जीतपुरसिमराको प्रमुख/उपप्रमुखमा पौडेल र अधिकारी निर्वाचित

0

प्रस, जीतपुर, ५ जेठ/

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् ।

पौडेलले १८ हजार ७४३ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७७९ मत ल्याएकी थिइन् ।

यसैगरी, उपप्रमुखमा एमालेका भोला अधिकारी निर्वाचित भएका छन् । अधिकारीले १७ हजार ४९२ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मत ल्याएकी थिइन् ।

राजन पौडेल दोस्रो प्रयासमा नगरप्रमुखमा निर्वाचित बन्न सफल भएका हुन् । २०७४ को स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रबाट उनी जीतपुरसिमरा उपमहानगरमा प्रमुखको उम्मेदवार थिए । त्यति बेला जीतपुरसिमरा उपमहानगरमा १२२ जना निर्वाचित जनप्रतिनिधिमध्ये ४५ जना माओवादी केन्द्रबाट निर्वाचित भएपनि उनी भने पराजित बन्न पुगेका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here