पोखरिया नपामा प्रमुख/उपप्रमुखमा एमाले विजयी

0

प्रस, पोखरिया, ५ जेठ/

पोखरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुधवार राति सम्पन्न मतगणना अनुसार प्रमुखमा प्रद्युम्न चौहान र उपप्रमुखमा रुवि ठाकुर विजयी भएका छन् ।

नेपाली काङ्ग्रेसका उम्मेदवार एवं निवर्तमान प्रमुख दीपनारायण रौनियारलाई दुई हजार ४३३ मतको फराकिलो अन्तरले पराजित गर्दै चौहान प्रमुखमा निर्वाचित भएका हुन् । चौहानले पाँच हजार ५५४ मत पाए भने रौनियारले तीन हजार १२१ मत पाएका थिए ।

यसैगरी, प्रमुखमा नेपाल सुशासन पार्टीका शङ्कर राउत अहिरले दुई हजार ९०९, लोसपाका नेजामुद्दीन समानीले दुई हजार ६१५ र जसपाका राजीवकुमार तेलीले ८५८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकी रुविले पाँच हजार १९५ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी रेहाना खातुनले तीन हजार ९२९, लोसपाकी आशाकुमारी चौहानले दुई हजार ४६५ र नेपाल सुशासन पार्टीकी वीणा देवीले दुई हजार २४९ मत पाएका थिए ।

यसैगरी, वडा नं १ मा एमालेका प्रमोद गिरी, २ मा एमालेकै केदार महतो चाइ, ३ मा एमालेका रामप्रवेशप्रसाद चौहान, ४ मा नेकाका लक्ष्मणसाह कानू, ५ मा एमालेका महेन्द्र महतो चाइ, ६ मा नेकाका सियानन्दप्रसाद चौहान, ७ मा नेकाका परमानन्दप्रसाद कुर्मी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here