुखमा एमालेकी चौरसियाले दुई हजार ३६६ र माओवादीकी सुनीता चौरसियाले दुई हजार २७७ मत ल्याएका थिए । वडाध्यक्षहरूमा वडा नं १ मा जसपाका अक्षयलाल महतो, २, ३ र ४ मा नेकाका क्रमशः मुक्तिनाथ कुर्मी, जयप्रकाश चौरसिया र मनोजकुमार चौरसिया तथा ५ मा माओवादीका मोहन यादव विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here