मानसिक रोगले अहिले संसारमा धेरैजनालाई सताइरहेको छ । यसको असर शारीरिक स्वास्थ्यमाथि पनि परिरहेको छ । यस्तै समस्याबाट मुक्त हुन जापानमा प्रचलित मोरिता थेरापी निकै सफल भइरहेको छ ।

आजको युगमा मानसिक तनाव, एन्जाइटी, डिप्रेशन जस्ता मानसिक समस्याबाट संसारका अधिकांश मानिस पीडित छन् । सही उपचार नहुँदा यसले थुप्रै शारीरिक रोग उत्पन्न गरिरहेको छ र आत्महत्या पनि बढाइरहेको छ ।

जापानका साइकोथेरेपिस्ट, बौद्ध चिन्तक र विचारक शोमा मोरिता (सन् १८७४–१९३८) मा सम्पूर्ण मानसिक समस्या जस्तै अब्सेसिभ कम्पल्सिभ डिसअर्डर, पोस्ट ट्रामेटिक स्टे«स, न्युरोसिस, डिप्रेशन र टेन्सन आदिको उपचारको लागि उनले नयाँ थेरापी आविष्कार गरिन् । जुन निकै प्रभावकारी साबित भयो । यस थेरापीको माध्यमबाट हामी आफ्नो दिमागलाई शान्त र सन्तुलित राख्न सक्छौं । यसको लागि यसको मूल सिद्धान्तलाई बुझ्नुपर्छ ।

आफ्नो अनुभूतिलाई स्वीकारौंः जब हामी आफ्नो अब्सेसिभ विचारलाई नियन्त्रण गर्न वा त्यसबाट छुटकारा पाउने कोशिश गर्छौं, तब त्यसमा हामी अल्झिन्छौं । यसैले त्यसलाई स्वीकार गर्नुपर्छ । र हामीले त्यसलाई अब्जर्भ (अवलोकन) गर्नुपर्छ ।

त्यही गरौं, जे चाहन्छौंः आफ्नो अनुभव, गतिविधि, क्रियाकलापबाट सिक्नुपर्छ । यस थेरापीमा तपाईं आफ्नो अनुभवबाट सही, गलत छुट्याउन सल्लाह दिइन्छ ।

जीवनको उद्देश्य बुझौंः हामी आफ्नो भावनालाई भलै नियन्त्रण गर्न सक्दैनौं तर आफ्नो क्रियाकलापलाई आफ्नो वशमा राख्न सक्छौं, यसैले हामी प्रतिदिन आफ्नो लक्ष्य र उद्देश्य पत्ता लगाउनुपर्छ । जब हामी यसको पूर्तिको लागि सक्रिय रहन्छौं, तब सहजै व्यस्त र सामान्य रहन सक्छौं ।

थेरापीका चार चरणः मोरिता थेरापीमा रोगीको उपचार १५ देखि २१ दिनसम्म हुन्छ, जुन चार चरणमा हुन्छन् ।

एकान्तवास र विश्रामः यसमा रोगीलाई एउटा कोठामा विना कुनै बाहिरी हस्तक्षेप बस्नुपर्छ । यहाँसम्म कि टिभी, पुस्तक, मित्र, आफन्त, परिवारका सदस्यसँग कुराकानी गर्न पनि अनुमति हुँदैन । मात्र रोगी र उसको विचार । केवल थेरापिस्टले मात्र ऊसँग भेट्न सक्छ ।

लाइट अक्युपेशनल थेरापीः यसमा रोगी मौन रहेर काम गर्छ र आफ्नो विचार, अनुभूतिलाई एउटा डायरीमा लेख्छ । ऊ प्रकृतिको काखमा विचरण गर्छ र ब्रिदिङ (सास फेर्ने कसरत) एक्सरसाइज गर्छ । रचनात्मक र प्रतिक्रियात्मक गतिविधिहरूमा संलग्न हुन्छ तर थेरापिस्टबाहेक अन्य कसैसँग कुराकानी गर्न पाउँदैन ।

अक्युपेशनल थेरापीः यस चरणमा रोगीलाई मेहनत हुने काम गराइन्छ । साथै लेखन, पेन्टिङ र अन्य काम पनि गराइन्छ । यस चरणमा रोगी अन्यसँग कुराकानी गर्न सक्छन् तर केवल त्यस कामको बारेमा, जुन उसले वर्तमानमा गरिरहेको छ ।

वास्तविक जीवनमा फर्किनेः यस चरणमा रोगी पुनः आफ्नो साधारण सामाजिक जीवनमा फर्किन्छ । तर ऊ मेडिटेशन र अक्युपेशनल थेरापीमा संलग्न रहनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here